भर्खरै :

हाम्रो भन्ने संस्कार बनाऔँ

मानव समाज विकासको क्रममा आदिम युग, ढुङ्गे युग र जङ्गली युगमा मानिसहरूको बीचमा समानता र सहयोगी व्यवहार हुँदै आएको इतिहास पढ्न पाइन्छ । लि·, उमेर, क्षमताअनुसारको सँगसँगै काम गर्ने, सँगै बाँडेर खाने, हेरचाह गर्ने, माया दिनेसँगै चुनौतीको सामना गर्ने काम हुँदै आएको सुन्छौँ । अहिले पनि यसको निरन्तरता छ । नेपालमा हाल विद्यमान विभिन्न गुठी, दाफा, भजन, चाडपर्व र जात्राहरू आदि यसका उदाहरणहरू हुन् । विभिन्न सांस्कृतिक सम्पदाहरूको निर्माण र जीर्णाेद्धारहरूमा जनताको सहयोग यसका उदाहरणहरू हुन् । यी सबै क्षेत्रमा मेरो होइन, हाम्रो भावनाले कामहरू भइरहेका छन् । यहाँ गरिब र धनीसँगको सरोकार राख्दैन । यहाँ जात, भाषा, क्षेत्रसँग सरोकार राख्दैन । मर्दा, पर्दा सबै काममा, कुनै समाज बनाउने काममा हाम्रो भन्ने भावनाबाट काम भइरहेका छन् । परिवारमा, घरको काममा आमाबुबा, दाजुभाइ, दिदी, बहिनी, सासू बुहारीले एक आपसमा सघाइदिएर काम गरिरहेका छन्, आदर, सम्मान गरिरहेका छन् । त्यस्तो समाजको व्यक्ति, परिवार, साथीभाइ अनि समूह पनि त्यहीअनुरुप र संस्कारका थिए । मेरो भावना भएका ठाउँका मानिसहरू लिन र हातमात्र थप्न खोज्छन्, लुट्न र हडप्नमात्र खोजिरहेका हुन्छन् । तर, हाम्रो भावना भएका ठाउँका मानिसहरू सहयोग गर्ने, दिने, निर्माण हुने, विकास हुने, सम्मान हुने, आदर हुने, सहयोगी भावना हुने खालका हुन्छन् ।
आज पुँजीवादी समाज छ । यो पुँजीवादी समाज हो भनेर अरुले त गरिरहेका छन्, मैले मात्र किन गर्नु हुँदैन भनी उनीहरू आफूलाई फाइदा हुने, आफ्नो स्वार्थ पूर्ति हुने, आफ्नो क्षणिक फाइदाको लागि परिवार भिडाउने, समाजलाई छल्ने, लत्याउने काम गर्दै आएका छन् । त्यस्ता बुद्धि दिने, गलत काम गर्न प्रभाव पार्ने, उक्साउने काम हुँदै आएको जनताले सुन्दै आएका छन् । त्यस्तो काम नगर्न र नगराउन समाजको, जनताको खबरदारी पनि हुँदै आएको छ ।
भारतीय विस्तारवादको प्रभाव र दबाबमा नपरिकन अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गाभेर सबै दलको एक मतले नेपालको नक्सा जारी गरेजस्तै हामी नेपाली र हाम्रो नेपाल भन्ने सोच राखेर अघि बढेमा, अडान राखेमा नेपाल र नेपालीलाई हेप्न, दुःख दिने काम विदेशीले खेलाउन सक्ने आँत गर्नेछैन ।
आज भारतले आफ्नो स्वार्थ पूर्ति गर्न, नेपाललाई सिक्किम र भुटानलाई जस्तै निल्न नेपालका दलहरूलाई आफ्नो प्रभाव र दबाबमा पारेर विगतदेखि भिडाउने र मिलाउने गर्दै आएजस्तै यहाँका केही स्वार्थी मानिसहरू, समाजविरोधीहरू आफ्नो निहित स्वार्थ पूर्ति गर्ने, कमाउने नाम, मिलेका दाजुभाइलाई व्यक्तिगत लोभ देखाएर फुटाउने काम सचेत जनताले हेरिरहेका छन् । हिजोआज यस्तै प्रकारका सम्पत्ति लुट्ने, फाइदा लिने मानिसहरूले सम्पत्तिको लोभ देखाएर छोरालाई बाबुसँग, दाजुले भाइसँग, बुहारीले सासू, ससुरासँग अधिकारका नाममा भिडाउँदै छन् । त्यस्तै विभिन्न जात, भाषा, धर्म र क्षेत्रको नाममा, र·को नाममा समाजलाई फुटाउने, जुटाउने प्रयास देशका विभिन्न भागमा हुँदै आएका छन् । व्यक्तिगत स्वार्थ, गलत विचार र भावनाले हिजो जीवनभरि एक आपसमा गरेको भएको राम्रो सम्बन्ध, माया, हेरचाह, सहयोग र योगदानलाई बाढीले बगाइदिएजस्तै बगाइदिएको छ । तर, अरूले गरे पनि हामीले गर्नुहुँदैन भन्ने लोभ र उक्साहटमा नलाग्ने, नफस्ने, बेइमान नगर्ने कार्य जनताले देखिरहेका छन् । त्यसैले जनताको आँखा दूरबिनसरह हुन्छ भन्ने भनाइ समाजमा छ ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद्, नगर प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्रमुख, सचिव, कुलपति, प्राचार्य, प्रधानाध्यापक विभिन्न सङ्घ संस्थाका अध्यक्ष, प्रमुखहरू व्यक्ति होइनन् संस्था हुन् । यसलाई देशले सम्मान र आदर गरिरहेको हुन्छ । उहाँहरूको नेतृत्वमा, जनताको सहयोग र साथमा देशको निर्माण र विकास भइरहेका छन् । कसले, के, कसको पालामा बनेको थियो त्यो महत्वपूर्ण होइन । त्यसले देश र जनताको सेवामा के–कति भूमिका खेल्यो, के कति सेवा सुविधा बहुसङ्ख्यक गरिब जनतालाई दिइरहेको छ, त्यो महत्वपूर्ण हो । राजाहरूले दरबार त बनाए तर गरिबका घर र झुपडीहरू बनेनन् । खान पाएन भने त्यो दरबारको के मूल्य र महत्व भयो ? त्यसैले राजा आए, गए । गरिब पनि जनतालाई केही फरक परेन । राजाहरूले दरबारहरू बनाए तर जनताको लागि बनेन, जनता भोकै भए, सुकुमवासी भए । सामन्तवादी व्यवस्थामा जस्तो राणाकालमा जस्तो म र मेरोको कुरा गर्ने सोच सामन्तवादी सोच हो, पुँजीवादी सोच हो । सरकारका पदाधिकारीहरूले त्यस्तो भन्नुहुँदैन । राष्ट्रपतिले मेरो सरकार होइन, नेपाल सरकार, हाम्रो सरकार तथा प्रधानमन्त्रीलगायतका अन्य पदाधिकारीहरूले हामी र हाम्रो मेहनतबाट बनेको भन्नुपर्छ । जनप्रतिनिधिहरू नेतृत्व र अगुवाइमात्र गर्नुहुन्छ तर साथ र सहयोग त जनताले गरिरहेका हुन्छन्, दिइरहेका हुन्छन् । निश्चय पनि समाज र देशको निर्माण र विकासमा व्यक्तिको सोच, सीप प्रयोग भएको होला, कलाको प्रयोग भएको होला, बुद्धिको प्रयोग भएको होला, श्रमको प्रयोग भएको होला । तर, म र मेरो भन्ने कुरा निजी कुरामा हुन्छ, निजी सम्पत्तिमा हुन्छ, सार्वजनिक सम्पत्ति, निर्माण र विकासमा हुँदैन ।
नेमकिपाका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को देशको निर्माण र रक्षामा महत्वपूर्ण योगदान छ । शासक दलका नेताहरूले नेमकिपाको विचार र दृष्टिकोणलाई देख्दैनन् या बिर्सन्छन् । उहाँको विचार र सोचलाई देशको निर्माण, देशको रक्षा, जनताको हितमा नलगाउँदा देशी विदेशीको स्वार्थ, प्रभाव दबाबमा, आफ्ना गुट उपगुटको स्वार्थमा काम गर्दा त्यसको फल आज उनीहरू भोगिरहेका छन् ।
अध्यक्ष रोहित विभिन्न सभा, सम्मेलन बैठक, बहस र छलफलमा अहङ्कार देखाउँदैनन् । उहाँको भनाइ धेरै महत्वपूर्ण हुन्छ, अर्थपूर्ण हुन्छ । उहाँ सोचेर बोल्नुहुन्छ । निश्चित सिद्धान्त, विचारअनुसार, नीति नियमअनुसार हाम्रो भन्ने भावना राखी काम गर्नुहुन्छ ।
देश र जनताको सेवा गर्नु निश्चय पनि सजिलो छैन । देश र जनताको सेवाको लागि सङ्घ संस्थाहरू खोल्न गा¥हो छ । अझ त्योभन्दा त्यसलाई निरन्तरता दिन, जीवन्तता दिन झन् गा¥हो छ । राम्रा नेता र जनप्रतिनिधि बन्न र बनाउन गा¥हो छ । तर, मेहनत र सङ्घर्ष गरी बनाएको सम्पत्तिको विनाश गर्न र बिगार्न गा¥हो छैन । त्यस्तो निर्माण र सेवामा लागेका पदाधिकारीहरू अरूले आफूलाई आदर गरेकोमा मख्ख परेर हिँड्छन् । आफू ठूलो भएँ भनी घमण्डी हुन्छ । जनताबाट पाएको आदर राम्रो विचार, सोच र व्यवहारलाई गरेको आदर हो । त्यो आदर साथीहरूको त्याग, तपस्या र मिहिनेतको फल हो । हाम्रा केही पदाधिकारी र साथीहरू त्यस्ता आदर र खुसामदमा परेर, चिप्ला र चाप्लुसीहरूमा परेर बाटो बिराएका छन्, लोभ र स्वार्थमा फसेका छन् । अनुचित स्वार्थ बोकेका लोभी पापी अनि तिनीहरूको आदर र श्रद्धाबाट चिप्ला र चाप्लुसीका कुराहरूबाट सजग भई जिम्मेवार पदाधिकारीहरू लोभ लालच र अनुचित स्वार्थबाट बच्नुपर्छ र सधँै टाढा रहनुपर्छ ।
आज सैनिक शक्तिको भरमा, डलरको भरमा विश्वका न्यायप्रेमी जनताको आवाजलाई कुल्चेर, संसारलाई लडाएर, भिडाएर, साम्राज्य फैलाएर विश्वमा एकछत्र शासन गर्दै आएका अमेरिकालाई पछ्याएर संसारका न्यायपे्रमी जनतालाई शक्ति, मित्रता, विकास र सहयोगको पारिलो घामको ज्योति पु¥याउने सँगसँगै हिँड्ने विचारका साथ विश्वका सबै देशसँग हातेमालो गर्दै छिमेकी मित्र राष्ट्र अगाडि बढिरहेको छ । विश्व र विश्वका जनताले चीनलाई हातमा हात जोडेर सघाइरहेका छन् र सघाइरहने छन् । समयले देखाइरहेको छ, अमेरिका विश्वबाट ओरालोतिर लागिरहेको छ । उसले अनेक षड्यन्त्रको तानाबाना बुनिरहेको छ । तर, अमेरिकी साम्राज्यवादलाई विश्वका शान्तिप्रिय जनताले लखेटेर पठाउने छन् । अन्तमा, उसको हिटलरको जस्तै हविगत हुनेछ, पतन हुनेछ ।
त्यसैले, बेलैमा सबैको हितको लागि व्यक्ति, परिवार, समाज, देश र विश्वमा हामी र हाम्रो भन्ने संस्कार बनाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *