भर्खरै :

लड्दालड्दै राष्ट्रपति भवनमा सहिद हुने राष्ट्रपति एयेन्डे

सन् १९०८ मा चिलीको भाल्पाराइसोको एक बन्दरगाह नगरको एक समृद्ध मध्यमवर्गीय परिवारमा साल्भाडोर एयेन्डेको जन्म भएको थियो । उनकी आमा लाउरा गोसेन्स उरिब फ्रान्सेली आप्रवासी व्यापारीकी छोरी थिइन् । तिनी कट्टर क्याथोलिक धर्मका अनुयायी थिइन् । बुबा साल्भाडोर एयेन्डे कास्ट्रो सरकारी अनुदानमा गरिब जनताको पक्षमा वकालत गर्ने संस्थाका एक कानुन व्यवसायी थिए । उनको बुबा आफ्नो छोरो सामाजिक सुधारको विचारबाट शिक्षित भएको हेर्न चाहन्थे । उनी राज्य र धर्म पृथक भएको हेर्न चाहन्थे । उनी चिलीको सन् १९२५ देखि १९७३ को संविधानमा आफ्नो इच्छा अङ्कित भएकोमा सन्तुष्ट थिए ।
साल्भाडोरकी आमा आफ्नो छोराले क्रिश्चियन धर्मका सकारात्मक मूल्य र मान्यता सिकोस् भन्ने चाहन्थिन् । उनको मामाबाजे ‘चिको’ एक चिकित्सक थिए । उनी चिलीको पहिलो ‘जनताको विद्यालय’ स्थापना गर्ने र राजधानी शान्टियागोको पहिलो ‘सुत्केरीको उपचार केन्द्र’ स्थापना गर्ने प्रतिष्ठित व्यक्ति थिए ।
युवा एयेन्डे ८ वर्षको उमेरमा सन् १९१६ मा राजधानी सान्टियागो गए । उनका काका रामोन एयेन्डे कास्ट्रो सान्टियागो नगरपालिकाका मेयर थिए । रामोन कास्ट्रोलाई मजदुरहरूमाथि गोली चलाउन सरकारले भनेको तर उनले त्यस सरकारी आदेशलाई अस्वीकार गरेका थिए । काकाले उनलाई भनेका थिए, “मजदुरहरूले खान–लाउन पाएका थिएनन् र कुनै सामाजिक समस्याहरू समाधान गर्न सकेका थिएनन् । जनताको साधारण समस्या समेत नबुझ्ने सरकार मूर्ख हो ।”
युवा एयेन्डेले विशिष्ट श्रेणीमा स्नातक उत्तीर्ण गरे तथा खेलकुद र सैनिक सेवामा पनि राम्रै नतिजा ल्याए ।
ल्याटिन अमेरिकी देशका विश्वविद्यालयका युवाहरू देशको स्वतन्त्रताको निम्ति लड्न चाहन्थे । एयेन्डे पनि आन्दोलनहरूमा सरिक भए । आफ्ना स्वतन्त्र गतिविधिको निम्ति खर्च जोड्न फुर्सतमा उनी रात्री कक्षा सञ्चालनको काम पनि गर्थे । यसले उनको पढाइमा असर पर्नु स्वाभाविक थियो ।
एयेन्डे भाल्पाराइसोमै फर्के । इटालियाली जुत्ता सिलाउने जुआन डेमार्चीमार्फत एक जुत्ता पसलमा काम गर्न थाले । ती इटालियाली ज्येष्ठ नागरिक अराजकतावादी दृष्टिकोण राख्थे र त्यहीँबाटै एयेन्डेले माक्र्सवादको अध्ययन थाले ।
त्यसबेला चिलीमा चिकित्साशास्त्र पढ्न सैनिक तालिम अनिवार्य थियो । सन् १९२६ देखि १९३३ सम्मको सैन्य तालिमपछि एयेन्डेले चिलीको शान्टियागो चिकित्सा विश्वविद्यालयमा डाक्टरी पढे । सैन्य तालिम लिँदा उनी १८ वर्षका थिए र २० वर्षको उमेरमा उनी चिकित्साशास्त्र पढ्न गए ।
त्यसबेला चिलीमा इबानेजको शासन थियो । सन् १९३१ मा इबानेजको शासनविरोधी प्रदर्शनमा भाग लिँदा एयेन्डे पनि पक्राउमा परे । उनमा राजनीतिक प्रभावले काम गरेको प्रस्ट थियो र त्यसबेला उनी २३ वर्षका थिए । जुलाई १९३१ मा इबानेज चिलीबाट भागे ।
४ जून १९३२ मा एयेन्डेको नाता पर्ने एक सैनिक परिवारको मार्माडक ग्रोभ सत्तामा पुगे र उनले चिलीलाई ‘समाजवादी गणतन्त्र’ घोषणा गरे । त्यो सरकार १२ दिनमै एक सैनिक विद्रोहबाट फालियो । एयेन्डे पनि पक्राउमा परे । आफ्नै पार्टीको दक्षिणपन्थी गुटले अमेरिकी–बेलायती उद्योगपतिहरूको सहयोगमा ग्रोभको सत्तापलट भएको थियो ।
२५ वर्षको उमेरमा एयेन्डेले सन् १९३३ मा डाक्टरीको डिग्री प्राप्त गरे । त्यसपछि उनले समाजवादी राजनीतिक दल स्थापना गर्न सहयोगीको भूमिका निर्वाह गरे । त्यसैबेला उनले एकजना साथीसँग मिलेर राष्ट्रिय स्वास्थ्यको रूपरेखामा एक पुस्तक लेखे ।
चिली समुद्र किनाराको देश भएको हुँदा समुद्र किनारामा माछा मार्नु सामान्य कुरा थियो । तर, कतिपय समुद्र किनारका देशहरूमा माछा मार्न प्रशासनको स्वीकृति लिनुपथ्र्यो वा सरकारलाई कर तिर्नुपथ्र्याे । काल्डेरा भन्ने गाउँमा माछा मारेको निहुँमा एयेन्डेलाई ६ महिनाको लागि निष्काशन गरियो । त्यसबेला उनी २७ वर्षका थिए ।
सन् १९३६ अर्थात् २८ वर्षको उमेरमा उनले जन एकता (पिपुल्स युनिटी) नामको सङ्गठनको विस्तार गर्न मद्दत गरे । उनी भाल्पाराइसोका शाखा नेता भए । चिलीको बीचतिर राजधानी शान्टियागो अवस्थित छ र त्यसैको उत्तरतिर भाल्पाराइसो पर्दछ ।
सन् १९३७ मा ‘जन एकता’को महाअधिवेशन भयो र एयेन्डे पनि त्यस महाअधिवेशनको निम्ति प्रतिनिधि छानिए । त्यसबेला उनी २९ वर्षका थिए । सन् १९३८ मा पेड्रो अगईसीरे सेर्डा ९एभमचय ब्गनगकष्चचभ ऋभचमब० राष्ट्रपतिमा चुनिए ।
३१ वर्षका युवा एयेन्डेले सन् १९३९ मा होर्टिन्सिया बुसी सोतो ९ज्यचतत्लकष्ब द्यगककथ क्यतय० सँग विवाह गरे तथा उनको विषयअनुसार उनी स्वास्थ्यमन्त्री भए ।
सन् १९४१ मा राष्ट्रपति सेर्डाको मृत्यु भयो र रिओस ९च्ष्यक० राष्ट्रपति निर्वाचित भए । स्वास्थ्यमन्त्री एयेन्डेले मन्त्री पदबाट राजीनामा दिए ।
चिलीमा १९३३ मा समाजवादी पार्टी निर्माणमा एयेन्डे सहयोगी थिए र सन् १९४३ मा उनी समाजवादी पार्टीको महासचिवमा चुनिए । त्यसबेला उनी ३५ वर्षका युुवा थिए । ३७ वर्षको उमेरमा अर्थात् १९४५ मा एयेन्डे सिनेट सदस्य भए ।
युरोप र अन्य महादेशमा समाजवादी दलहरूमा कम्युनिस्टविरोधी र कम्युनिस्टसँग एकता चाहने समाजवादी दलहरू छन् । दक्षिणपन्थीहरूको वर्चश्व भएको ठाउँमा समाजवादीहरू कम्युनिस्टको सहयोगमा सरकारमा पुग्छन् । कहिलेकाहीँ कम्युनिस्टहरूलाई सरकारमा जान नदिन दक्षिणपन्थीहरूसँग घाँटी जोड्छन् ।
सन् १९४७ मा चिलीका समाजवादी दलले ‘प्रजातन्त्रको रक्षाको निम्ति स्थायी ऐन ९ीबध या एभचmबलभलत म्भाभलकभ या म्झयअचबअथ० को नाउँमा कम्युनिस्टविरोधी ऐन ल्यायो । त्यसैमा समाजवादी दल दुई शिविरमा विभाजित भयो । एयेन्डे ‘जनता समाजवादी दल’ मा सामेल भए ।
सन् १९५२ मा चिलीमा समाजवादी राष्ट्रपतिको निर्वाचनको निम्ति ती पुनः एक भए र राष्ट्रपतिको निर्वाचनमा समाजवादी पार्टी विजय भयो । सन् १९४१ मा चिली छोडी भागेका इबानेसले निर्वाचन हारे ।
४५ वर्षका एयेन्डे सन् १९५३ को सिनेटमा निर्वाचित भए र अर्को वर्ष उनी उपराष्ट्रपति भए । सन् १९५८ को राष्ट्रपतिको निर्वाचनमा एयेन्डे सान्द्रि ९ब्भिलमभ क्बलमचष्० सँग थोरै मतले असफल भए । सन् १९६४ को राष्ट्रपतिको निर्वाचनमा फ्रेइ ९ँचभष्० सँग पनि एयेन्डे असफल भए । तर, उनले सिनेटको सभापतिको रूपमा १९६६ देखि १९६९ सम्म काम गरे । सन् १९६९ मा एयेन्डेले बहुदलीय जन एकता दलको सङ्गठन गर्न सहयोग गरे ।
चिलीमा सन् १९७० मा राष्ट्रपतिको निर्वाचन हुँदै थियो । एयेन्डे रुसमा गई आफू राष्ट्रपति पदमा निर्वाचित हुने विश्वास दिलाए र आफू निर्वाचित भए रुसको सहयोग गर्ने वचन दिए । तर, त्यसबेला सोभियत सङ्घ र जनवादी गणतन्त्र चीनको बीचमा ठूलो सैद्धान्तिक मतभेद चर्केको थियो । बहसको क्रममा चिनियाँ पार्टीका नेताहरूले निर्वाचनबाट समाजवाद आउँछ भन्ने कुरामा शङ्का गरे र आफ्नो पार्टीको अनुभवअनुसार त्यसो नहुने जानकारी दिए । तर, एयेन्डेले चिलीको जल–थल र हवाई सेनाले सहयोग गर्ने वचन दिएको चीनलाई बताए । चिनियाँ पक्षले चिलीकोे परिस्थिति आफूहरूलाई थाहा नभएको र बताइएअनुसार सफलता प्राप्त भएमा नयाँ अनुभव हुने बताए ।

६२ वर्षका एयेन्डे सन् १९७० को राष्ट्रपति पदको निम्ति उम्मेदवार भए र ‘जनता एकता दल’ को तर्फबाट निर्वाचनमा विजय प्राप्त गरे । उनको पदावधि ६ वर्षको थियो ।
चिली तामा र अन्य खनिजको निम्ति समृद्ध देश हो । त्यहाँको एक महत्वपूर्ण खनिज रासायनिक मलको निम्ति आवश्यक वस्तु हो । ती खनिज कम्पनीहरूका मालिक अमेरिकी नागरिकहरू थिए । सन् १९७१ मा राष्ट्रपति एयेन्डेले तामा र खनिज उद्योगलाई राष्ट्रियकरण गरे तथा भूमिसुधारको कार्यक्रमलाई अगाडि बढाए । एयेन्डेको त्यस्ता कार्यले रिसाएर अमेरिकी साम्राज्यवादले अन्तरध्वंसका कामहरू अगाडि बढायो । यसकारण, सन् १९७२ मा संरा सङ्घको महासभामा एयेन्डेले चिलीमा अस्थिरता र नाकाबन्दी लगाएकोमा निन्दा गरे । सन् १९७३ मा ट्रकका मालिकहरूले हडताल गरे, सेनाका कमान्डर इन चिफ कार्लोस पार्टस ९ऋबचयिक एबचतक० ले राजीनामा दिए र त्यसको ठाउँमा जेलेरल पिनोचे ९एष्लयअजभत० सेनापति भए ।
११ सेप्टेम्बर १९७३ मा पिनोचेको सेनाले राष्ट्रपति एयेन्डेलाई राजीनामा दिन वा विदेश जान बाटो दिने, नत्र राष्ट्रपति भवनमा बमले हमला गर्ने निर्णय सुनायो । राष्ट्रपति एयेन्डेले राजीनामा दिन र विदेश जान अस्वीकार गर्दै पिनोचेको हवाइ र स्थल सेनाको हमलाको विरोधमा लड्दालड्दै वीरगति प्राप्त गरे । त्यसबेला उनी ६५ वर्षका लडाकु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *