भर्खरै :

बुखारिनहरू लेनिनको अप्रिल थेसिसको विरोधमा

रुसी फेब्रुअरी क्रान्तिबाट बनेको अस्थायी सरकार मेन्सेविकहरू, समाजवादी क्रान्तिकारीहरू र अराजकतावादीहरूको समर्थनको पुँजीवादी सरकार थियो । ती पार्टीहरूको नाम फरक–फरक भए पनि तिनीहरू शान्तिपूर्णढङ्गले समाजवाद आउँछ भनी विश्वास गर्थे । तिनीहरू पश्चिमी देशहरूमा समाजवाद आएपछिमात्रै रुसमा पनि समाजवाद आउने विश्वास गर्थे । तिनीहरू पश्चिमी देशमा पुँजीवाद परिपक्व भएपछि समाजवाद आउँछ, अनिमात्रै रुसमा पनि समाजवाद आउने विश्वास गर्थे । साथै, तिनीहरू राजतन्त्रलाई समाजको बाधा सम्झन्थे तर शान्तिपूर्ण ढङ्गले परिवर्तन आउनेमा विश्वास गर्थे ।
फेब्रुअरी क्रान्तिपछि बोल्शेविक पार्टीले जारतन्त्रको अत्यन्त गा¥होे परिस्थितिमा अवैधानिक (गुप्तरूपले) सङ्गठन गरेको थियो । भूमिगत सङ्गठनबाट विकास गरेर खुलारूपमा राजनीतिक र सङ्गठनात्मकरूपमा काम गर्न सुरु ग¥यो । त्यसबेला बोल्शेविक पार्टी ४०–५० हजार सदस्य भएको दल थियो । ती सबै सङ्गठनमा इस्पातजस्तै खारिएका क्रान्तिकारीहरू थिए । सबै पार्टी समितिहरू जनवादी केन्द्रियताको सिद्धान्तमा सङ्गठित थिए । माथिदेखि तलसम्मका सबै पार्टी अङ्गहरू निर्वाचनद्वारा बनेका थिए ।
पार्टी कानुनी अस्तित्वमा आएपछि पार्टी कार्यकर्ताहरूमा मतभेदहरू सतहमा देखिए । मस्कोको सङ्गठनका केही मजदुरहरू, काभेनेभ, राइकोभ, बुब्नोभ र नोगिनजस्ता अर्धमेन्सेविकहरू अस्थायी सरकार र रक्षात्मक नीतिलाई ससर्त समर्थन गर्थे ।
स्तालिन भर्खर प्रवासबाट आउनुभएको थियो, मोलोतोभ एवम् अन्य बहुमतको पक्षमा थिए । उनी अस्थायी सरकारप्रति अविश्वास र पलायनवादको विपक्षमा थिए ।
बोल्शेविकहरू शान्तिको पक्षमा र साम्राज्यवादी युद्धको विरोधमा सक्रिय हुन आह्वान गर्दै थिए । पार्टीका केही कार्यकर्ताहरू राजनीतिकरूपले पिछडिएका र लामो समयको जेलजीवन एवम् प्रवासजीवनको कारण अलमलमा वा अस्थिर थिए ।
नेतृत्वको अनुभव गरिँदै थियो र अप्रिल ३ अर्थात् रुसी पुरानो पात्रोअनुसार १६ अप्रिल १९१७ मा लेनिन स्वीट्जरल्यान्डको प्रवासबाट फर्कनुभयो ।
त्यसबेलाका रुसका माक्र्सवादी सिद्धान्तकार भन्नेहरूले संसदीय गणतन्त्र र पुँजीवादी गणतन्त्रबाट समाजवादमा सङ्क्रमण गर्नेबारे वकालत गर्थे । तर, लेनिनले त्यसको विरोध गर्नुहुँदै ‘अप्रिल सिद्धान्त’ (अप्रिल थेसिस वा अवधारणा) अगाडि राखी भन्नुभयो, “संसदीय गणतन्त्रबाट सोभियत गणतन्त्रमा सङ्क्रमण आवश्यक छ । त्यो नै समाजको राजनीतिक सङ्गठन पुँजीवादबाट समाजवादमा सङ्क्रमणको अवधि हुनेछ ।”
अर्को शब्दमा त्यसबेला रुसको स्थितिमा क्रान्तिको पहिलो चरण भन्नुको अर्थ सर्वहारा वर्गीय चेतना र सर्वहारा वर्गको सङ्गठनको अपर्याप्तताको कारण सत्ता पुँजीपति वर्गको हातमा गयो । सर्वहारावर्ग र किसानहरूको सबभन्दा गरिब वर्गको हातमा पुग्नुपथ्र्याे ।
अस्थायी सरकार एक पुँजीवादी सरकार हो, त्यसले लुटाहा साम्राज्यवादी युद्धलाई अगाडि बढाउँछ र पुँजीपति वर्गलाई फाल्न नसकेसम्म साँचो जनवादी क्रान्ति ल्याउँदैन, बरु लुटाहा शान्तिमात्र ल्याउँछ । यसकारण, लेनिनले भन्नुभयो, “अस्थायी सरकारलाई समर्थन गर्नुहुन्न ।”
त्यसैले शासक दलहरू मेन्सेविक, समाजवादी–क्रान्तिकारीहरू र अराजकतावादीहरू रिसाएर प्लेखानोभको मुखबाट बोले – “लेनिन क्रान्तिबाहिर एक्लै रहनेछन्, हामीहरू आफ्नो बाटोमा लागौँ !”
१४ अप्रिलको दिन पेट्रोग्राद नगरमा बोल्शेविकहरूको सम्मेलन भयो । सम्मेलनले लेनिनको सिद्धान्तलाई क्रान्तिको आधारका रूपमा स्वीका¥यो । स्थानीय पार्टी सङ्गठनहरूले पनि त्यसैलाई स्वीकारे ।
तर, काभेनेभ, राइकोभ र प्याताकोभजस्ता केही व्यक्तिबाहेक सारा पार्टीका कार्यकर्ता र नेताहरूले यसको समर्थन गरे ।
लेनिन बिनामुआब्जा भूमि जोताहा किसानहरूको हातमा उपभोग गर्न दिने र सामन्त, जमिनदार एवम् जग्गाका मालिक पुँजीपतिहरूबाट सम्पूर्ण जग्गा, खनिज, पोखरी र वनजङ्गल वा सबै प्राकृतिक स्रोत राष्ट्रियकरण गर्ने पक्षमा हुनुहुन्थ्यो ।
तर बुखारिन, काभेनेभ, जिनोमित्र्, प्याताकोभ, रिकोभ आदि सबै अवसरवादीहरू लेनिनको अप्रिल सिद्धान्तको विरोधमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *