साम्राज्यवादीहरूको “छद्म युद्ध” अध्ययन ४०
- आश्विन १२, २०८३
लेनिनले सरकारी फैसलाको ठीक समयमा कार्यान्वयन भएको छ कि छैन भनी निगरानी राख्न आफ्नो कार्यालयलाई आदेश दिनुभएको थियो । यस उद्देश्यलाई ध्यानमा राखेर १९२२ मा उहाँको मद्दतले एउटा विशेष कार्ड बनाइएको थियो । भर्न अनिवार्य हुने ठाउँमात्र खाली राख्ने उहाँले कुरामा जोड दिनुभएको थियो । जुन खाली ठाउँहरूलाई भर्न गाह्रो हुन्छ वा खाली रहन सक्छन् त्यस्तो नराख्न अह«ाउनुभएको थियो । उहाँले यस कामलाई कार्यान्वयन गर्नका लागि एक विशेष कर्मचारी नियुक्त गर्नुभयो र उसलाई उहाँले (लेनिनले) स्वयम् त्यसको निरीक्षण गर्नुहुनेछ भनी चेतावनी दिनुभयो । कुनै निर्णयलाई निश्चित समयभित्र कार्यान्वयन गर्न सकिँदैन भन्ने लागेमा सम्बन्धित संस्थाले म्याद बित्ने प्रतिक्षा नगरिकन स्थगनको लागि प्रार्थना गर्नुपथ्र्यो । उहाँको सामुन्ने महिनामा दुईचोटि सङ्क्षिप्त रिपोर्ट पेश गरियोस्, जसबाट आदेशहरूको कार्यान्वयन र जाँचको काम चलिरहेको छ भन्ने थाहा होस् भन्ने पनि लेनिनको माग थियो ।
लेनिनले संस्था र कर्मचारीहरू दुवैसँग बराबररूपमा आफ्नो काममा आत्मनिर्भरताको माग गर्नुहुन्थ्यो । उहाँले लाचारी, अस्त–व्यस्तता र जिम्मेवारीको टालटुललाई कठोरतापूर्वक निन्दा गर्नुहुन्थ्यो । जुन समस्याहरूलाई स्वयम् हल गर्न सकिन्छ, तिनलाई पनि जनकमिसार परिषद् वा श्रम तथा प्रतिरक्षा परिषद्को सामुन्ने पेश गर्ने अथवा आयोगहरूद्वारा हल गरियोस् भनी छोड्ने कार्यकर्ता र संस्थाहरूको प्रवृत्तिको दृढ विरोध गर्नुहुन्थ्यो । आफ्नो कमिसारियतकोे कामको लागि जनकमिसारहरूले अधिक जिम्मेवारी लिनुपर्छ, लेनिनको माग हुन्थ्यो । तिनलाई उप–जनकमिसारहरूमार्फत होइन, बरु निजीरूपमा जनकमिसार परिषद्का कारबाहीहरूमा हिस्सा लिनुपर्छ । लेनिनको विचार थियो, सोभियत राजकीय मेसिनरीबाट ठीक ढङ्गले काम लिनको लागि कार्यकर्ताको कर्तव्यहरूको स्पष्ट व्याख्या गर्नु मुख्य र अत्यावश्यक सर्तहरूमध्ये एक हो, ता कि “आफू कुन कुराको लागि जवाफदेही छु, सबैलाई थाहा होस् ।”
डिसेम्बर १९१८ मा ‘सोभियत प्रशासनहरूको नियमको मस्यौदा’ बनाएको समयमा लेनिनले लेख्नुभयो, “सोभियत संस्थाहरूको प्रबन्धबाट सम्बन्धित सबै मामिलाहरूमाथि सामूहिक बहस तथा तिनको बारेमा सामूहिक निर्णयको साथसाथै निश्चित, स्पष्ट एवम् सन्देहहीन रूपले निर्धारित कार्यभार तथा व्यवहारिक कामहरूको पूर्तिका लागि सोभियत सेवामा नियुक्त प्रत्येक व्यक्तिद्वारा वहन गरिने स्पष्टतम् जिम्मेवारीको स्थापना अवश्य जोडिएको हुनुपर्छ ।” जनकमिसार परिषद्को अध्यक्षको हैसियतले लेनिनले यस मागलाई बारम्बार दोहो¥याउनुभयो ।
लेनिनको जानकारीमा कर्तव्यप्रति गैर–जिम्मेवारीका जति मामिलाहरू आउँथे, त्यसमध्ये एउटालाई पनि लेनिनले उपेक्षित गर्नुहँुदैनथ्यो । चाहे त्यो नगन्त्न्दा नगन्य मामिला नै किन नहोस् । जनकमिसार परिषद्को प्रबन्ध कार्यालयको लिफ्टले तीन दिनसम्म काम नगर्ने भन्ने सुनेपछि उहाँले १९ सेप्टेम्बर १९२१ मा प्रबन्ध कार्यालयलाई एउटा नोट पठाउनुभयो, “मलाई बताइयो, लिफ्टले २०, २१ र २२ सेप्टेम्बरमा काम गर्नेछैन ।”
“यो एकदम लाजमर्दो कुरा हो । मानिसहरू केही मुटुका बिरामी छन् र तिनलाई जीउनको लागि सिँढी चढ्न हानिकारक र खतरनाक छ । मैले हजार पटक भनिसकेको छु, लिफ्टलाई अनवरतरूपमा चालू राख्नुपर्छ र एक जनालाई त्यसको जिम्मेवार बनाउनुपर्छ ।”
“मैले तपाईँको कडा निन्दा गर्छु र आदेश दिन्छु, समयमै चेतावनी नदिने दोषीहरूको पहिचान गरियोस् । मलाई एकचोटि फेरि ती मानिसहरूको सूची दिनुहोस, जो लिफ्टको जिम्मेवारीमा छन् । अनि उनीहरूलाई के सजाय दिइयो ? यो पनि सूचित गर्नुहोस् ।”
“अध्यक्ष, जनकमिसार परिषद्,
भ्ला.इ. उल्यानोभ (लेनिन)”
… … … … …
लेनिन संस्था र कार्यकर्ताहरूका कार्यमा ‘मामिलालाई त्यसको उद्देश्यसम्म पु¥याउनु पर्दछ’ भन्ने सिद्धान्तलाई लागु गर्न अथक प्रयास गर्नुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो, हामिले इच्छित फल उपलब्ध गर्न सिक्नुपर्छ, चाहे त्यसको कुनै पनि मूल्य चुकाउन किन नपरोस् र चाहे कामलाई आवश्यक पर्दाखेरि दस पटक नै किन गर्न नपरोस् । तपार्इँले कुनै काम सुरु गर्नुभयो र एउटा यस्तो स्थानमा पुग्नुभयो जहाँबाट कतै जाने बाटो छैन, तब त्यसलाई त्यस समयसम्म बारम्बार सुरुबाट आरम्भ गर्नुस्, जबसम्म तपाईँलाई आफ्नो लक्ष्य प्राप्त हँुदैन । लेनिन यसलाई मात्र सिद्धान्तको रूपमा शिक्षा नदिएर आफ्नो निजी उदाहरण पनि बताउनुहुन्थ्यो । निश्चित लक्ष्यसम्म पुग्न मानिसलाई कति लगनका साथ काम गर्नुपर्छ भन्ने कुरा उहाँले आफ्नै कार्य सम्पादनमार्फत दर्शाउनुहुन्थ्यो । अस्त–व्यस्तता, लापरबाही, कामचोरी, हरेक काममा खट्टा अड्काउने र कसैलाई पनि नतिजासम्म पुग्न नदिने प्रवृत्ति, कामभन्दा कुरा धेरै गर्ने, अनावश्यक वहस गर्ने बानीलाई उहाँले कटु भत्र्सना गर्नुहुन्थ्यो र खिल्ली उडाउनुहुन्थ्यो ।
कर्मचारीतन्त्रमा सुधार ल्याउन प्रयास गर्न हामीलाई पे्ररित गर्दै उहाँले अत्यन्त कठिन कार्य कमसेकम दस वा बीस वर्षमा गर्न सकिने छ, यसको लागि एउटा वास्तविक सांस्कृतिक क्रान्तिको आवश्यकता छ भन्ने कुरामा प्रायजसो जोड दिनुहुन्थ्यो । हामीले अझै धैर्य र लगनसाथ काम गर्नुपर्छ भन्ने कुरामा पनि उहाँ जोड दिनुहुन्थ्यो ।
लेनिन नोकरशाही ढङ्गका स–साना प्रबन्धहरूको विरोधमा पनि लडिरहनुहुन्थ्यो । उदाहरणका लागि, सोभियत सत्ताको सुरुवाती वर्षमा लेनिनसँग भेट्न क्रेमलिन आउने मानिसहरू अनेक–अनेक चौकी पार गर्दै आउनुपथ्र्याे । एउटा चौकी क्रेमलिनको गेटमा पनि थियो । फेरि ‘तल्लो’ र ‘माथिल्लो’ चौकी पनि थिए । भेट्न आउनेहरू अवश्य कहीँ न कहीँ अड्किन्थे । लेनिनले कुनै तरिका अपनाई उहाँसँग भेट्न वा जनकमिसार परिषद्मा कुनै कामले आउने मानिसहरूलाई भित्र जाने आदेश कमान्डेन्टको कार्यालयबाट पाइसकेपछि उनीहरूले कुनै समय नष्ट गर्न नपरोस् भन्ने माग कमान्डेन्टसँग गर्नुभयो । मानिसहरूलाई भित्र जाने अनुमति पाउनमा कुनै कठिनाइ नहोस् भनी हेर्नु सेक्रेटरीको कर्तव्य थियो । जब लेनिनले कोही आउने अपेक्षा गर्नुहुन्थ्यो ऊ समयमा नपुगेमा, उहाँले त्यो मानिस कहीँ जनकमिसार परिषद्को बाटो खोज्दै क्रेमलिनमा त अल्मल्लिएको छैन या कुनै चौकीमा त अड्किएन भनी कसैलाई पत्ता लगाउन पठाउनुहुन्थ्यो । कमान्डेन्टलाई लेखिएका धेरै यस्ता आदेशहरू सुरक्षित राखिएको छ, जसमार्फत लेनिनले यदि भित्र आउने नियमलाई दुरुस्त गरिएन भने कुनै न कुनै सजाय दिइनेछ भनी चेतावनी दिनुभएको थियो ।
लेनिनले १९ नोभेम्बर १९२१ म क्रेमलिनका कमान्डेन्ट नाममा लेख्नुभयोः “अघिल्लो राति ८ बजे ओसिप पेत्रोभिच गोल्देम्बेर्गले मसँगै भेट्नुभयो । कमाडेष्टको कार्यालय र पालेहरूलाई आधा घण्टा भन्दा धेरै पहिला सूचना दिए पनि उहाँलाई जनकमिसार परिषद्को तल होइन, अझ माथि रोकेर राखियो ।
“नियमहरूको यस उल्लङ्घनतर्फ मैले एकचोटि फेरि तपाईँको ध्यान आकृष्ट गर्न आवश्यक ठान्दछु । मलाई कडा कारबाहीको सहारा लिन बाध्य नपार्नुहोला…।”
लेनिनले पालेहरूद्वारा भेटघाटकर्ताहरूलाई बाटोमा रोकी राखिएको बारेमा २६ नोभेम्बर, १९२१ मा क्रेमलिन कमान्डेन्टलाई फेरि लेख्नुभयो, “…मैले बारम्बार यो माग गरेको छु र अझै एकपटक फेरि माग गर्दछु, क्रेमलिनका कमान्डेन्टले कुनै जुक्ति खोजून् । जो मानिसहरू मसँग भेट्न आउँछन्, उनीहरूसँग यदि कुनै पास नभए पनि, उनीहरूलाई बिनारोकटोक क्रेमलिनका गेट वा जनकमिसार परिषद्को प्रवेशद्वारबाट भित्र पसेर मेरो कार्यालयसँगै वा तेस्रो तलाको टेलिफोन अपरेटरहरूसँग सम्पर्क गर्न दिइयोस् ।”
“हजुरले मेरो मागसँग लापरबाही गर्दै हुनुहुन्छ, यसलाई चेतावनी सम्झनुहोस् ।”
लेनिनले अगाडि यस कामलाई कसरी सङ्गठित गर्नुपर्नेछ भन्नेबारे विस्तारपूर्वक आदेशहरू दिनुभयो ।
आफ्ना कार्यालयका कर्मचारीमण्डलसँग लेनिनले आफ्ना आदेशहरूलाई कुशलतापूर्वक, शीघ्र, स्पष्ट, शुद्ध तथा तुरून्ता तुरून्तै कार्यान्वयनको गर्न माग गर्नुभयो, चाहे यो काम कुनै चिट्ठी पठाउनुसँग नै सम्बन्धित किन नभएको होस् ।
उहाँ सानोभन्दा सानो काम गर्न पनि हिच्किचाउनु हुन्नथ्यो । यो लेनिनको विशेषता थियो । तर, तिनीबाट राम्रो र व्यवहारिक नतिजा निस्कनुपथ्र्यो । उदाहरणको लागि, चिट्ठीहरूलाई पु¥याउने काम, जसलाई साधारण काम मान्न सकिन्छ । लेनिनले हामीलाई निर्देशन दिइराख्नुभएको थियो, “साइकिल– संदेशवाहकसँग जबसम्म व्यक्ति कहाँ छ (ऊ कुनै सभामा छ, आफ्नो अध्ययन–कक्षमा छ, घरमा छ वा अन्त कतै) निश्चित हुँदैन तबसम्म कसैलाई पत्र नपठाउनू । निश्चित गरेपछि लिफाफालाई शिलबन्दी गर्नुस्, आवश्यक भएमा त्यसमा प्वाल पारेर धागो बाँधिदिनुस् र धागोलाई गाँठो पारिदिनुस् । यसको साथसाथै लिफाफामा कुनै पनि हालतमा त्यसलाई अरू कसैले नखोलोस् भनी लेख्न नभुल्नुस् र संदेशवाहकलाई लिफाफा लिनेसँग अवश्य रसिद लेखाउन भन्नुस् ।”
पत्र पु¥याएर पत्र पाउनेसँग हस्ताक्षर अङ्कित रसिद लिएपछि संदेशवाहकले त्यो लिफाफा कार्यालयमा दिनुपथ्र्याे । जुन पछि लेनिनलाई देखाइन्थ्यो । यसरी पत्र जसको नाममा लेखिएको थियो, उसैको हातमा पु¥याइन्थ्यो । जहाँसम्म लेनिनका पत्र पठाउने सम्बन्ध छ, लेनिन ढिलासुस्तीको मामिलामा एकदमै कडा हुनुहुन्थ्यो ।
आफ्नो पत्र समयमा नपठाएको थाहा पाएपछि लेनिनले १३ सेप्टेम्बर, १९२१ मा जनकमिसार परिषद्को प्रबन्ध कार्यालयलाई लेख्नुभयो, “मैले फोतिएभालाई दिएको तुरुन्त पठाउनुपर्ने दस्तावेज ‘सामान्य’ अर्थात् मूर्खतापूर्ण ढङ्ग (१) ले पठाइयो र केही घण्टा ढिलो पुग्यो भन्ने खबर मैले हिँजो पाएँ । यदि मैले चेतावनी दिइनँ भने अब झन् धेरै दिन ढिलो पुग्नेछ ।
“कार्यालयमा यसप्रकारको काम हुनु असह्य छ र यदि यसैगरी लाल फिताशाहीलाई पछि पार्ने काम अब एकपटक पनि भएमा मैले कडा सजाए दिने र सम्बद्ध व्यक्तिहरूलाई निकाल्ने बाटो अपनाउनेछु ।”
अगाडि भ्लादीमिर इल्यीचले आफ्ना पत्रहरू पठाउने सम्बन्धमा विस्तारपूर्वक आदेश दिँदै लेख्नुभयो ः
“मेरो आज्ञाले –
१) जुन सेक्रेटरी ड्युटीमा हुन्छ (यदि ऊ बाहिर जाँदा उसको स्थानापन्न अवश्य हुनुपर्छ र त्यसको सूचना चौबिसै घण्टा काम गर्ने टेलिफोन अपरेटरहरूलाई अवश्य दिनुपर्छ) उसले स्वयम् हरेक दस्तावेज वा लिफाफाको जाँच गर्नुपर्छ जुन मैले पठाउनको लागि दिन्छु ।
२) उनीहरूले लिफाफामा आदेश लेखिएको छ, छैन हेर्नुपर्छ (जस्तै पाउने व्यक्तिको हातमा दिनु, अत्यावश्यक, लिफाफामा रसिद लेखाउनु आदि)
३) यसपछि त्यसलाई तुरुन्त सन्देशवाहकलाई सुम्पिनुपर्छ ।
४) टेलिफोनमार्फत अनिवार्यतः पत्र पाउने व्यक्तिसँग पत्र पाएको वा नपाएको पक्का गर्नुपर्छ ।
५) प्राप्ति–सूचक हस्ताक्षरयुक्त लिफाफा मलाई देखाउनुपर्छ ।
६) सेक्रेटरीको अनुपस्थितिमा पत्र पठाइएमा टेलिफोन अपरेटरहरूले पनि यिनै नियमहरूलाई पालना गर्नुपर्छ ।”
… … … … …
केन्द्र र प्रान्तहरूमा कर्मचारीतन्त्रहरू काममा गम्भीर कमजोरीहरूबाट पूर्णतः अनभिज्ञ भएको कारण लेनिनले ती पत्र र समस्यामाथि एकदम ध्यान दिनुहुन्थ्यो, जुन कामदार जनताले स्वयम् उहाँलाई अथवा जनकमिसार परिषद्लाई पठाउँथे । उहाँले कार्यालयका कर्मचारीहरूको लागि आवेदन वा समस्याहरू भएका सबै पत्रहरू पढ्नैपर्ने नियम बनाउनुभएको थियो । लेनिनले जनकमिसार परिषद्को प्रबन्ध कार्यालयको नाममा १८ जनवरी १९१९ मा विशेष आदेश जारी गर्नुभएको थियो । त्यसमा थियो, उहाँलाई सबै लिखित गुनासाहरूको सूचना २४ घण्टाभित्र र मौखिक गुनासाहरूको सूचना ४८ घण्टाभित्र दिइयोस् । उहाँले गुनासाहरूको सम्बन्धमा आफूले दिएको आदेशहरूको पूर्ण कार्यान्वयन भए नभएको जाँच गर्न माग पनि गर्नुभयो ।
पछि लेनिनको आदेशले जनकमिसार परिषद्मा एउटा प्रवेश–कार्यालय खोलियो । त्यो क्रेमलिन बाहिर थियो । लेनिनको आज्ञाले जनकमिसार परिषद् वा त्यसका अध्यक्षको नाममा आउने सबै पत्रहरूलाई त्यहीँ पठाइन्थे । प्रवेश–कार्यालयको सेक्रेटरीले ती पत्रहरूलाई कारबाहीको लागि सम्बद्ध स्थानमा पठाउनु पथ्र्यो र के–के कारबाहीहरू गरिए भनी स्पष्ट खुलाएर १५ दिनमा एकचोटि लेनिनलाई रिपोर्ट दिनुपथ्र्यो ।
प्रबन्ध व्यवस्थापक नि.पे. गोर्भुनोभसँग कुरा गर्दै गर्दा २० जनवरी १९२१ मा लेनिनले उहाँलाई यसप्रकारको आदेश दिनुभएको थियो ः प्रवेश–कार्यालयको बाहिरी हिस्सामा साधारण स्केलमा काम सुरु गर्नुहोस् । जन–कमिसारियतहरूसँग निकटतम सम्पर्क स्थापित गर्नुहोस् र काममा तिनका कर्मचारीलाई उपयोग गर्नुहोस् । पहिला सङ्गठनका पद्धतिहरूको अध्ययन गर्नुहोस् र गृह जन–कमिसारियत तथा मजदुर किसान निरीक्षण संस्थाका कर्मचारीको प्रयोग गर्न सिक्नुहोस् । पत्र, गुनासा र सोधपुछहरूको जवाफ दिनका लागि ‘अखिल रुसी केन्द्रीय कार्यकारिणी समितिको समाचार’ (इज्वेस्तिया) नामक अखबारलाई हुलाकघरजस्तै उपयोग गर्नुहोस् । अखिल रुसी केन्द्रीय कार्यकारिणी समिति र जनकमिसार परिषद्लाई लेखेका पत्र र अपिलहरूमा मजदुर र किसानहरूद्वारा प्रायजसो उठाइने समस्याहरूको बारेमा अखबारहरूमा लेख प्रकाशित गर्नुहोस् । सबैभन्दा पहिले लेनिनसँग राय लिनुहोस् । पत्र, अपिल वा गुनासा लेख्नेहरूलाई तिनका मामिला फल्ना–फल्ना विभागहरूमा पठाइएको छ भनी सूचित गर्नुहोस् । काममा हुने पुनरावृत्तिलाई रोक्नुहोस् र त्यसको विरुद्ध अन्य संस्थाहरूमा पनि लड्नुहोस् ।
लेनिनले जनकमिसार परिषद्का प्रवेश–कार्यालयको काममा ध्यानपूर्वक नजर राख्नुहुन्थ्यो । त्यसको कार्यक्षमता बढाउन चिन्तित लेनिनले ‘सीधा सम्पर्क’ को उपयोगलाई समर्थन गर्नुहुन्थ्यो । लेनिनले ३ डिसेम्बर, १९२१ मा यो पत्र कैयौँ यस्ता कार्यकर्तालाई पठाउनुभयो, जो आफ्नो पदको कारण कामदार जनताद्वारा पठाइने पत्र र गुनासाहरूसँग सर्वाधिक सम्बन्धित थिए । यी कार्यकर्ताहरू झेर्झेन्स्की, कार्पीन्स्की आदि हुनुहुन्थ्यो ।
“आवेदन र गुनासाहरूलाई हल गर्न जनकमिसार परिषद्को प्रवेश–कार्यालयको अनुभवहरूबाट ‘सीधा सम्पर्क’ को उपयोगको लाभ अर्थात् आफ्ना क्षेत्रहरूमा धेरै प्रभावशाली पदका कोही न कोही पार्टी कार्यालयसँग निजी अपिलको लाभ विशेषतः गम्भीर र आवश्यक मामिलाहरूमा सिद्ध भएको छ । यसले सामान्य विभागीय कार्यहरूमा हुने विलम्बबाट बचाउँछ र सामान्यरूपमा वाञ्छित प्रभाव बढाउँछ ।”
“उदाहरणको लागि, (नयाँ) येलान्स्की उयेज्द, सरातोभ गुबेर्नियाका ती कुलाक ‘गिरोह’ का आतङ्कवादी मामिलालाई लिनुहोस्, जो सोभियत सत्ता र पार्टीभित्र घुनजस्तै घुसेको थियो । भोल्गा प्रदेशमा अखिल रुसी असाधारण आयोग (२) का सर्वाधिकारी प्रतिनिधि छेउ यसलाई ‘भ्रातृत्व’ ढङ्गबाट जाँचको आवेदन पठाउँदा त्यताबाट तारद्वारा जवाफ आउन कुल दस दिन लाग्यो । त्यसको आशय अपराधीहरूलाई पत्ता लगाउन सबै कारबाहीहरू गरिएको छ भन्ने थियो । यसप्रकारका नतिजा अन्य मामिलाहरूमा पनि हासिल भए ।”
“तर यस पद्धतिलाई व्यापक मात्रामा तबमात्र अपनाउन सकिन्छ, जब हामी आ–आफ्नो ठाउँमा नियुक्त जिम्मेवार कार्यकर्ताहरूसँग पर्याप्तरूपमा परिचित हुन्छौँ । यसैले मैले हजुरसँग प्रार्थना गर्छु, हजुरले तत्काल यस्ता साथीहरूको सूची तयार गर्नुहोस्, जो हजुरको विचारमा यसप्रकारका ‘दबाब’ को उपयोग गर्नमा खास तरिकाले योग्य हुन् । विश्वसनीय साथीको जसको रेकर्ड राम्रो होस् र जो कार्यकारिणी समिति, गुबेर्नियाको असाधारण आयोग आदिका सदस्यहरूमध्ये होस््, हरेक गुबेर्नियाबाट एक वा दुई । यी सूचीहरूलाई जनकमिसार परिषद्को प्रवेश–कार्यालय, ४ भोज्द्धीजेन्का सडकको ठेगानामा पठाउनुहोस् ।”
पत्रको अन्तिममा लेनिनले लेख्नुभयो ः
“पुनश्चः यी साथीहरूको इमानदारीको ठोस जमानत हुन आवश्यक छ ः पार्टी र सोभियत दुवैको कामको पूर्णतम सम्भव रेकर्ड र तिनको निर्विवाद इमानदारीको अन्य पुराना पार्टी सदस्यद्वारा दिइएको व्यक्तिगत जमानत ।”
टिप्पणीहरू ः
१. लेनिनका अत्यावश्यक कागजात साइकिल–संदेशवाहकद्वारा पठाइन्थे । यस अवसरमा दस्तावेजलाई रजिस्ट्री कार्यालयलाई दिइएको थियो र त्यो डाक कार्यालयद्वारा पठाइएको थियो ।
२. क्रान्तिकारी तोडफोडको विरुद्धमा लड्नका लागि अखिल रुसी असाधारण आयोग, एक राजकीय सुरक्षा–संस्था, जुन डिसेम्बर १९१७ मा भ्ला.इ. लेनिनको पहलमा स्थापित गरिएको थियो ।
प्रस्तुतिः आरम्भ
Leave a Reply