युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
जेनेभा, २२ फेब्रुअरी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले गएको सोमबार कोभिड–१९ विरोधी खोप विश्वव्यापी सार्वजनिक र सबैका लागि सुलभ र पहुँचको वस्तु बनाउनुपर्ने बताएका छन् ।
“खोप समताले मानव अधिकारलाई बलियो बनाउँछ, खोप राष्ट्रवादले त्यसलाई कमजोर बनाउँछ”, संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्को ४६ औँ नियमित सभाको उद्घाटन कार्यक्रममा बोल्दै गुटरेजले भने ।
संरा सङ्घका प्रमुखले पछिल्लो समय खोपमा समता सुनिश्चित गर्न नसक्नुलाई एक प्रकारले ‘नैतिक समस्या’ को रूपमा व्याख्या गर्दै हालसम्म संसारमा उत्पादन भएका कोभिड–१९ को खोपमध्ये ७५ प्रतिशतभन्दा बढी खोप दस देशको नियन्त्रणमा रहेको बताए ।
“महामारीले हाम्रो मानव परिवार एकअर्कामा कति अन्तरनिर्भर रहेछौं भन्ने कुरा उजागर गरेको छ । साथै नागरिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र सामाजिक लगायत मानवअधिकारका पूर्ण आयाम पनि हामीले प्रत्यक्ष देख्यौँ ”, उनले भने ।
कोभिड–१९ ले पहिले नै विद्यमान विभाजन, कमजोरी र असमानतालाई अझ गहिरो बनाएको भन्दै गुटरेजले महामारीले महिला, अल्पसङ्ख्यक, अपाङ्गता भएका मानिस, शरणार्थी, आप्रवासी र आदिबासी समुदायलाई अझ बढी प्रभावित बनाएको बताए ।
“लैङ्गिक समानतामा प्रगति अझै वर्षौं धकेलिएको छ, दसकौँयता अति गरिबीको दर बढेको छ”, उनले भने ।
उनले मानव अधिकारको लागि कार्यदललाई आग्रह दोहो¥याउँदै जातिवाद, विभेद र जातीय घृणाका साथै लैङ्गिक असमानता न्यूनिकरण गर्न ध्यान दिनुपर्ने बताए ।
संरा सङ्घीय मानवअधिकार परिषद्को ४६ औं अधिवेशन आगामी मार्च २३ सम्म चल्ने बताइएको छ ।
Leave a Reply