भर्खरै :

वरिष्ठको ‘बौद्धिक’ दरिद्रता

लोकतन्त्र सशक्तीकरणका लागि राजनीतिक जवाफदेहिता, राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक कार्यक्रममा वक्ताको रूपमा उपस्थित वरिष्ठ अधिवक्ता स्वयंले राजनीतिक जवाफदेहिता र लोकतन्त्रको विपक्षमा आवाज राख्दा सहभागीहरूले वक्ताले वैचारिक दरिद्रता प्रस्तुत भएको टिप्पणी गरेका छन् ।
शुक्रबार नेपाल बार एसोसिएसन भक्तपुरको आयोजनामा भएको संवाद कार्यक्रममा वरिष्ठ अधिवक्ता बाबुराजा जोशीको मन्तव्यले उनी स्वयं लोकतन्त्रको विषयमा अनभिज्ञ रहेको हो वा कसैलाई होच्याउने उनको जीवन पद्धति ? जिज्ञासा उत्पन्न भएको छ ।
प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन कानुनी र राजनीतिक हिसाबले हेर्नुपर्ने कतिपय बौद्धिक जमातको ठम्याइ रहँदै आएको छ । तर, राजनीतिक दलका नेताहरूले कानुनको कुरामात्र होइन राजनीतिक विषयलाई महत्वपूर्ण ठान्ने कुरा वरिष्ठ अधिवक्तालाई थाहा नभएको हो वा दरिद्र मानसिकता हो ? खुल्दुली भएको छ ।
प्रधानमन्त्रीले गरेको संसद् विघटनबारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको टिप्पणीबारे बोल्ने जोशीले नारायणमान बिजुक्छेँलाई होच्याउने प्रवृत्ति कसरी लोकतान्त्रिक हुनसक्छ ?
कसैले बोलेको कुरा आप्mनो विचारसँग मेल नखाँदैमा होच्याउने उनको शैली लोकतान्त्रिक हुनैसक्दैन । निर्वाचनमा एक वा दुई सीटमात्र कसैले जित्दैमा एकसिटे भन्नु उनको बौद्धिक दरिद्रता नभए के हो ? पुँजीवादी निर्वाचनमा पैसाको बलमा चुनाव जितेका शासक दलहरूले सिद्धान्त र नैतिकताको आधारमा चुनाव लड्ने दलसँग किमार्थ प्रतिस्पर्धा गर्न सक्ंदैनन् । त्यसैले उक्त कार्यक्रममा व्यक्त उनको अभिव्यक्ति कानुनी क्षेत्रमा उनले हासिल गरेको पदसँग कदापि मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *