भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – १०

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ (ल्भहत त्य क्तबष्लि ल्यतभक या ब् द्ययमथनगबचम) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
सोभियत गृहमा स्तालिनको शव राखिएको थियो । अन्तिम संस्कारमा सहभागी बनेका चेकोस्लोभाक सरकारका प्रमुख गोटवाल्डले सुक्सुकाउँदै भोरोशिलोभलाई सोधे, “तपाईँहरूले स्तालिनलाई कसरी बचाउन सक्नुभएन ?”
“हामी सबैजनाले क्रेमलिनमा एउटा चलचित्र हेरेका थियौं । स्तालिन स्वस्थ र खुसी नै हुनुहुन्थ्यो । चलचित्र हेरिसकेर हामी सबै घर फर्कियौँ ।…”, भोरोशिलोभले जवाफ दिए ।
हो, यो सही थियो । मार्सल भोरोशिलोभले त्यही कुरा दोहो¥याए जे कुरा उनलाई बेरियाले भनेका थिए । त्यही बेला भोरोशिलोभले स्तालिनको छात्तीमा ‘सोभियत सङ्घका नायक’ को पदक लगाइदिए । ‘सोभियत सङ्घका नायक’ त्यही पदक हो जुन पदक स्तालिनले आफूले लिन अस्वीकार गर्नुभएको थियो । आफ्नो सट्टा त्यो पदक लडाइँमा बहादुरी प्रदर्शन गर्ने सिपाहींहरूलाई दिनुपर्ने उहाँले भन्नुभएको थियो ।
स्तालिनको सन्देहास्पद निधनबारे पहिलोपटक बोल्ने व्यक्ति स्तालिनकै छोरा भासिली स्तालिन थिए । त्यसपछि स्तालिनको निधन कसरी भयो भन्ने विषयमा अनेकथरी हल्लाहरू प्रचार गरियो । जेभी स्तालिनको निधन भएको पचास वर्ष बितिसकेको छ । यद्यपि कतिपय ती हल्लाहरू आज पनि चलिरहेकै छन् ।
स्तालिनलाई बेरियाले विष खुवाएको पनि भनिन्छ । (ए.एभ्टोख्रानोभ, रिडल अफ स्तालिनस डेथ.न्यु टाइम्स, १९९१, नं.५, पृष्ठ.२२५)
म यो भनाइसँग सहमत छु किनभने यो नै सत्य हुनुपर्छ । बेरिया जे पनि गर्न सक्थे । मेरो ‘हाकिम’ को हैसियतमा उनले मलाई र अरू मेरा सहकर्मीहरूलाई निकै हतोत्साहित बनाए । उनी बाँचेका भए हामी सबैको हालत के हुने थियो, कसलाई के थाहा ? मलाई लाग्छ, उनले के गर्ने थिए जो कोहीले पनि अनुमान गर्न सक्छन् ।
म अलि फर्केर बेरिया को थिए, उनको चरित्र कस्तो थियो र उनको जीवनको महत्वाकाङ्क्षा के थियो भन्नेबारे चर्चा गर्न चाहन्छु ।
बेरियालाई मैले सन् १९३७ को सेप्टेम्बरमा पहिलोपटक भेटेको थिएँ । म त्यत्तिबेला मिकोयानसँग एरेभानमा थिएँ । मालेन्कोभ र बेरियाले त्यत्तिबेला आर्मेनियाको सिङ्गो पार्टी नेतृत्वलाई कारबाही गरेका थिए । त्यहाँको पार्टी नेतृत्वले पृथकतावादी मनसाय राखेको भनी कारबाही चलाइएको थियो । त्यसपछि एझोभको ठाउँ बेरियाले हात पारे । बेरिया कसरी मस्को आए भन्ने कुरा सोध्न जरुरी छ । बेरियालाई मस्कोमा आउन स्तालिनले नै मद्दत गरेको पनि भनिन्छ । यो कुरा सत्य होइन ¤ स्तालिन आफू जर्जियाली भए पनि उनी जर्जियालीहरूप्रति त्यत्ति हार्दिक हुनुहुन्थेन । मालेन्कोभ लुकेका अपराधी थिए जो जसोतसो सोभियत सङ्घको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा घुुसे ।
बेरियाले तत्कालै आफ्नो मन्त्रालयका सबै अधिकारीलाई फेरे । तिनीहरूको सट्टामा आफ्ना पिछलग्गु र अन्धभक्तहरू भर्ती गरे । सुरुका बोल्शेविकहरू जस्तै पाउकर, भोलोविच, दगेना, कुस्र्क, जिन्ट्सेलमाथि उनले झुटा दोष लगाए । उनीहरूको सट्टा उनले इग्नातोश्भिली, कपनत्ज, गुल्स्ट र सार्कीसोभलाई जिम्मेवारी दिए । मेरा हाकिम कबुलोभ बेरियाकै पिछलग्गु थिए । बेरिया कहिल्यै पनि हामी रुसीहरूलाई वास्ता गर्दैनथे । पहिलो चरणमै उनले सबै रुसीहरूको सट्टा जर्जियाली र ककेससका अन्य समुदायका मानिसहरूलाई जिम्मेवारी दिएका थिए ।
स्तालिनको अङ्गरक्षकको मामिलामा मेनझन्स्की, यगोदा वा एझोभले हस्तक्षेप नगरेको भए बेरियाले स्तालिनप्रति इमानदार अङ्गरक्षकहरू जस्तै भ्लासिक र रुमैनत्सेभलाई पनि पदच्युत गर्न सबै प्रयास गरेका थिए । तर, हामीले भुइँ छोडेनौँ । त्यही भएर बेरियाले हाम्रो ठाउँमा आफ्ना पिछलग्गुहरू भर्ती गर्न सकेनन् । त्यसो हुनुको कारण बेरियाप्रति स्तालिनको सन्देह थियो । एकपल्ट स्तालिनले बेरियाको विरोधमा रिसाएर बोलेको कुरा मलाई सम्झना छ । स्तालिनले बेरियाको विषयमा भन्नुभएको थियो, “म आफ्नो विषयमा विचार गर्न आफैँ सक्षम छु । मलाई तिम्रो सहायता चाहिएन !”
पोलिटव्युरोको बैठक साताको एकपल्ट हुन्थ्यो । पोलिटव्युरोका सदस्यहरूका गाडी डाचा वरपर पार्किङ गरिएको हुन्थ्यो । डाचामा कारहरू राख्न कुनै ग्यारेज थिएन । एक दिन बेरिया त्यहाँ देखिएनन् । स्तालिनले सोध्नुभयो, “आज बेरिया किन आउनुभएन ?”
“उहाँलाई गाडीभित्र बस्दा रुघा लागेकोले आउनुभएन ।”
आफ्ना सहकर्मीहरूलाई खुसी बनाउन सधैँ तत्पर रहनुहुने स्तालिनले त्यसपछि डाचामा ग्यारेज बनाउन निर्देशन दिनुभयो । तै पनि अर्कोपल्ट बेरिया आएनन् । उनले अरूका कार राख्न ग्यारेज बनाउन आफूले नभनेको भन्दै भ्लासिकलाई उल्टो ग्यारेज बनाउन फजुल खर्च गरेको भनी झपारे । बेरिया सधैँ रहस्यमय ढङ्गले काम गर्थे र स्तालिनप्रति इमानदार मानिसहरूलाई सधैँ खेदो खन्थे । हामी सबैलाई बेरियाको बानी व्यवहार थाहा थियो र त्यही भएर हामी उनलाई मन पराउँदैनथ्यौँ । उनी दोहोरो चरित्रका जालसाझी थिए ।
स्तालिनका सहयोगी र अङ्गरक्षकहरूका वफादारिता र समर्पणभावबारे कसरी व्याख्या गर्न सकिन्छ ? मैले स्तालिनको मानवीय भावनाबारे अघि नै उल्लेख गरिसकेँ । त्यसबाहेक पनि उहाँ उच्च सांस्कृतिक स्तरको व्यक्ति हुनुहुन्थ्यो । उहाँले कहिल्यै कसैलाई हपार्नुभएन । कहिल्यै रिसाएर बोल्नुभएन । सधैँ मसिनो आवाजमा बोल्नुहुन्थ्यो । तर, बोल्दा पूर्ण जिम्मेवारीका साथ बोल्नुहुन्थ्यो । उहाँको जिम्मेवारी भावप्रति कसैले प्रश्न गर्न सक्दैनथ्यो । उहाँ सधैँ रसिक हाँस्यव्यङ्ग्य(जोक) गर्न मन पराउनुहुन्थ्यो । अनि आफूलाई भेट्न आएका मानिसलाई खुशी तुलाउन रुचाउनु हुन्थ्यो । उहाँ सामान्यतः चिताएभन्दा निकै फरक हुनुहुन्थ्यो । उहाँका आवश्यकता सामान्य मात्र हुन्थे । उहाँ सधैँ हाम्रा व्यक्तिगत समस्या अथवा हामीले भोगिरहेको हुन सक्ने कुनै पनि समस्याबारे चासो राख्नुहुन्थ्यो । तुकोभ आफ्नी श्रीमती र हुर्केकी छोरीसँग एउटै कोठामा कोचिएर अप्ठ्यारो अवस्थामा बस्ने गरेको थाहा पाएपछि स्तालिनले उनीहरूलाई दुईकोठे घरमा बस्न बन्दोबस्त गर्न मद्दत गर्नुभएको थियो । हामीले सधैं उहाँलाई निकै इमानदार र सही व्यवहार गरेको देख्यौँ । उहाँ सोभियत सरकारका धेरै सदस्यहरूभन्दा निकै फरक खालको हुनुहुन्थ्यो ।
बेरिया ज्यादै रिसाहा खालका मानिस थिए । कसैलाई जिम्मेवारीबाट मुक्त गर्न वा गिरफ्तार गर्नु छ भने बेरिया झिनामसिना कुरा पनि उधिन्ने प्रयास गर्थे । स्तालिनलाई हतास बनाउन वा चिढाउन नै यस्ता काम हुने गथ्र्यो । कतिबेला यस्ता काम खुलाखुला चिढाउने खालका हुन्थे । एकपल्ट स्तालिन डाचाबाट बाहिर रहँदा बेरियाले आफ्ना निजी सचिवालय लिएर आएर स्तालिनको कार्यकक्षमा खोजीनीति गर्न थाले । कार्यकक्षमा रहेका कागजपत्र र दस्तावेजहरू ओल्टाइपल्टाइ गर्न थाले । त्यस्तै एउटा ‘खोजीनीति’ पछि स्तालिनको एउटा ट्रान्जिस्टर रेडियो हराएको थियो । तर, त्यसको शङ्का र दोष भने स्तालिनका अङ्गरक्षकहरूमाथि थोपरियो । पूरा कार्यकक्ष र सबैतिर खोजबिन भयो । अहँ ट्रान्जिस्टर भेटिएन । पछि सुरक्षाकर्मी कुजिनले हिउँ पन्छाउँदै गर्दा त्यो ट्रान्जिस्टर फेला प¥यो । यस्तो काम कसले गरेको हुनसक्थ्यो ? स्तालिन र सोभियत सङ्घका पर्दा पछाडि लुकेका शत्रु बेरिया र उनको गुटले मात्र त्यसो गर्न सम्भव थियो ¤
एकपल्ट डाचामा तैनाथ सुरक्षाकर्मीलाई फोन आयो । फोन गर्ने मान्छेले स्तालिनको कुर्सीमुनि माइन बम भएको जानकारी दियो । स्तालिनको सुरक्षामा दिनको चौबीसै घण्टा निजी अङ्गरक्षकहरू तैनाथ रहने ठाउँमा कसले विस्फोटक पदार्थ राखेको हुनसक्छ ? हामीलाई फोनबाट प्राप्त सूचनाको पत्यार लागेन । तै पनि हामीभित्र पस्यौं र खोजबिन ग¥यौँ । पक्कै पनि त्यो झूटो सूचना थियो । हाम्रो चालामाला देखेर स्तालिनले सोध्नुभयो, “तपाईँहरू के गरिरहनुभएको ?”
“क्रेमलिनमा एक जना साथीले फोन गर्नुभएको थियो”, फोनबाट प्राप्त सूचनाबारे जानकारी दिँदै हामीले भन्यौँ ।
“लौ तपाईँहरू पनि यस्ता दन्त्यकथाको पछि लाग्नुभएको ?”, हाँस्दै स्तालिनले भन्नुभयो, “क्या हास्यास्पद कुरा !”
हो, त्यो कुरा स्तालिनको लागि रमाइलो नै हुनसक्छ । तर, तुकोभको लागि होइन । तुकोभ आफैले फोन उठाएका थिए, उनलाई कसले फोन गरेको थियो भन्ने थाहा थियो । तथापि, उनले प्रमाणित गर्न सकेका थिएनन् । यस्ता खलबल र उत्तेजना अरू कसले पो निम्त्याउन सक्थ्यो र ¤
त्यस्तै अर्को एउटा उत्तेजनात्मक घटना । इटालीबाट प्राप्त एउटा अज्ञात चिट्ठीमा लेखिएको थियो, “कमरेड स्तालिन । तपार्इँ चढ्ने गाडीको हुडमुनि विस्फोटक पदार्थ जडान गरिएको छ ।” हामीले तुरुन्तै गएर हे¥यौँ । त्यहाँ त्यस्तो केही थिएन । इटालीबाटै अर्को एउटा पत्र आयो । त्यसमा लेखिएको थियो, “कमरेड स्तालिन । तपाईँको जीवनशैली निकै महँगो खालको छ ।… सरकारी पैसा खर्च गरेर यस्तो सौखपूर्ण जीवनशैली ¤”
त्यो पत्र पढेपछि स्तालिनले मालेन्कोभको नेतृत्वमा आफ्नो आर्थिक प्रबन्धबारे हेरविचार गर्न एउटा आयोग गठन गर्ने निर्णय गरे । त्यो आयोगले डाचामा खर्च हुने सरकारी पैसाबारे सबै लेखाजोखा ग¥यो । मालेन्कोभले आयोगको प्रतिवेदनमा हस्ताक्षर गर्न ओर्लोभसमक्ष पेश गरे । ओर्लोभले त्यसमा हस्ताक्षर गर्न मानेनन् ।
स्तालिन थोरैमात्र खानुहुन्थ्यो । आकलझुकलमात्र पिउनुहुन्थ्यो । कडा रक्सी त कहिल्यै पिउनुहुन्नथ्यो । ‘सिनानडली’को एउटा बोटेल पनि उनलाई दुई साताको लागि पुग्थ्यो । स्तालिनको नाममा बिल चढाएर मोजमस्ती गर्ने बेरियाकै प्रभावमा रहेको स्तालिनका ‘मित्रहरू’ नै यसका साक्षी थिए । स्तालिनको नाममा सबभन्दा बढी भोड्काको बिल चढाइएको थियो । यस्तो प्रतिवेदन पढेपछि ओर्लोभ आफू बसेको कुर्सीबाट जुरुक्क उठेर मालेन्कोभलाई झपारे, “निस्की यहाँबाट । बेवकुफ !”
डाचामा पोलिटव्युरो बैठक हुँदा बेरिया सधैँ आफ्नो लागि एउटा ठुलो भाँडोमा आफै खाना बोकेर आउँथे । स्तालिन सधैँ पाहुना सत्कार गर्ने जिम्मेवारी पूरा गर्नुहुन्थ्यो । सोभियत सङ्घले केही आर्थिक लक्ष्य हासिल गरेको अवसरमा स्तालिनले कमरेड लोज्गाचेभलाई अर्को चरणको खानाको बन्दोबस्त गर्न अ¥हाउनुभयो । खानामा पुग्दो माछा थिएन । स्तालिनले कुम हल्लाउँदै भन्नुभयो, “नपुगे भै गो । कोही पनि भोकै छैनन् ।”
तत्क्षण बेरियाले पाइपको सर्को तान्दै सगौरव माछा आफूले बन्दोबस्त गर्ने बताए । उनले लेनिनग्राडबाट ल्याइएको माछा भन्दै डाचामा माछा ल्याउन मान्छे पठाए ।
सोलोभोभले त्यहाँ जिम्मेवारीमा खटिएका चिकित्सकलाई ती माछाको परीक्षण गर्न भने । चिकित्सकले परीक्षण गर्दा बेरियाको निर्देशनमा ल्याएका माछा सेतो कुहिएको मासुले छोपिएको भेटाए । त्यो सब देखेपछि स्तालिनले सबै माछा फाल्न भन्नुभयो । अनि बेरियातिर फर्केर भन्नुभयो, “यो बेकामको मान्छेलाई विश्वास गर्न सकिन्न ।”
अर्कोपल्टको एउटा पोलिटव्युरो बैठकमा स्तालिनले त्यहाँ ल्याइएका कागती किन साना साना भनी सोध्नुभयो ।
“कमरेड स्तालिन, हामीसँग यीभन्दा ठूला कागती भण्डारकक्षमा अहिले छैन ।”
“ठूला जति उनीहरू आफै खान्छन्”, बेरियाले बीचमा प्वाक्क बोेले ।
कल्पना गर्नुस् त, त्यस्तो सन्देहास्पद ठाउँमा हामी बसेका थियौँ । अर्को एकपल्ट नासपातीको सन्दर्भमा पनि त्यस्तै एउटा घटना भएको थियो । स्तालिनलाई कडा खालको नासपाती दाँतले टोक्न गा¥हो थियो । उहाँले लोज्गाचेभलाई सोध्नुभयो, “नरम खालका नासपाती छैनन् ?”
“हामीसँग यस्तै नासपातीमात्र छन्, कमरेड स्तालिन ।”
“मेरो भण्डारमा नरम खालका नासपातीहरू छन्”, बेरियाले यो पल्ट पनि धाँक लगाए ।
“जानुस् त बेरियाको भण्डारमा गएर केही नरम नासपाती लिएर आउनुहोस् ।”
केही सहयोगीहरू बेरियाको आवासमा गए ।
पोलिटव्युरो सदस्यहरू खाजा खाँदै थिए । बेरियाको आवासबाट ल्याइएका नासपाती टेबुलमा पस्कियो । तर, ती नासपातीहरू अघिका जत्तिकै नै कडा खालका थिए । कडा नासपाती देखेर बेरियातिर हेर्दै स्तालिनले टाउको हल्लाउँदै भन्नुभयो, “बकमफुसे मान्छे ¤ फेरि झूट बोल्यो ।”
“मैले त मसँग भएका नासपाती केही नरम होला भन्ठानेको थिएँ”, असजिलो मान्दै बठ्याइँपूर्वक चुक्लीबाज बेरियाले भने ।
‘न्यु एफोन’ मा स्तालिनले सहकारी र सरकारी कृषिका समस्याबारे छलफल गर्न एउटा बैठकको आयोजना गर्नुभएको थियो । बेरियाले त्यहाँ रुसी र युक्रेनी विज्ञहरूमाझ आफ्नो पाखेपना र अन्धराष्ट्रवाद प्रदर्शन गरेका थिए । उनले त्यहाँ चर्को चर्को स्वरमा जर्जियाली भाषामा भाषण गरेका थिए । जब कि त्यो बैठकमा स्तालिनबाहेक कसैलाई पनि जर्जियाली भाषा आउँदैनथ्यो । यस्तो चालामाला देखेर स्तालिनले भन्नुभएको थियो,“यी कमरेडहरूले थाहा नहुने मसँग के गोप्य कुरा थियो र ? यो कस्तो खालको नौटङ्की हो ? सबैले बुझ्ने र जान्ने भाषा बोल्नुस् न ।”
सोमत नभएका बेरियाले स्तालिनका आँखामा मात्र हेरे । उहाँले भन्नुभएको कुरा उनले बुझ्दै बुझेनन् सायद । त्यही भएर उनी आफ्नै धुनमा पहिले जस्तै बोलिरहे । स्तालित आजित भएर तत्काल भाषण बन्द गर्न नभनेसम्म उनले बोल्न छोडेनन् ¤ हेर्नोस् हामी कस्तो त्रासबीच काम गर्दा रहछौँ । एकपल्ट मैले ख्रुश्तालेभलाई हिम्मत जुटाएर सोधेको थिएँ, “भानिया, त्यो बेरियाले कसको प्रतिनिधित्व गर्छन् र उनको जीवनको लक्ष्य के हो ? उनी किन स्तालिनका अङ्गरक्षकहरू विशेषतः रुसीहरूमाथि किन यसरी खनिने गरेका छन् ?”
“मेरो बुझाइमा यो पहिलो वर्गको शोषक र पटमूर्ख हुन्”, उनले जवाफमा भने ।
उनी पक्कै पनि शोषक थिए । तर मूर्ख भने होइनन् । एक जना मूर्खले मालेन्कोभ, खु्रश्चेभ, कागानोवीच वा बुल्गानिनलाई मूर्ख बनाउन सक्दैनथे । स्तालिनप्रति कस्तो शक्ति र घृणाको सम्बन्ध ¤ स्तालिन अघि हुँदा उनकै जुत्ताको तुलवा नै चाटुँला जस्तै गर्ने अनि स्तालिन अगाडि नहुँदा लगत्तै उहाँको खेदो गर्ने, षड्यन्त्रको तानाबाना बुन्ने, (स्तालिनको सुरक्षाका प्रमुख) लाई धम्काउने, मालेन्कोभलाई आफ्नो गाडीमा लिएर गएर जाँडरक्सी खाने, मोजमस्ती गर्ने–बेरिया त्यस्ता मान्छे थिए । यी सबै कुराले बेरिया आफूले आफूलाई ‘ईश्वरीय शक्तिका मालिक’ सोच्ने गरेको देखाउँथ्यो ।
एउटा मैत्रीपूर्ण भेटघाट कार्यक्रममा एक जना महिलाले खात नजिकै झुण्ड्याइएको स्तालिनको तस्वीर हेर्दै थिइन् । त्यहीँ बेरियाले तिनलाई सोधे, “किन उनलाई हेरिरहेकी ? यो देशको मालिक उनी होइनन्, म हुँ ।”
त्यही भएर मोलोतोभ बाठा थिए । मालेन्कोभ र ख्रुश्चेभलाई उनले एक पटक भनेका थिए, “तिमीहरू अधर्मी र मूर्ख छौ । बेरियाको गोजीभित्र तिमीहरू यसरी बसेका छौ कि तिमीहरूका कानबाहेक गोजीबाहिर केही पनि देखिंदैन ।”
प्रिय पाठक, अब तपाईँ नै भन्नुहोस् । म त्यस्तो आततायीलाई कसरी बिनापूर्वाग्रह हेर्न सकुँला ?
स्तालिनको निधनबारे अरू हल्ला पनि छन् । उहाँलाई मार्न पानी र वाइनमा विष मिसाइएको पनि भन्छन् । बेरियासँगै काम गर्ने एक जना महिलाले स्तालिनलाई बेहोस बनाउने औषधि (इथर) खान दिएकी थिइन् । त्यसपछि स्तालिन बेहोस हुनुभयो । त्यही मौकामा उनले सुईबाट केही लगाइदिइन् अनि स्तालिनको निधन भयो । (ए.एभ्टोख्रानोभ, रिडल अफ स्तालिनस डेथ.न्यु टाइम्स, १९९१, नं.५, पृष्ठ.२२५)
ख्रुश्चेभले आफूहरूलाई ढोकासम्म बिदा गर्न आउँदा स्तालिन निकै ख्यालठट्टा गरिरहनुभएको थियो भनेका छन् ।
स्तालिनको निधनको कारण वा व्याख्याबारे मानिसहरूले जे जस्तो भने पनि र विश्वास गरे पनि म आफू भने यदि चिकित्सक टोली सकेसम्म चाँडो आएर आकस्मिक रूपमा उपचार गरिएको भए स्तालिनलाई जोगाउन सकिनेमा विश्वास गर्छु । मैले माथि पनि उल्लेख गरिसकेँ, भुइँमा लडिरहेका स्तालिनको छेउमा चिकित्सक टोली आइपुग्नमात्र पनि घण्टौँ घण्टा लागेको थियो । किन ? चिकित्सक टोलीलाई त्यहाँ आउन कसले रोकेको थियो र ? अरू देशमा भए आफ्ना नेता बिरामी परे वा हृदयघात भए चिकित्सक तत्कालै उपस्थिति हुन्छन् ! स्तालिनको सन्दर्भमा किन त्यस्तो भएन ? के स्तालिनको हत्या भएको बुझाइ सत्य हो ? स्तालिनको निधनबारे विभिन्न गरी बुझाइमध्ये कुन सत्य हो, म भन्न सक्दिनँ । तर, एउटा कुरा भने म निर्धक्क भन्न सक्छु–स्तालिनको राम्रो ख्याल गरिएको थिएन । उहाँको उचित स्वास्थ्य उपचार वा कुनै निदानात्मक स्वास्थ्य विश्लेषण र औषधि प्रयोग गरिएको थिएन । ‘लेनिनग्राडका चिकित्सकहरूको अवस्था’ बारे जानकार स्तालिन चिकित्सकहरूबारे निकै चिन्तित हुुनुहुन्थ्यो । त्यही भए सख्त जरुरी नभएसम्म चिकित्सकहरूलाई उहाँ भेट्नुहुन्नथ्यो ।
उहाँको स्वास्थ्य दिनानुदिन खस्कँदो थियो । दिमागमा रगत जम्ने प्रक्रियाबाट जोगाउन सकिन्थ्यो । ल मानौँ त्यसो गर्न सकिएन । शल्यक्रिया नगर्दासम्म कम्तीमा चिकित्सकीय उपचार गरेर रगत जम्न रोक्न त सकिन्थ्यो । मैले माथि भनेँजस्तै चिकित्सक टोलीलाई काम गर्नै दिइएन । उनीहरू समयमै घटनास्थलमा पुगेका भए उनीहरूले प्रभावकारीरूपमा काम गर्नसक्ने थिए !
बाँकी भोलिको अङ्कमा
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *