भगत सिंहको हातमा पुग्न नपाएको स्तालिनको निमन्त्रणापत्र
- आश्विन ११, २०८३
उपप्रमुख, भक्तपुर नगरपालिका
(२०७७ साल माघ २९ गते बिहीबार भक्तपुरमा श्वासप्रश्वास पुनस्र्थापन केन्द्रको भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भ कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीद्वारा व्यक्त मन्तव्य)
आज हामीले देशकै लागि अति आवश्यक एवं महत्वपूर्ण उपचार सेवाको शुभारम्भ गर्दै छौँ । यो हामी भक्तपुरवासीहरूको लागि गौरवको विषय हो । हुन त यो एक वर्षअघि नै सञ्चालन गर्ने योजना थियो । कोरोना भाइरस (covid-19) को कारण हामी असमर्थ भयौँ । ढिलै भए पनि आज हामीले श्वासप्रश्वासमा समस्या भएका जनताकोे सेवा गर्ने अवसर पायौँ । यस सेवालाई हामीले निरन्तर अघि बढाउनेछौँ ।
भक्तपुर नगरपालिकाले सम्पदा र सांस्कृतिक नगरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको यहाँहरूलाई बिदित्तै छ । ३० वर्ष अघिको भक्तपुरका जनताको स्वास्थ्यको अवस्था अति दयनीय थियो भन्ने हामीले सुन्दै आएका हौँ । हाम्रा अग्रजहरूले समस्या भोग्दै आउनुभएको थियो । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्षलगायतका अग्रजहरूले स्वास्थ्यस्थिति सुधार्न र झाडाबान्ताबाट जोगाउन नगरभरि सरसफाइको अभियान चलाउनुभएको थियो । यो सँगसँगै जनतालाई स्वास्थ्यबारे सचेत गराउन शिक्षालाई पनि अभियानकै रूपमा अगाडि बढाउनुभएको थियो । यसै सिलसिलामा भनपाले २०५६ सालदेखि नगरवासीहरूलाई उच्च शिक्षा हासिल गराउन ख्वप उच्च मा.वि. सुरु गरेको थियो । हालसम्म २ वटा इन्जिनियरि· कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज, शारदा क्याम्पस मावि, शारदा क्याम्पसलगायत ७ वटा शिक्षण संस्थाहरू सञ्चालन गरी देशकै लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गराइरहेको यहाँहरूमा विदित्तै छ । यसरी उत्पादन भएका जनशक्तिको सीप र दक्षता पनि आफ्नै देश÷आफ्नै ठाउँमा सक्दो प्रयोग भइरहेको पनि यहाँ राख्न चाहन्छु । त्यसैले हामीले यो र अन्य स्वास्थ्य संस्थाहरू सञ्चालन गर्न समक्ष भएका छौँ ।
हामीले देश विकासको लागि आवश्यक क्षेत्रमा क्षमता विकास गर्न लागिपरेका छौँ, लागिरहने छौँ । जति जति हामी निराकरणको लागि अघि बढ्छौँ, चुनौती पनि सँगै आउँदो रहेछ । सायद यसरी चुनौतीसँग जुध्दै समस्याको हल गदै जानु नै विकासको सूचक हो कि ?
आज हामीले यो केन्द्र भक्तपुरमै सञ्चालन गर्नुको उद्देश्य पनि यहाँको भौगोलिक अवस्था र यहाँका जनताले भोग्नु परेको श्वासप्रश्वास रोगले गर्दा नै हो । विश्वमा श्वासप्रश्वास रोगको तथ्याङ्कले १० प्रतिशत मानिस पीडित भएको देखाएको छ भने नेपालमा १२ प्रतिशत रहेको छ । भक्तपुर जिल्लामा १९ प्रतिशत रहेको देखाइएको छ । यो अत्यन्तै भयावह अवस्था रहेको श्वासप्रश्वाससम्बन्धी विज्ञहरूको राय रहेको छ । भक्तपुरको भौगोलिक अवस्था÷पश्चिमी वायुको कारण र राजमार्गमा चल्ने सवारी साधनका प्रदूषणको कारणले पनि यहाँको यो अवस्था रहेको उहाँहरूको बुझाइ छ । यसर्थ, हामीले यस अवस्थालाई बढ्न नदिन यस श्वासप्रश्वास केन्द्र अति आवश्यक छ । भनपाले JIMTE र OLID NEPALसँगको सहकार्यमा यो केन्द्रको आजैबाट आजका हाम्रा प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँबाट समुद्घाटन गराउने अवसर पाउनु हामी सबैको लागि गौरवको विषय हो । श्वासप्रश्वासबाट पीडित सम्पूर्ण नेपालीले सेवा यो केन्द्रबाट पाउनेछन् ।
परिस्थिति र चुनौतीसँग जुध्दै गत वर्षदेखि विश्वलाई नै आक्रान्त बनाएको कोभिड–१९ ले भक्तपुरलाई पनि असर परेको हामी सबैले भोगेका हौँ । यस परिस्थितिसँग भनपाले स्वास्थ्यकर्मी÷ कर्मचारी÷नगरवासीहरूसँगको सहकार्यले धेरै ठूलो सङ्कट भोग्नु परेन । तापनि, अझै संसारका अन्य देशहरूमा यो सङ्क्रमणको स्वरूप परिवर्तन भइरहेको हामीले थाहा पाएका छौँ । हामीले अझै स्वास्थ्य मापदण्ड पालना गरी दैनिकीलाई निरन्तरता दिनुपर्ने हुन्छ । त्यसैले उपस्थित सम्पूर्णमा स्वास्थ्य मापदण्डमा रहेर आफू र आफ्नो समाजलाई स्वस्थ बनाउन अघि बढ्नुपर्ने देखिन्छ । यस श्वासप्रश्वास केन्द्रको उद्घाटन कार्यक्रममा फेरि स्वागत गर्दै बिदा हुन्छु ।
Leave a Reply