शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
क्रान्तिको तयारीका निम्ति क्रान्तिकारी भावना जरुरी हुन्छ । त्यसरी नै क्रान्तिको उपलब्धि युग–युगसम्म जोगाइराख्न पुस्तौँपुस्तासम्म क्रान्तिकारी भावनाको निरन्तरता अपरिहार्य हुन्छ । नयाँ पुस्तालाई अग्रज पुस्ताको सङ्घर्ष, बलिदान र समर्पणको कथा सुनाउन आवश्यक हुन्छ । इतिहासका पानाहरूसँग नयाँ पुस्तालाई साक्षात्कार गराउन छुट्नु हुँदैन । अग्रज पुस्ताले दुःखका साथ रोपेको क्रान्तिको बिरुवालाई मलजल गर्नसक्ने अर्थात् हुर्काउने पुस्ताको तयारीविना क्रान्तिको उपलब्धि जोगाउने कुरा दुःस्वप्न हुन्छ । नयाँ पुस्तालाई युग सुहाउँदो मानिस बनाउनुका साथै वैचारिक तथा सैद्धान्तिकरूपमा खँदिलो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा जिज्ञासु, अध्ययनशील र क्रान्तिकारी भावनायुक्त मानिस बनाउनु नै क्रान्तिकारी उपलब्धि जोगाउने र समाजवाद निर्माण गर्ने पहिलो एवम् उत्तम उपाय हो । के क्रान्तिकारी भावनाको निरन्तरता सम्भव छ ? प्रजग कोरियाको क्रान्ति पछिको ७ दशकपछि पनि प्रजग कोरियामा समाजवाद निर्माणको कार्य द्रुत गतिमा अघि बढ्दै छ ।
प्रजग कोरियाली जनतामा भएको क्रान्तिकारी भावनाको निरन्तरता प्रमुख कारण हो भन्न सकिन्छ । प्रजग कोरियाली जनतासँग जापानी उपनिवेशवादले छोडेको विभाजनको घाउ आलै छ । दक्षिणमा अमेरिकी साम्राज्यवादले परेड खेलेको र उत्तरतिर केन्द्रित संरा अमेरिकाको युद्धपिपासु नीतिविरुद्ध प्रजग कोरियाली जनता सचेत छन् । उँचो क्रान्तिकारी भावनाका साथ साम्राज्यवादी देशहरूविरुद्ध वैचारिक, प्राविधिक तथा सांस्कृतिक उपायहरूबाट लड्दै समाजवादी बन्दोबस्त निर्माणमा अग्रसर छन् प्रजग कोरियाली जनता । नेता किम इल सङले रोप्नुभएको क्रान्तिकारी भावनाको बिउ नेता किम जङ इल हुँदै अहिले नेता किम जङ उनले हुर्काउँदै हुनुहुन्छ । महिलाहरूमा क्रान्तिकारी भावनालाई अझ बलियो र जीवन्त बनाउने नेतृ किम जङ सुकको क्रान्तिकारी भावनाको निरन्तरतामा छ ।
नेता किम इल सङलाई जापानविरोधी सङ्घर्षमा सहयोग गर्ने चिनियाँ क्रान्तिकारी चाङ वाई ह्वालाई चिनाउनुका साथै पुस्तिकाले दुई देशका जनताबीचको सम्बन्ध, क्रान्तिहरूबीचको मेलबारे प्रस्ट्याउँछ । त्यो सम्बन्ध पुस्तौँ–पुस्तासम्म अघि बढेको उल्लेख छ । चाङ वेई–ह्वाका नाति चाङ यू र नातिनी युचि युनको आँखाबाट नेता किम इल सङ र किम जङ इलको व्यक्तित्व बयान गरिएको छ । चीनको भूमिबाट पढ्नकै निम्ति त्योङ योङ सहरमा आएका ती नाति–नातिनाका नेता किम इल सङप्रतिको श्रद्धा, नेता किम इल सङको नाति–नातिनीप्रतिको प्रेम पुस्तिकामा झल्किन्छ । नेता किमको वात्सल्य प्रेम, क्रान्ति र क्रान्तिकारीहरूप्रतिको सम्मानलाई असाध्यै मार्मिक ढङ्गले पुस्तिकामा प्रस्तुत गरिएको छ । आफ्ना चिनियाँ क्रान्तिकारी मित्रको सम्मान र नाति पुस्तासम्म क्रान्तिकारी भावनाको निरन्तरताका लागि भएका असल व्यवहारहरू उल्लेख गरिएको छ ।
पुस्तकमा नेता किम जङ इलको सङ्क्षिप्त जीवन परिचय र व्यक्तित्व चर्चा छ । क्रान्तिका उत्तराधिकारी उनले नेता किम इल सङको जुच्छे विचारधारालाई अघि बढाउँदै देशलाई आर्थिक, कूटनीतिक र सैन्य मामिलामा अब्बल बनाउन विचारधारात्मक, प्राविधिक तथा सांस्कृतिक क्रान्तिलाई निरन्तरता दिनुभयो । देशको एकीकरणको लागि लड्नुका साथै समाजवादी बन्दोबस्तविरोधी र प्रतिक्रियावादी तत्वविरुद्ध उहाँले दृढतापूर्वक लड्नुभयो । समाजवाद विज्ञान हो भन्ने दृष्टान्त विश्वलाई देखाउन उहाँ सफल हुनुभयो । नेताप्रति जनता र विश्वका न्यायप्रेमी जनताको प्रेम पुस्तिकामा प्रस्तुत छ । नेता किम इल सङ भन्नुहुन्छ –“क्रान्तिकारीहरूले आफ्ना क्रान्तिकारी कर्तव्यलाई महत्व दिँदै आस्थापूर्वक ती कर्तव्य निर्वाह गर्नुपर्दछ । आफ्नो कर्तव्य निर्वाह गर्न नसक्नेहरूलाई क्रान्तिकारी भन्न मिल्दैन ।” जनताले नेताका यी शिक्षा ग्रहण गर्छन् र क्रान्तिकारी भावना अझ बलियो बनाउँछन् ।
नयाँ राष्ट्र निर्माणमा क्रान्तिकारी किम जङ सुकको भूमिकालाई पुस्तिकामा मिहिन चर्चा गरिएको छ । कलिलै उमेरमा क्रान्तिको बाटोमा लाग्नुभएका नेतृ सुकले देशको मुक्तिका लागि जीवन समर्पण गर्नुभयो । जापानी उपनिवेशबाट देश १९४५ मा मुक्त भएपनि अमेरिकी साम्राज्यवादले दक्षिण कोरियालाई आफ्नो मुठ्ठीमा पा¥यो । अमेरिकी साम्राज्यवादीहरूको संरक्षणमा जापान समर्थक, अमेरिका समर्थक, देशघाती र प्रतिक्रियावादीहरूले क्रान्तिकारी शक्तिहरूमा विभाजन ल्याउन हरसम्भव प्रयत्न गरे । त्यतिबेला क्रान्तिकारी पार्टी र क्रान्तिका निम्ति का. सुकले निर्वाह गर्नुभएको भूमिका बेजोडको थियो । जापानविरोधी सशस्त्र सङ्घर्षका दिनमा उहाँले कहिल्यै थकाइ मान्नुभएन । नेता किम इल सङको नयाँ देश निर्माणका निम्ति कारखाना, खेत–खलियान, गाउँ र बस्ती हुँदै देशको कुना–कुना पुग्न उहाँ सधैँ उत्साही रहनुहुन्थ्यो । पार्टीविरोधी, फुटपारुवा, प्रतिक्रान्तिकारी तत्वविरुद्ध उहाँले अन्तिम दमसम्म लड्नुभयो ।
उहाँले क्रान्तिका निम्ति गाउँ–गाउँ, बस्ती–बस्तीमा महिला गतिविधि थाल्नुभयो । प्रजग कोरियाली प्रजातान्त्रिक महिला सङ्घ गठन गर्नुभयो । देशको आधा जनसङ्ख्या महिला राजनीतिक एवम् वैचारिकरूपमा सचेत भई सङ्गठित भए क्रान्तिका निम्ति ठूलो र महत्वपूर्ण ऊर्जा हुने विश्वास सुकको थियो । क्रान्तिको समयमा जब गाउँहरूबाट युवा पुरुषहरू युद्ध मैदानमा उत्रे तब पार्टी गतिविधि, सङ्गठनको गतिविधि, कृषि व्यवसायमार्फत आर्थिक गतिविधि लगायत स–साना आर्थिक गतिविधिमा महिलाहरू सक्रिय बनेको र बस्ती–बस्ती, गाउँ–गाउँलाई महिलाले नेतृत्व गरेको इतिहास का. सुककै समर्पणले लेखेको हो भन्न सकिन्छ ।
समाजवाद निर्माणमा महिलाहरूको भूमिकाबारे पनि पुस्तिकाले बताउँछ । ३२ वर्षमै उहाँको असामयिक निधनले भने प्रजग कोरियाली क्रान्ति र निर्माणमा क्षति पु¥यायो । तर, उहाँको क्रान्तिकारी भावना र विचार आजका प्रजग कोरियाली महिलाहरू अनुसरण गर्दै छन् भनी पुस्तिकाले उत्साह थपेको छ ।
क्रान्तिकारी विचार बोक्ने जो–कोहीलाई यस पुस्तिकाले ऊर्जा दिने निश्चित छ । समग्रमा पुस्तिका पठनीय हुनुुका साथै उत्साहप्रद छ ।
Leave a Reply