भर्खरै :

गरिबीविरूद्ध चीनको यात्रा

पेइचिङ, २५ फेब्रुअरी । संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देशमा निरपेक्ष गरिबी हट्नु इतिहास निर्माणभन्दा कम होइन ।
गरिबी निवारण मानव जातिको साझा र लामो समयदेखिको चुनौती हो । चीनमा १ अर्ब ४० करोड जनसङ्ख्या छ । चीनले विशेषतः सन् २०१२ यता यो चुनौतीको सामना गर्न अतुलनीय पहल गरेको छ ।
परिणामतः आठ वर्षमा चीनका १० करोड मानिस गरिबीबाट मुक्त भए । अनि चीनबाट निरपेक्ष गरिबी सधैँको लागि बिदा भएको छ ।
दस करोड मानिसको लागि यो परिवर्तन वास्तविक हो । एक जना बिरामी मानिसले उपचार पाएको छ । एक जना आमाले काम पाएकी छिन् । प्रतिकूलताको पहाडले घेरिएको परिवारले त्यो पहाड छिचोलेका छन् । विद्यालय जान विद्यार्थीले घण्टौं पहाडी बाटो हिँड्न नपर्ने भएको छ । जनताको सुधारिएको जीवनले आशा र सपनाको बिजारोपण भएको छ । गरिवीविरूद्धको लडाईंमा चीनले हासिल गरेको पूर्ण विजयमा उत्सव मनाउन बिहीबार आयोजित समारोहमा धेरै मानिस राष्ट्रिय सङ्कल्प, चरित्र र शक्तिमा आधारित महान् सङ्घर्षमा विजय हासिल, गरिबी निवारण, जनजीविकामा सुधार र साझा समृद्धि हासिल गर्न समाजवादी आदर्शबाट पे्ररित चिनियाँ कम्युनिस्ट पार्टीले गरिवीविरूद्धको लडाईंलाई उच्च नीतिगत लक्ष्य बनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पहलकदमी सरल र स्पष्ट प्रयोजनका साथ आएको छ – जनतालाई वास्तविक लाभ प्रदान गर । यो पहल न त राजनीतिक ख्यातिको लागि हो न त कुनै अर्को देशको प्रणाली वा शासनसँग लडाईं गर्न नै थालिएको हो ।

सन् २०१० मा प्रतिव्यक्ति वार्षिक आम्दानी २ हजार ३ सय युआनभन्दा कम भएका मानिसलाई गरिबीको रेखामुनि भनी चीनले निर्धारण गरेको थियो । खरिद क्षमताको आधारमा प्रतिदिन २.३ अमेरिकी डलर खर्च गर्ने क्षमता नभएको व्यक्तिलाई नै गरिब भनिएको थियो । विश्व बैङ्कले तय गरेको मापदण्डभन्दा यो उँचो मापदण्ड हो । विश्व बैङ्कले प्रतिदिन प्रतिव्यक्ति १.९ अमेरिकी डलरभन्दा कम मात्र खर्च गर्ने क्षमता भएको व्यक्तिलाई गरिबको परिभाषाभित्र राखेको छ । सन् २०२० सम्म आइपुग्दा वर्षको ४ हजार युआनभन्दा कममात्र आम्दानी भएको व्यक्तिलाई गरिब भनियो ।
सङ्ख्यात्मक लक्ष्त्न्दा अलग चीनले गरिब जनतालाई ‘दुई वटा वाचा’ (मनग्य खाना र मनग्य नाना) र ‘तीन सुनिश्चितता’ (अनिवार्य शिक्षा, आधारभूत स्वास्थ्य सेवा र सुरक्षित आवास) दिने प्रतिबद्धता व्यक्त ग¥यो । चीन सरकारले गुणस्तरीय र स्तरीय गरिबी निवारण कार्य सुनिश्चित गर्न कडा अनुगमन कार्यमा कुनै सम्झौता गरेन ।
विश्व बैङ्कले बितेका चालीस वर्षमा विश्वव्यापी गरिबी निवारणमा चीनले ७० प्रतिशत योगदान गरेको देखाएको छ ।
बितेका आठ वर्षमा चिनियाँ राष्ट्रपति सि चिनफिङको लगातारको चासो र घच्घचाहटले गरिबीविरूद्धको लडाईंले गति लिन सक्यो । उहाँकै नेतृत्वमा चिनियाँ जीवनका सबै क्षेत्रमा गरिबीविरूद्धको अभियानले प्रभाव देखायो । त्यसमा पनि गरिबी न्यूनीकरण सर्वसहमत र लगातारको कार्ययोजनाभित्र परिरह्यो ।
गरिबी निवारणको लागि विवेक र माध्यमको अनुसन्धान गर्दै चीनले गरिबीसँगको लडाईंमा धेरै ठूलो अनुभवको भण्डार जम्मा गर्न सफलता प्राप्त गरेको छ ।
चीनले लक्षित गरिबी निवारणको तथ्याङ्क चुस्त ढङ्गले बनाउन सफल भएको छ । विभिन्न परिवेश र परिस्थितिका जनतालाई गरिबीविरूद्ध अनुकूल उपाय दिन पनि चीन सफल छ । परिस्थितिअनुसारको लचकता र कौशलका साथ किसानहरूले नयाँ बाली लगाए र नयाँथरी बस्तुभाउ पाले । जनपरिचालनसहित तीस लाख ‘प्रथम सचिव’ र कार्यकर्ताहरूलाई गाउँ गाउँमा परिचालन गरियो । उनीहरूको लक्ष्य गरिबीलाई सधैँको लागि धपाउनु हो । सरकार र निजी दुवै क्षेत्रले गरिबी निवारण परियोजनालाई काँध थपे । सरकारको ठूलो बजेट लगानीले सडक र पुलपुलेसा बनाउन सम्भव भयो । ९६ लाख जनतालाई अस्पतालको सहज पहुँच भएको क्षेत्रमा स्थानान्तरण गरियो । उचित अनुगमन संयन्त्रले गरिब निवारणको लक्षित परिणाम दिने सुनिश्चत गरेको थियो ।
चीनमा एउटा पुरानो भनाइ छ–“तिमीले एक जना मानिसलाई माछा दिए, उसको एक दिनको भोक मेटिन्छ । तिमीले यदि उसलाई माछा मार्न सिकायौ भने उसको जीवनभरको भोक मेटिनेछ ।” बाह्य सहायतासँगै चीनले गरिब जनतालाई आत्मनिर्भरतामार्फत् गरिबीबाट उम्कने उपाय पनि सिकाउने नीति लिएको छ । शिल्प र कौशल विकासको लागि तालिम कार्यक्रमहरूलाई जोड दिइएको छ । अनुदानको सट्टा रोजगारी दिने नीतिलाई जोड दिइयो । यसप्रकार गरिबी निवारण कार्यक्रममा गरिबलाई नै संलग्न बनाइयो ।
निरपेक्ष गरिबी र क्षेत्रीय गरिबीमाथिको विजयले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवादको सामथ्र्यबारे धेरै कुरा भन्छ ।
चीनले गरिबी निवारणमा एक तहको सफलता हासिल गरेको छ । तर, यही नै अन्त्य भने पनि होइन । चीन संसारकै सबभन्दा ठूलो विकासशील देश हो । अझै पनि चीन असन्तुलित र अपुग विकासको कारण निम्तिएका समस्या सामना गरिरहेको छ । निरपेक्ष गरिबी उन्मूलन एउटा नयाँ प्रस्थानबिन्दु हो । चीनले गरिबी निवारण र ग्रामीण जागरणमा प्राप्त उपलब्धिलाई बलियो बनाउने बन्दोबस्त गरिरहेको छ ।
संसारमा अझै पनि ७० करोड मानिस चरम गरिबीको रेखामुनि छन् । धेरै देशमा धनी र गरिबबीचको खाडल अझ फराकिलो बन्दै छ । यस्तो परिस्थितिमा चीनले हासिल गरेको विजय उत्साहको सङ्केत हो । यसले विश्वव्यापी गरिबी न्यूनीकरणको गतिलाई तीब्र बनाएको छ । तसर्थ, गरिबी निवारणमा विश्व जनमतको आत्मविश्वास बढाएको छ ।
चीनले आफ्नो घरमा गरिबीको उपचार गर्दै गर्दा अन्य विकासशील देशको गरिबी निवारणमा पनि सक्रियतापूर्वक मद्दत गर्दैआएको छ । चीन बेल्ट एन्ड रोड परियोजनाजस्ता सहायता र पहलमार्फत् अरू देशलाई अवसर र पुँजी सिर्जनामा मद्दत गर्न प्रतिबद्ध छ ।
सबै बाटो रोमतिर फर्केको छ । कुनै पनि देशले आँखा चिम्लेर अरूका कदमको नक्कल गर्नुहुन्न । तर, चीनको विजयले गरिबी निवारणमा कम्तीमा आशा जगाएको छ । संसारलाई एउटा आधार प्रदान गरेको छ । विशेषतः विकासशील र अल्पविकसित देशहरूलाई चीनले आशा र आधार दिएको छ । योजना र कार्यान्वयनको सन्दर्भमा चीनको समग्र अवधारणा अरू देशको लागि पनि उपयोगी हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *