एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
भक्तपुर, १३ फागुन । नेपाल सिकर्मी सङ्घको आयोजनामा ‘वर्तमान परिस्थितिमा सिकर्मी मजदुरको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले २०६८÷०६९ फर्निचर व्यवसायलाई भ्याटमा अनिवार्य दर्ता गराउने सरकारी नीतिको विरोधमा भक्तपुर सिकर्मी सङ्घले समयमै आवाज बुलन्द गरेको कारण साना फर्निचर व्यवसायलाई प्यानमा मात्र दर्ता गरे पुग्ने बनाइएको बताउनुभयो ।
साना व्यवसायीहरूले समेत भ्याटमा दर्ता गर्नुपर्दा फर्निचर व्यवसायीलाई समस्या परिरहेको तर्फ सम्बन्धित मन्त्रीलाई पटक–पटक ध्यानाकर्षण गरिएको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् आयोजक समितिका अध्यक्ष बिक्रम ढुकुछ्रूले वर्तमान अवस्थामा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा फर्निचर व्यवसायी मारमा परेको बताउनुभयो ।
५० लाखभन्दा कम कारोबार हुने फर्निचरको प्यानमा र सोभन्दा बढीको कारोबार गर्ने व्यवसायीलाई मात्र भ्याटमा दर्ता गराउँदा उपयुक्त हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष रामसुन्दर सुवाल, सचिव पुण्यराम न्हुछे, कोषाध्यक्ष सुनिल राजचल, सहसचिव श्रीप्रसाद लवजू, सदस्यहरू विष्णुसुन्दर देशेमरू, राजकृष्ण कोजू, कृष्णगोपाल चौगुठी, धन गोसाई, श्रीप्रसाद तुइतुई, लक्ष्मीनारायण लवजू, राजेश शिल्पकारलगायतले बोल्नुभएको थियो ।
Leave a Reply