भर्खरै :

देश अन्धकारतर्फ !

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको सिफारिसमा पुस ५ गते गरेको संसद् विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाले फागुन ११ गते बदर गरेलगत्तै चितवनमा पनि दाहाल नेपालका समूहले विजय जुलुस ग¥यो । कार्यक्रमको लागि भरतपुर नारायणगढका स्कूल कलेजहरूको गेट अगाडि सिटी बस गाडीहरू तेर्साएर विद्यार्थीलाई कार्यक्रममा लगियो ।
माघ १७ गते भरतपुरको बसपार्कमा नेकपा ओली पक्षका स्वयम् प्रम केपी ओली, प्रभु साह, रामबहादुर थापालगायत केन्द्रीय नेताहरूले दाहाल–नेपाल पक्षका जनप्रतिनिधि र नेताहरूको खिल्ली उडाएर गएका थिए । त्यसै स्थानमा राखिएको ‘विजयसभा’ दाहाल–नेपाल समूहका सुरेन्द्र पाण्डे, नारायण दाहाललगायतले ओली पक्षको झाँको झार्ने गरेका थिए । खासमा त्यो कार्यक्रम मान्छेको भीड देखाउने र बदलाको हिसाबमा भएको भनी सचेत नागरिकलाई बुझ्न गाह्रो थिएन । हिजो भरतपुरमा आएर ओलीले तपाईँहरूको मेयर कार्यक्रममा नआएर पिकनिक खान गएको होला भन्ने कुराको जवाफमा मेयर रेणु दाहालले आफू जनताको काम गर्नमै फुर्सद नभएको हास्यास्पद जवाफ फर्काएका थिए ।
संसद् विघटनदेखि संसद् पुनःस्थापनासम्मको घटनालाई नियाल्ने हो भने ओली, दाहाल र नेपालको आरोप–प्रत्यारोपको नेकपाभित्रको ‘घरझगडा’ भन्दा जनताले अरू केही बुझ्न पाएनन् । अतः ओली र दाहालको उक्साहटमा कार्यकर्ताबीच कुटाकुटसम्म भयो । जनताले सास्ती खेपे र त्रसित हुनुप¥यो । नानाथरी, असभ्य गालीगलौजको ‘हानाहान भयो ।
कार्यक्रममा उपस्थित गराइएका युवा, विद्यार्थीमा राजनैतिक शिक्षा, राजनैतिक दृष्टिकोण, सिद्धान्त र विचारको कुराभन्दा अराजक भीडभाड, असभ्य र उक्साहटपूर्ण भाषाहरूले नराम्रो प्रभाव अवश्य नै पारेको छ । सत्तासीन दलका नेताहरू पद र व्यक्तिगत स्वार्थको निम्ति लागिपर्दा देशको भविष्य भने अन्धकारतर्फ धकेलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *