आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
भक्तपुर, २ असार । नेमकिपा ४ नं वडा परिचालन समितिको आयोजनामा शुक्रबार भीमसेनस्थानमा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले नेमकिपाका सम्पूर्ण कार्यकर्ताहरूले शोषणविरूद्ध सङ्घर्षशील भावनाले काम गर्नुपर्ने र विरोधीहरूको अनेक किसिमका जालझेलबाट जोगिन पार्टीको सिद्धान्त र नीति निर्देशनबमोजिम सचेत भइ जनताको सेवामा लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
नपाका जाँचकीहरूले टोलटोलमा गई नक्सा पास भए नभएको राम्रोसित अवलोकन गरी जनतालाई सही ढङ्गले निर्माण कार्य सम्पन्न गर्न सघाउनुपर्ने उहाँले बताउनुभयो ।
हरेक ब्यक्तिले नक्सा पास गराइसकेपछि मात्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने, नपाले तालिम र रोजगारीको अवसर सिर्जना गर्न सके नयाँ पिंढींलाई थप उत्साहित तुल्याउन सकिने धारणा व्यक्त गर्दै अध्यक्ष रोहितले सबैले कानुनी विषयमा जानकारी राख्न सके अगाडि बढ्नसक्ने बताउनुभयो ।
भनपाका मेयर सुनिल प्रजापतिले जनतालाई दिइँदै आएको हरेक वचन पूरा गर्दै आइरहेको हुनाले स्थानीय चुनावमा भनपामा नेमकिपाले अत्यधिक मतले विजयी भएको बताउँदै जनताको दैनिक सरोकारको विषय खानेपानीको बन्दोबस्त, ढल निकासको उचित प्रबन्ध, नक्सापास आदि विषयमा प्रभावकारी कार्यान्वयनको लागि सम्बन्धित निकायसित आवश्यक छलफल तथा अन्तरक्रिया भइरहेको जानकारी बताउनुभयो ।
उहाँले नियमविपरित कार्य गर्ने हरेक व्यक्तिले कानुनबमोजिम जरिवाना तिर्नपर्नेु बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समिति कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले सैद्धान्तिक मतलाई पैसा, लोभ लालचले किन्न नसकिने हुनाले नेमकिपाका कार्यकर्ताहरूले निरन्तर सङ्घर्षलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा ४ नं वडा निर्वाचन परिचालन समितिका संयोजक पशुपति प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निर्वाचित वडाध्यक्ष कुमार चवाल, परिचालन समिति सदस्य उपेन्द्र सुवाल, सचिव हरिसुन्दर सुवाललगायतले स्थानीय तहको निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मतले जिताउन अमूल्य सहयोग गर्ने सम्पूर्ण वडावासीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
Leave a Reply