तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सरकारी निकायमा भइरहेको अनियमितता र भ्रष्टाचारको विरोधमा नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसले सोमबार भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर र नापी विभाग भक्तपुरमा खबरदारी कार्यक्रम ग¥यो ।
नेपाल क्रान्तिकारी युवा सङ्घको टोलीले नापी विभाग र मालपोतका प्रमुखसँग भेट गरी भएका भ्रष्टाचारलाई नियन्त्रण गर्न सजग गरायो । भेटमा नापी विभागका प्रमुख मग्नु दत्तले नापीमा जनतालाई ११० रूपैयाँको रसिद काटेपछि नक्सा सहज ढङ्गले उपलब्ध गराइरहेको उदाहरण दिँदै कुनै कर्मचारीले भ्रष्टाचारमा संलग्न भएको पाइए कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । जग्गा किनबेचको क्रममा कित्ताकाट गर्दा कर्मचारीको लापरबाहीको कारण पुर्जामा भन्दा नक्सामा बढी जग्गा रेखाङ्कन गरेर जनतालाई दुःख भएको बारे युवाहरूले ध्यानाकर्षण गराउँदा नापी प्रमुखले त्यस्तो गल्ती भएको भए लिखतअनुसार नै समस्या समाधान गर्न नक्सा संशोधन गर्न सकिने बताउनुभयो ।
मालपोत कार्यालयका प्रमुख देवीबहादुर भण्डारीले नेपाल क्रान्तिकारी युवा सङ्घको भ्रष्टाचारविरोधी आन्दोलन सराहनीय रहेको उल्लेख गर्दै भ्रष्टाचार निर्मूल पारेर सदाचार कायम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कुनै कर्मचारीबाट भ्रष्टाचार भएको ‘केस विशेष’ नै आयो भने कारबाही गर्न सजिलो हुने बताउनुभयो ।
भ्रष्टाचारविरुद्ध विभिन्न नाराहरू लेखिएको प्लेकार्डसहित नेपाल क्रान्तिकारी युवा सङ्घको टोलीले मालपोत र नापी कार्यालयबाहिर खबरदारी सभा गरेको थियो ।
उक्त सभामा नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको उर्वर भूमि भक्तपुरका जनताले केही सीमित कर्मचारी र लेखापढी व्यवसायीका कारण दुःख पाइरहनु विडम्बनापूर्ण रहेको बताउनुभयो । भ्रष्टाचारको अन्त्य गर्न पुनः भ्रष्टाचारविरोधी आन्दोलनलाई सक्रिय बनाउन जरुरी रहेको पनि बताउनुभयो ।
उहाँले मालपोतका भ्रष्ट कर्मचारी र दलालहरूको मिलेमतोमा सर्वसाधारण किसानहरूको जग्गै समाप्त भएको उदाहरण दिँदै यस्ता गलत गतिविधि रोक्न जनता आफै सचेत हुनु जरुरी रहेको बताउनुभयो । सङ्घका सहसचिव रमेश वैद्यले भ्रष्टाचारविरोधी आन्दोलनका कार्यक्रम निरन्तर अघि बढ्ने बताउनुभयो ।
Leave a Reply