भर्खरै :

समस्या नै समस्याले घेरिएका अमेरिकी जनता

अमेरिकी जनतालाई एकपछि अर्को सङ्कटले घेरेको छ । कोरोना भाइरसको महामारीले झन्डै ५ लाख अमेरिकी जनताले ज्यान गुमाए । टेक्सास र अन्य दक्षिणी राज्यहरूमा हिमपातको कारण झन्डै ५० जना मानिसले ज्यान गुमाए । हिमपात र अन्धकारले करोडौँ अमेरिकी जनताको दैनिक जीवन प्रभावित बनेको छ ।
अत्यन्त कठिन अवस्थाले दशकौँदेखि संसारकै एक्लो महाशक्तिले कथ्दै आएको मानवअधिकारको परीकथा फेरि एकपल्ट वास्तविकता उजागर गरेको छ । आफ्ना नागरिकलाई अमेरिकी सरकारले दिएको आश्वासको खोक्रोपना संसारसामु छताछुल्ल भएको छ ।
संरा अमेरिकामा प्रवद्र्धन गरिएको मानवअधिकार वास्तवमा शक्तिशाली र धनीको लागि जोगाइएको मानवअधिकार हो । आम जनताको जीवन, स्वास्थ्य र अझ अस्तित्वको लागि आधारभूत मानवअधिकार या त उपेक्षित हुन्छ अथवा दबाइन्छ ।
कोरोना भाइरसको महामारी फैलिएसँगै रोग नियन्त्रण र जनताको जीवन जोगाउन तल्लीन हुनुपर्ने अघिल्लो संरा अमेरिकी सरकारले जानाजान प्राणघातक भाइरसको खतरालाई समेत अस्वीकार गर्दै झूट र गलत सूचना फैलायो । त्यो सरकार आफ्नो दायित्वबाट च्युत भयो ।
अमेरिकी सरकारको आक्रामकता र उपेक्षाको मूल्य अमेरिकी जनताले भोग्नुप¥यो । अहिले पनि कोरोना भाइरस सङ्क्रमण र मृत्युदरको आधारमा संसारभरमै संरा अमेरिका सबभन्दा अग्रपङ्क्तिमा छ । महामारीको कारण सन् २०२० को सुरुका ६ महिनामा संरा अमेरिकाको औसत आयु दर उल्लेखनीय रूपमा खस्कियो । संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रअनुसार यो अवस्थाबाट सबभन्दा बढी अल्पसङ्ख्यक समूह प्रभावित बन्यो । गत फेब्रुअरी १० मा द लानसेटले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार समयमै उचित सावधानीका उपाय अपनाइएको भए झन्डै २ लाख मानिसको जीवन जोगाउन सकिन्थ्यो ।
भयानक हिउँदे आँधीहुरीको समयमा अमेरिकी नेताहरूले जनताको हितप्रति फेरि उदासिनता देखायो । टेक्सासमा जब हिउँदे आँधीबेहरीले तापक्रम झा¥यो र जताततै बिजुली आपूर्ति अवरोध ग¥यो, त्यहाँको सरकार र स्थानीय तहले बिजुली कतिबेलादेखि सुचारु हुने भन्ने विषयमा समय तालिकासमेत सार्वजनिक गर्न सकेन । त्यो परिस्थितिमा केही बदमास कम्पनीहरूले बिजुली आपूर्तिको मूल्य बढाएर फाइदा लुटे । टेक्सासका जनता कठ्याङ्ग्रिदो चिसो र पानी तथा खानाको अभाव झेलिरहेको बेला लोन स्टार राज्यका सिनेटर टेड क्रुज भने बिदा मनाउन मेक्सिकोतिर गएका थिए ।
चकित पार्ने खबर त के हो भने कोलोराडो नगरका प्रमुख टीम बोएडले फेसबुकमा मौसमको प्रतिकूलतामा जनताले भोगिरहेका समस्या समाधानको लागि स्थानीय सरकारको कुनै जिम्मेवारी नभएको भनी लेखे । ‘बलियो इच्छाशक्ति भएका बाँच्छन् र कमजोरहरू मर्नेछन्”, उनले भने ।
आफ्नै जनताको मानवअधिकारबारे सरकारले निकै थोरै चासो देखाएको भए पनि केही अमेरिकी नेताहरू भने विदेश व्यापारमा अवरोध सिर्जना गर्ने छुट लिनुलाई मानवअधिकारसँग जोडिरहेका छन् ।
समुद्रपारि मानवअधिकारको चिन्ता लिइरहेको अभिनय गर्दै वाशिङ्टनले मध्यपूर्वमा सैनिक हस्तक्षेप गरिरहेको छ । त्यहाँ त्यहीँ कारण धेरै मानिसले ज्यान गुमाएका छन् । सिन्जियाङ र तिब्बतमा मानवअधिकार उल्लङ्घन गरेको भन्दै चीनको बद्नाम गरिरहेको छ । चीनमा अस्थिरता फैलाउने प्रपञ्च बुनिरहेको छ । अनि चीनको विकासलाई रोक्ने प्रयासमा लागेको छ ।
एउटा लोकप्रिय डेनिस परीकथामा एक जना सानी केटीले न्यानो अनुभूति गराउन र मायाको भावना अनुभव गर्न सलाई बाल्ने गर्छिन् । यद्यपि त्यो भ्रमपूर्ण थियो ।
हिमपात र महामारीको सामना गरिरहेका सर्वसाधारण अमेरिकी जनता यी सङ्कटबाट पार पाउन मुस्किल छ । तथापि, उनीहरू परीकथाकी सानीले बालेकी सलाईको जस्तो अपेक्षा गरिरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *