भर्खरै :

बासु माविमा स्वागत कार्यक्रम

बासु माध्यमिक विद्यालयको डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान), डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीको स्वागत कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईच्याईले आजका विद्यार्थी योग्य नागरिक बन्नुपर्ने बताउनुहुँदै मेहनत र लगनशीलता नै सफलताको आधार भएको बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक रविलाल प्रधानले विद्यालयले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जोड दिंँदै आएको बताउनुभयो ।
कार्यक्रमका अतिथि प्रकाश गुरुङले देश आत्मनिर्भर बनाउन कृषि उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) का संयोजक सबिन ख्याजू, विज्ञान सङ्कायका इन्चार्ज सुमन धौबञ्जार, शिक्षक प्रविण सिन्ताकलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *