भर्खरै :

पोम्पेओको फेरि अर्को झुट

अमेरिकी भूतपूर्व परराष्ट्र मन्त्री माइक पोम्पेओले फेब्रुअरी ९ मा फक्स समाचारलाई अन्तर्वार्ता दिँदै चीनसम्बन्धी झूटा कुरा दोहो¥याएका छन् । उनले यसअघि पनि चीनबारे झुट बोलेका छन् । तर, उनको कुरामा कहिल्यै पनि प्रमाण जुटाउन सकेको छैन । अमेरिकी ‘न्यूजवीक’ ले जनाएअनुसार, पोम्पेओले विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञहरूले उहानमा प्राप्त गरेको अनुसन्धान उपलब्धिलाई मान्यता दिन अस्वीकार गरेका छन् । पोम्पेओले कोरोना भाइरस महामारीको मूल समस्यामा आफ्नो अडानमा कुनै पनि परिवर्तन नभएको, कोरोना भाइरस महामारीको मूल उहान प्रयोगशाला नै हुने झुट दोहो¥याए ।
तर, विश्व स्वास्थ्य सङ्गठनको विशेषज्ञ टोलीका सदस्य पिटर डास्जाकले चीनको खुलापन अवस्था विशेषज्ञ टोलीको अनुमानभन्दा बढी भएको बताउँदै विशेषज्ञ टोलीका सदस्यहरूले चाहेको स्थानमा भ्रमण गर्न र व्यक्तिहरूसँग भेट्न स्वीकृति दिइएको बताएका छन् ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले फेब्रुअरी १० मा चीन सरकारले विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञहरू वैज्ञानिक अनुसन्धानमा सहयोग गर्न चीन आएको कुराको समर्थन र सहायता दिएको बताउँदै विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय विशेषज्ञले यसको सकारात्मक मूल्याङ्कन गरेको बताउनुभयो । साथै उहाँले धेरै प्रमाण, जानकारी र अनुसन्धानबाट सन् २०१९ को उत्तराद्र्धमा फैलिएको महामारी विश्वका धेरै क्षेत्रहरूमा भएको कुरा बताउनुभयो । उहाँले चीनजस्तै अमेरिकाले खुला, पारदर्शी धारणा लिएर विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञहरूलाई महामारीको उद्गमबारे अनुसन्धान गर्न अमेरिकामा निमन्त्रणा गर्नसक्ने आशा व्यक्त गर्नुभयो ।– सीआरआई

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *