भर्खरै :

नेमकिपा दशकौँदेखि एक्लै प्रतिगमनविरुद्ध सङ्घर्षरत

नेकपाको झगडा : ‘ब्रान्ड’ या ‘ट्रेड मार्क’ को झगडा !
विभाजित नेकपाका ओली समूह र दाहाल–नेपाल समूहबीच कुन सक्कली नेकपा र कुन नक्कली नेकपा भनी खुब विवाद र बहस चल्दै छ दिनहुँ बजारमा सक्कली र नक्कली सामानको विवाद चलेभैmँ ! त्यसको छिनोफानो त एकदिन अवश्य होला ! अदालत, निर्वाचन आयोग या अन्य सरोकारवाला निकायले यो विवाद समाधान ढिलो–चाँडो गर्लान् ! फुट्दा यस खालको विवाद जन्मिनु आश्चर्यको विषय होइन । दुवै पक्षले आधिकारिकता दाबी गर्नु विभाजनको अनिवार्य सिलसिला हो । तर, दुवै पक्षले एउटा विषयमा छल्न खोज्दै छन् । चलाखीपूर्वक एउटा विवाद चर्काउन चाहँदैनन् । कुन सक्कली कम्युनिस्ट र कुन नक्कली कम्युनिस्ट, यस प्रश्नमा ती स्पष्टीकरण दिइरहेका छैनन् ! त्यसमा विवाद, दुवैको बहस या दाबी छैन । यथार्थमा हुनुपर्ने बहस यस सवालमा हो । दुवै मिलेर अझै नेपाली जनतालाई भ्रममा राख्दै छन् र ठग्दै छन् । सचेत राजनीतिक कार्यकर्ताहरूले यस विषयमा छलफल, आलोचना, विरोध नगरेमा नेपाली वामपन्थी आन्दोलनमाथि अर्को सङ्कट थपिनेछ र तिनीहरूको ठगी धन्दा निष्कन्टक जारी रहनेछ । दुवै पक्षमा वामपन्थ, कम्युनिस्ट चरित्र बाँकी नरहेको पुष्टि गर्ने यो पनि महत्वपूर्ण आधार हो भन्ने कोणबाट बहस, विश्लेषण अगाडि बढाउन आवश्यक देखिन्छ । उपयुक्त समय अहिले नै हो ।
अदालत, निर्वाचन आयोग तथा सरकारी अधिकारीलाई दबाब र प्रभावमा पारेर आधिकारिक नेकपा बन्न खोज्नेहरूलाई सक्कली कम्युनिस्ट नेता र पार्टी बनी देखाउन नेपाली कामदार जनता हाँक दिइरहेका छन् । अन्यथा, यो झगडा व्यापारिक घरानियाँहरूको कुनै ‘ब्रान्ड’ या ‘ट्रेड मार्क’ को झगडा सिवाय अरू केही ठहरिने छैन । व्यापारिक कम्पनीहरू या मालिकहरू पनि त्यस खालका झगडामा आपूm जित्न साम, दाम, दण्ड, भेदको नीति अपनाउँछन् । ओली र दाहाल–नेपाल समूह पनि त्यस्ता मालिक नबनून् ! ‘ब्रान्ड’ या ‘टे«ड मार्क’ जसले पाए पनि आखिर नक्कली सामान नै उत्पादन गरी बेचिन्छ भने त्यो जोसुकैले पाएपनि के अर्थ रह्यो ? जनताको नोक्सानमाथि नोक्सान तर ती मालिकलाई मालामाल ! ‘ओरिजिनल’ र ‘डुप्लिकेट’ नेकपाको विवाद या झगडा तिनै खराब साहुहरूबीचको झगडा जस्तै मात्र हो । सचेत बनौँ ! सचेत पारौँ !
चुनाव चिन्हको विवाद !
हिजो सत्ताउन्माद र शक्तिको दम्भ देखाई विरोधी दलहरूलाई दबाउने, तिनका कार्यकर्ता चोर्ने, सङ्गठन भाँड्ने तथा तोडफोड गर्ने गलत क्रियाकलापमा संलग्न नेकपाका नेता–कार्यकर्ता आज आपैm त्यसको शिकार बन्दै छन् । हिजो अरूको घर बिगार्दा बहादुरी ठान्नेहरू र विजयी मुद्रामा देखिनेहरू आज आपैm बर्बादी व्यहोर्दै छन् । नेपाली काङ्ग्रेस, एमाले र माओवादीले हिजो नेमकिपाको सङ्गठन तोडफोड गरे । नेमकिपा राष्ट्रिय पार्टी होइन भनी होहल्ला गरे । तीन प्रतिशतको असंवैधानिक प्रावधान ल्याई नेमकिपामाथि व्यापक दमनचक्र चलाए । प्रजातन्त्रको नारा दिँदै निषेधको राजनीति गरे । नेमकिपाले तीन प्रतिशतको अप्रजातान्त्रिक बन्दोवस्तविरुद्ध कानुनी तथा सडक सङ्घर्ष जारी राख्दै छ । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सानो पार्टी
भनी नेमकिपालाई हेलाहोचो गरे । दुई दलीय तानाशाही लागु गरे । नेमकिपाको चुनाव चिन्ह ‘मादल’ खोस्न अनेक जालझेल गरे ।
नेमकिपाले दुईदलीय तानाशाहीविरुद्ध निरन्तर सङ्घर्ष ग¥यो । उसले आफ्नो चुनाव चिन्ह खोस्ने शासक दलको षड्यन्त्रविरुद्ध कानुनी सङ्घर्ष ग¥यो र जीत हासिल ग¥यो । तीन प्रतिशतको मतसीमा जस्तो अप्रजातान्त्रिक प्रावधान संविधानमा राख्नु आत्मघाती हुने र जनआन्दोलनको मर्म तथा भावनाविपरीत हुने नेमकिपाले बारबार दोहो¥यायो । तर, मैमत्त शासकहरू दुष्परिणाम भोग्न बाध्य भएका छन् । आज दैनिक ती निर्वाचन आयोग, सडकमा गई ‘सूर्य’ चिन्ह हाम्रो हो भनी नाराबाजी गर्दै छन् । चुनाव चिन्हलाई आफ्नो प्राण, आफ्नो भविष्य मानेर ज्यान लिन–दिन तयार भन्दै झै–झगडा गर्दै छन् । आज सर्वसाधारणसमेत भन्दै छन् – “यस्ता दुष्ट, पिराहा, विश्वासघातीहरू दुवैलाई मागेको चुनाव चिन्ह नदिई सजाय दिनुपर्ने, तब ठीक ठाउँमा आउलान् कि !” केही सरल मानिसहरू भन्दै छन् – “यिनै नेता र पार्टीले हिजो अरू पार्टीलाई कम मत आएकै आधारमा ‘अराष्ट्रिय’ पार्टी घोषणा गरे । अब त धेरै मत पाएर काम केही नगर्ने, घोषणापत्रलाई उल्लङ्घन गर्ने र सधैँ झै–झगडा गर्ने पार्टीलाई ‘अराष्ट्रिय’ घोषणा गर्ने प्रावधान संविधानमै राखिनुपर्छ ।”
नेकपाको चुनाव चिन्हको विवाद साँचो अर्थमा पाप धुरीबाट कराएको हो । हिजो अरूलाई सास्ती दिनुजति दिए, आज परिणाम भोग्दै छन् । सिस्नु रोपेर कहाँ तुलसी उम्रिन्थ्यो र !
प्रतिगमनको सन्दर्भ
सत्तामा जान नपाएपछि या सत्ताबाट फालिएपछि शासकहरू प्रतिगमन देख्छन् । आप्mनो स्वार्थ पूरा नभएपछि ती प्रतिगमन देख्छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजदूत बन्न तम्तयार भएर बसेकाहरू घरि प्रतिगमन देख्छन् त घरि प्रतिगमन आधा या पूरै सच्चिएको घोषणा गर्छन् । तिनलाई सामान्य जनताको जीवन र समाजको आमूल परिवर्तनसँग कुनै लिनुदिनु छैन । तिनका विश्लेषण सत्ता स्वार्थ, दलगत तथा व्यक्तिगत फाइदासँग जोडिएको हुन्छ ।
यथार्थमा प्रतिगमन त नेपाली समाजमा धेरै अगाडि नै सुरु भएको हो, शासकका आँखाले आज बल्ल देखे । हिजो तिनका गुटगत स्वार्थ मिलेसम्म प्रतिगमन थिएन आज मिलेन अनि एकाएक प्रतिगमन ! तिनले प्रतिगमन देख्दा अरूले देख्नुपर्ने र नदेख्दा अरूले पनि नदेख्नुपर्ने ! यो राजनीतिक छलछाम बाहेक अरू हुन सक्दैन ।
बहुदल पुनःस्थापनापश्चात् निजीकरणको नाउँमा राज्यद्वारा सञ्चालित र मित्रराष्ट्रहरूद्वारा सहयोग गरिएका उद्योग, कलकारखाना ध्वस्त पारिए । सामुदायिक विद्यालय, कलेज, अस्पताल, विश्वविद्यालय आदि तहसनहस पारिए । यो प्रतिगमनको प्रारम्भ थियो । बैसठी त्रिसठीको आन्दोलनको क्रममा गणतन्त्रको नारा उठ्दा नेमकिपाले समाजवादी गणतन्त्रको नारा दियो तर एमाले, माओवादी पुँजीवादी गणतन्त्रमै सीमित भए । यो प्रतिगमन थियो । निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गरी नेकपाले सरकार गठन ग¥यो तर समाजवादी चरित्र, सोच तथा व्यवहार पटक्कै देखाएन । यो प्रतिगमन नभए के ? सङ्घीयता लागु गर्ने वचन जनतालाई दिएर फेरि केन्द्रिकृत शासन प्रणाली लागु गरिनु के प्रतिगमन थिएन ? पटकपटक आन्दोलनमा सहभागी भएर पनि जनता अभाव, अन्याय र शोषणमा पर्ने तर शासकहरू भने पालैपालो सरकारमा गई तीन पुस्तालाई पुग्ने गरी अकूत सम्पत्ति आर्जन गर्ने ¤ के यो प्रतिगमन होइन ? ३० वर्षमा जनताले के पाए ? स्थायी सरकार, स्थायित्व र समृद्धिको नारा दिएर देशलाई झनै भताभुङ्ग पार्ने, भड्खालोमा जाक्ने र जनतालाई भाँड्ने काम के प्रतिगमनकारी होइन ?
अवसरवादी तथा देशघातीहरूले बल्ड्याङ खाएपछि मात्र प्रतिगमन देखेपनि यथार्थमा प्रतिगमन धेरै अगाडि थालिएको थियो । अहिलेसम्म सरकारमा जाने दल, प्रधानमन्त्रीहरू, मन्त्रीहरू र तिनका नेता यसका निम्ति जिम्मेवार छन् । ती कोही पनि दोषबाट मुक्त छैनन् । प्रतिगमनका कारण या मतियार हुन् । यसका निम्ति तिनले माफी नमागुन्जेल जनताले विश्वास गर्ने छैनन् । नेमकिपाले यी सम्पूर्ण खाले प्रतिगमन र प्रतिगमनकारीहरूको विरोध गर्दै आइरहेको छ । त्यसमा कुनै सत्ता स्वार्थ या व्यक्तिगत स्वार्थको दुर्गन्ध पटक्कै छैन । यस अर्थमा नेमकिपामात्र यो देशको त्यस्तो पार्टी हो जो निरन्तर प्रतिगमनविरुद्ध एक्लै सङ्घर्षरत छ । त्यो सङ्घर्ष अविराम जारी रहनेमा कुनै शङ्का छैन । कोही साँचो अर्थमा प्रतिगमनविरुद्ध सङ्घर्षका निम्ति अघि बढ्न चाहन्छ भने पहिला नेमकिपाबाट सिक्ने हिम्मत गर्नु श्रेयष्कर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *