भर्खरै :

“एमसीसी पारित गराउन प्रतिनिधिसभा पुनस्र्थापना भएको हो”

भक्तपुर, १३ फागुन । “एमसीसी पारित गराउनकै लागि प्रतिनिधिसभा पुनस्र्थापना भएको हो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेक्रायुसङ्घ र नेक्राविसङ्घ भनपा वडा नं. १ एकाइ समितिको संयुक्त आयोजनामा भएको कार्यकर्ता भेलामा राख्नुभएको थियो ।
नेमकिपाको ३१ औँ केन्द्रीय परिषद्का सन्देशहरू जानकारी गराउँदै उहाँले भन्नुभयो, “निष्पक्ष र धाँधलीरहित निर्वाचनको अप्रजातान्त्रिक तथा संविधानविरीतको तीन प्रतिशत मत सीमाको प्रावधान खारेज गर्नु आवश्यक छ ।”
नेमकिपा भनपा वडा नं. १ एकाइ समितिका इन्चार्ज लक्ष्मीनारायण राजलवटले नेमकिपा कामदार जनताको पार्टी भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का अध्यक्ष श्यामकृष्ण खत्री, लक्ष्मीसुन्दर सुवाल, प्रज्ज्वल खत्री र सोनी न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *