भर्खरै :

के भागरथीले न्याय पाउँलिन् ?

नेकपा सत्तामा हुँदा त मैना सुनुवारदेखि निर्मला पन्त, अंगिरा पासीले न्याय पाएनन् । अढाइ वर्षको बीचमा ६ हजार आठ सय ४४ बलात्कार भएका घटना छन् ।
भागरथीको बलात्कारको बेला एउटा नेकपा सडकमा छ, अर्को नेकपा सत्तामा छ । यस्तो अवस्थामा उनले कसरी न्याय पाउलिन् ?
म यस्तो देशमा जन्मेको छु जुन देशमा बलात्कारपछि कलिला नानीहरूको घाँटी थिचेर मारेपछि बल्ल न्यायको लागि आन्दोलनमा उत्रेका छन् । बलात्कारको प्रयासको जाहेरी दिन जाँदा पुलिस प्रशासन भन्छ, “प्रयासमात्र भएको त हो नि, भएको त छैन नि, नानी मरेको छैन । किन जाहेरी दिने ?” आदि भनेर फर्काउँछन् । अनि यो समाजमा जाहेरी दिने परिवार नै बेवकुफ ठहरिन्छ ।
बलात्कारको मुख्य जरा कहाँ छ ? व्यक्तिको सोचमा, घरमा, समाजमा, जातमा कहाँबाट आउँछ यस्तो विचार ? सञ्चारको माध्यम र जनचेतनाको कारणले घटना बाहिर आएको हो कि ? बलात्कारको बाढी नै आएको हो । फेसबुकको भित्ताभरि बलात्कारको घटनामात्र देख्न र सुन्न पाइन्छ ।
यी घटना त सञ्चारमाध्यममा आएका मात्र भए ¤ कति निर्मला, भागरथी आफ्नो पीडा लुकाउन यो समाजको डर, लाज अनि भोलि गएर विवाह नहुने डरले बाध्य भएर चुपचाप बसिरहेका होलान् ।
बलात्कारको घटना बढ्नुमा हाम्रो समाज, समुदाय, राज्य, देशको कानुन र कानुन कार्यान्वयन गर्ने पदाधिकारी पनि जिम्मेवार छन् । बलात्कार भएको नारीको पीडा कति मानिसले छोप्ने प्रयास गरिरहेको हुन्छ । कतै समाजका मानिसले नै बलात्कारीलाई प्रोत्साहन गरिरहेको त छैन ?
कुनै पीडित महिलाले त्यो घटनालाई प्रहरीकहाँ दर्ता गराए पनि त्यही घटनालाई बारम्बार सोधिन्छ । त्यो सोधाइले उक्त पीडितमाथि के असर पर्छ, त्यो पीडितलाई मात्र थाहा हुन्छ ।
त्यो बालिकालाई यस्तो भएको थियो भनेर समाजले बारम्बार भन्छ । त्यो कुराले पीडित र घरपरिवारमाथि के असर पर्छ त्यो परिवारले मात्र महसुस गर्नसक्छ ।
सायद, अदालतमा लड्ने सबभन्दा जटिल केस बलात्कारको नै होला ¤ एक एक कुराको प्रमाण दिनुपर्छ । सबै परिवारको त्यो प्रमाण दिनसक्ने हैसियतको हुँदैन । अधिकांश केसमा पीडितभन्दा पीडक कमजोर छ भनेमात्र पीडितले न्याय पाउँछ नत्र त्यत्तिकै धिसमिस भएर जान्छ ।
फेसबुकको भित्तामा लेखेको देख्छु, अपराधीलाई हदैसम्मको कारबाही होस् । यो हदैसम्मको कारबाही भनेको के हो ? मैले बुझ्न सकिनँ ।
बलात्कारीको लिङ्ग काट्नुपर्छ कि त फाँसी दिनुपर्छ भनेर किन लेखिँदैन ?
नेपाल बन्द हुँदा सवारी साधन जलाउन सक्नेहरू कलिला नानीहरू बलात्कृत हुँदा बलात्कारीलाई किन जलाउन सक्दैनन् ।
यो बलात्कारको बाढीलाई रोक्नको लागि कानुनमा सुधार गर्न आवश्यक छ । महिलाहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा सक्षम बनाउनु पर्छ । किशोरीहरूलाई प्रत्येक विद्यालयमा आत्मरक्षाको लागि कराते, बक्सिङ्ग अनिवार्य गर्नुपर्छ । ब
लात्कार गर्ने मानिसलाई सामाजिक बहिष्कार गर्नुपर्छ । अपराध प्रमाणित भएपछि अपराधीलाई जेल हैन फाँसी दिनुपर्छ कि त उसको लिङ्ग काट्नुपर्छ । अनि बल्ल आफूले गरेको गल्तीको सजाय पाएको महसुस हुन्छ । जसरी पीडित व्यक्ति पल–पल त्यो पीडा सम्झन्छन्, त्यसरी नै अपराधीहरू पनि तड्पिरहुन् । यसो गरेको खण्डमा बलात्कारको बाढी रोकिन्छ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *