भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – ११

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
आफ्नो ‘गोप्य भाषण’ (सेक्रेट स्पीच) मा ख्रुश्चेभले हात हल्लाई हल्लाई कथित ‘दमन’ को सबै दोष स्तालिनमाथि थोपरे । वास्तविकतामा उनको भनाइ कति ठीक थियो ? हामी तत्कालीन अवस्थाको विश्लेषण गरौँ… किनभने म स्वयम् प्रत्यक्षदर्शी भएको हुनाले मलाई तत्कालीन प्रणालीबारे थाहा थियो । दुई पटक त म आफै पनि झण्डै बलीको बोको बनेको थिएँ । त्यत्तिबेलाको कथित ‘दमन’ को बारे छानबिन गर्ने आयोगको म पनि हिस्सा थिएँ । हामी दस वर्षसम्म अभिलेखालयहरूमा डुबुल्की मा¥यौँ ।
सन् १९२१ मा सोभियत सङ्घमा चिनीको ठूलो अभाव भयो । उत्पादन कसरी बढाउने प्रश्न लेनिनका विषयमा समावेश थियो । कृषिको यो क्षेत्रमा विशेषज्ञहरूको खाँचो थियो । यो अवस्थाबाट उम्कन भीआई लेनिनले चिनी मजदुर सङ्गठन केन्द्रीय समितिका अध्यक्ष पी. युख्नोभ्स्कीलाई आमन्त्रण गर्नुभयो ।
उनलाई लेनिनले इन्जिनियर नाज्भानोभलाई चिन्नुहुन्छ ? भनी सोध्नुभयो । युख्नोभ्स्कीले लेनिनलाई नाज्भानोभको बारेमा बताउनुभयो । नाज्भानोभलाई लेनिनग्राडमा झूटो आरोपमा पक्राउ गरिएको थियो । लेनिनले युख्नोभ्स्कीलाई त्यहाँ भएको कुराकानीबारे लेख्न आग्रह गर्नुभयो । अनि त्यस्तै चिट्ठी अघि राखेर उहाँले जी. किर्झानोभ्स्की र अरूहरूलाई नाज्भानोभजस्ता व्यक्तिहरूमाथि भइरहेको अन्यायको छानबिन गर्न आग्रह गर्नुभयो ।
यसप्रकार ‘शत्रु ठानिएकाहरू’बाट समाजवादी राज्यको रक्षा गर्ने दायित्व पूरा गर्ने आवरणभित्र लुकेका, लेनिन, स्तालिन र समाजवादका लुकेका शत्रुहरूको पञ्जाबाट नाज्भानोभ जोगिए ।
अब प्रश्न उठ्योः भूमिगतकालदेखि गिरफ्तार हुनुअघिसम्म पनि नाज्भानोभ लेनिनसँगै काम गरिरहेका थाहा हुँदाहुँदै लेनिनग्राडको सुरक्षा निकायले उनलाई पक्राउ गरिएको विषयमा किन लेनिनलाई जानकारी दिएन ? अनि बिना ठोस प्रमाण उनी जस्ता कतिजना इन्जिनियरहरू जेलमा कोचिएका थिए ? मेनझिन्स्की र एगोडाको नेतृत्वमा असङ्ख्य निर्दोष मानिसहरू पक्राउ गरिएका थिए र कतिलाई त गोली ठोकेर मारिएको थियो । यसरी समातिने र मारिने व्यक्तिहरूको दोष भनेको उनीहरू लेनिनप्रति इमानदार हुनु र कर्तव्यपरायण वोल्शेविक हुनु थियो । जारविरुद्धको सङ्घर्षमा भूमिगत जीवन बिताएका, क्रान्तिमा भाग लिएका निष्ठावान बोल्शेविकहरू जो पछि सुरक्षा क्षेत्रका जिम्मेवार पदमा थिए, उनीहरूलाई समेत झूटा आरोप लगाई पक्राउ गरिएको थियो । उनीहरूलाई यसरी दुःख कुरा दिएको कुरा लेनिन र स्तालिनले निकै पछाडि मात्र जानकारी पाएको हुन्थ्यो । जुन बेला अवस्था निकै बिग्रिसक्थ्यो । किन यस्तो भयो ?
सोभियत गुप्तचार विभाग एनकेभीडी र अन्य सुरक्षा संयन्त्रका महत्वपूर्ण पदमा समेत शत्रुहरू पुगेको कुरा हामीे बुझ्न जरूरी छ । उनीहरूले आफ्नो वास्तविक अनुहार छोपेका हुन्थे । अनि समर्पित कम्युनिस्ट कार्यकर्ताहरूलाई सिध्याउन आफ्नो शक्तिको दुरूपयोग गर्थे ।
एनकेभीडीका अध्यक्ष बनेर मेनझिन्स्की र एगोडाले पहिलेका शासक वर्ग कुलाक, कुलीन र श्वेत रक्षकहरूलाई भर्ती गरेका थिए । उनीहरूले समर्पित कम्युनिस्ट र मजदुरहरूलाई सधैँ आतङ्कित बनाउँथे । उनीहरू बाहिरबाट आफूलाई पार्टीप्रति निकै इमानदार भएको देखाउँथे । मातृभूमि, लेनिन र स्तालिन तथा राज्यका अन्य नेताहरूप्रति ज्यादै कर्तव्यपरायण भएको देखाउँथे । एगोडाका ती पिछल्लगुहरूमध्ये एक जना थिए–अफितसेरोभ । कहिलेकाहीं सुरक्षा अधिकारीहरू मात्तिने गरी रक्सी खान्थे । उनीहरूलाई गाली गरिन्थ्यो र बढीमा पाँच दिन हिरासतमा थुनिन्थ्यो । तर, अफितसेरोभ भने सिधै गोली ठोकेर मार्ने सजाय गरिदिन्थे । स्तालिनको आदेशमा नाज्भानोभलाई रिहा गरियो । तर, रिहा हुँदै गर्दा उनको पछाडि पेस्टोल तेर्साउँदै अफितसेरोभले भनेका थिए, “अर्कोपल्ट देख्लास् ¤”
आफ्ना सहयोगी बुलानोभको सहयोगमा एगोडाले मेनझेन्स्कीलाई पन्छाउन निकै मिहिनेत गरेका थिए । मेनझेन्स्की दम र ब्रोन्काइटिसको बिरामी थिए । लेनिनका इमानदार कमरेड मेनझेन्स्कीलाई पन्छाउन विषको प्रयोग गरिएको थियो । मेनझेन्स्कीलाई पञ्छाएपछि बोल्शेविक र देशभक्तको मुखुण्डो लगाएका एगोडाले मनपरी अपराध कर्म गर्न छुटकारा पाए । उनले अदालतमा झूटा लिखितहरू पेश गर्न थाले । जेल सजाय भोगेका र मारिएका सबै मानिसहरूलाई त्यस्तो सजाय दिलाउन व्यवहारतः एगोडाको हात र हस्ताक्षर थियो । गिरफ्तार गरिएका कमरेडहरूले स्तालिनको नाममा लेखेका चिट्ठीहरू स्तालिनसामू कहिल्यै पुगेन । बरु ती चिट्ठीहरू स्तालिनविरुद्ध अतिरञ्जना फैलाउन प्रयोगमात्र गरिए । ती चिट्ठीलाई उनीहरूको गिरफ्तारी र हत्याको लागि वैधता दिन दुरूपयोग मात्र गरियो ।
एक दिन गोर्की हिलस्थित काठेटहरामा मेक्सिम गोर्कीलाई भेट्न एगोडा आइपुगे । म एगोडासँगै गएको थिएँ । बिहान झण्डै ४ बजेसम्म भेटघाट र खानपिन चलेको थियो । सुरुमा त त्यो छुल्याहा एगोडासँग गोर्कीजस्ता साहित्यिक व्यक्तित्वको के कुरा मिल्ने हो, मैले बुझ्न सकेको थिइनँ । पछि मैले थाहा पाएँ । एगोडा र उनका साथीहरूले सबै बोटलबाट गोर्कीको लागि मादक पेय पदार्थ बनाइरहेका थिए । सबैथरी मादक पदार्थ मिलाइरहेका थिए । यसरी लसपस गरिएको पेय पदार्थ पिएर गोर्की मात्तिए । पूरा मात्तिएपछि एगोडा र उनका साथीहरू मिलेर गोर्कीलाई हिउँमा फालिदिए । उनी रातभर हिउँको चिसोमा लडिरहे । त्यो रातपछि गोर्कीको फोक्सोमा सुनिने रोग लाग्यो । आखिरमा एगोडाका ‘चिकित्सकहरू’ले समेत गोर्कीलाई चाँडै मृत्युको मुखमा पु¥याउन सहयोग गरेका थिए । आफ्नो छोरोको निधनपछि गोर्की निकै विस्मित थिए । त्यसको केही समयपछि नै उनको निधन भएको थियो ।
किरोभको हत्यापछि एगोडाका सहायक एग्रानोभको नेतृत्वमा अनुसन्धान थालिएको थियो । तर, उनले सबै तथ्य बङ्ग्याएका थिए । स्तालिनलाई यो विषयमा सन्देह जागेको थियो । त्यही भएर एनकेभीडीको अनुसन्धान गर्न सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिले एउटा आयोग गठन गरी परिचालन गरिएको थियो । त्यो आयोगले एगोडाको व्यक्तिगत फाइलमा पार्टीको विरोध गरिरहेका दक्षिणपन्थी खेमाका कुरा फेला पारेको थियो । त्यस्तै अझै पनि गोप्य रूपमा काम गरिरहेका जारकालीन गुप्त प्रहरी र उनीहरूका मान्छेहरूका कुरा पनि फेला परेका थिए । जारकालीन प्रहरीका मान्छेहरूजस्तै जेलिन्स्की, झुबोभ र तनोभ जारकालीन समयकै गुप्तचरहरू थिए । सोभियत सत्ताअन्तर्गत ती गुप्तचरहरू कहाँ थिए होलान्, अनुमान गर्न सक्नुहुन्छ ? जेलिन्स्की मस्कोको पार्टी समितिका सचिव थिए । जुबारेभ स्भेर्डलोभ्स्की पार्टी समितिका सचिव थिए । तनोभ उत्तरी ककेसस जिल्ला पार्टी समितिका सचिव थिए । उनले बुखारिनको निर्देशनमा सन् १९२८ देखि १९३४ सम्म सोभियत सत्ताप्रति जनताको असन्तोष फैलाउन भोक महामारी आयोजना गरेका थिए । यिनै मानिसहरूले एगोडालाई मद्दत गरेका थिए । एगोडालाई सहयोग गर्नुअघि उनीहरूले बुखारिनलाई मद्दत गरेका थिए ¤
त्यही भएर उनका सचिव बुलगानोभले अदालतले स्पष्ट शब्दमा स्वीकारेका थिए, “मैले जे जति पनि राज्यविरुद्ध गतिविधि गरेँ, ती सबै त्रोत्स्की र बुखारिनको लागि गरेँ । उनीहरूकै निर्देशनमा हामीले मानिसहरूलाई मा¥यौँ, दुःख दियौँ र जेलमा कोच्यौँ । ती मानिसहरू खासमा निर्दोष थिए । हामीलाई कदापि क्षमा हुन सक्दैन । यहाँ बुखारिनले नाइँ भन्न सक्ने कुनै ठाउँ नै छैन । उनी हामी सबैलाई डुबाउन पनि तयार थिए । तर, उनी ज्यादै खतरनाक अपराधी र हाम्रो युगका शत्रु हुन् । त्रोत्स्की र बुखारिनले नै हामीलाई मेनझन्स्की र कुइबिशेभ, पेशकोभ र गोर्कीको हत्या गर्नुपर्छ भनेका थिए ।” (सोभियतविरोधी दक्षिणपन्थी त्रोत्स्कीवादी पक्षमाथिको छानबिन, टाइप गरिएको प्रतिवेदन, भाग.४४, पृष्ठ.९०)

स्तालिन र समाजवादका शत्रुहरू जनतालाई दुःख दिन कतिसम्म गर्न सक्दा रहेछन् भन्ने अर्को एउटा उदाहरण यस्तो छ । म बोल्शोई थिएटरमा तीन घण्टाको लागि सुरक्षा गर्ने जिम्मेवारीमा थियो । म स्यान्डिङ गार्डको रूपमा उभिएको थिएँ । त्यहाँ रहेका पार्टी केन्द्रीय सदस्यहरूको सुरक्षाको लागि म आँखा झिमिक्क पनि नगरी काममा खटिएको थिएँ । मेरो जिम्मेवारी सकेपछि मैले मेरा एक सहकर्मीलाई जिम्मेवारी सुम्पेँ । अनि म केही घण्टाको लागि सुत्न गएँ । सुतेर व्युझेपछि बाहिर निस्केँ । तर, त्यहाँ मेरो सहकर्मी सुरक्षाकर्मीलाई देखिनँ । दुर्भाग्यवश, मैले त्यत्तिबेला कुनै नराम्रो कुरा कल्पना गरिनँ ।

यी सबै बयान दोषी व्यक्तिलाई निर्मम बल प्रयोग गरी लिइएको थिएन । त्यस्तो केही पनि भएको थिएन । यी सबै बयान लिने प्रक्रियामा म आफै पनि सहभागी थिएँ । एलेक्सेभ पनि त्यहाँ सहभागी थिए । उनले ती सबै दोषीहरूमाथि हरेक दिन नजिकको निगरानी राखेका थिए । ती दोषीहरूलाई हरेक दिनको समाचार पत्र ल्याउने काम उनैले गरेका थिए । उनीहरूलाई जेलभित्र सबैथरी सुविधा दिएर राखिएको थियो । उनीहरूलाई खानपिनको निकै राम्रो व्यवस्था गरिएको थियो । विदेशी प्रतिनिधिहरूसामु बुखारिनले समेत यो कुरा स्वीकारेका थिए ।
तर आज यस विषयमा धेरै पुस्तक लेखिएका छन् । ती पुस्तकमा ऐतिहासिक तथ्यहरूलाई बङ्ग्याइएको छ । उल्टोपाल्टो पारिएको छ । त्यस्ता पुस्तकका लेखकहरू नै आज पार्टीका सिद्धान्तकार ठानिएका छन् । ख्रुश्चेभ, गोर्भाचेभ र यल्सिनले ती सबै शत्रुलाई धाप दिने काम गरे ।
सन् १९१८ मा बुखारिनले व्यवहार गरेका थिए ? छानबिनको क्रममा पूर्व सामाजिक–क्रान्तिकारीहरू जस्तै काभिरेन र मान्त्सेभलगायत सामाजिक–क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्यहरूले भनेको कुरा यहाँ स्मरणीय छ । उनीहरूले भनेका थिए, “त्यतिबेला बुखारिनले लेनिनलाई पक्रेर गोली ठोक्ने प्रस्ताव ल्याएका थिए ।”
अदालतमा उनीहरूका यस्ता बयान सुनेर बुखारिन पागलजस्तै उफ्रेर चिच्याएका थिए,“होइन, होइन ¤ मैले लेनिनलाई मार्ने भनेको थिइनँ ¤ मैले ‘लेनिनका विचारलाई मार्ने’ भनेको थिएँ, लेनिनलाई मार्ने भनेको थिइनँ । उनीहरूले मेरो कुरालाई अपव्याख्या गरे । आज आएर मैले हाम्रा कार्यक्रम र गतिविधि खराब भएको मैले स्वीकार्र्र्नैपर्छ । प्रतिक्रान्तिकारी गतिविधिमार्फत् हामीले हिलोमा लडिबुडी गरेका थियौँ । अब त्यो पराजित भइसकेको र हाम्रो वास्तविकता खुलिसकेको छ ।” (सोभियतविरोधी दक्षिणपन्थी त्रोत्स्कीवादी पक्षमाथिको छानबिन, टाइप गरिएको प्रतिवेदन)
पाठक, अब हामी फेरि म स्तालिनको अङ्गरक्षक भएको समयमै फर्कौँ । म निष्कलङ्क, विश्वास गरिएको र समर्पित बोल्शेविक थिएँ । मलाई आफ्नो भविष्यको कुनै चिन्ता थिएन । तथापि, एनकेभीडीका दुई जना सदस्यहरू आएर मलाई ओर्डझोनिकिड्जको सचिवालयबाट नै गिरफ्तार गरे र लुईब्लिन्का जेलमा लिएर गए । दुई घण्टासम्म उनीहरूले मलाई मेरो जीवनका झिनामसिना कुराको विषयमा समेत केरकार गरे । तर, उनीहरूले जतिसुकै मिहिनेत गरे पनि चाहेको कुरा मबाट फुत्काउन सकेनन् । त्यसपछि उनीहरूले मलाई छानबिन शाखाका प्रमुख पाउकरकोमा लिएर गए । त्यहाँ पत्ता लाग्यो, एउटा कार दुर्घटनामा मारिएका रेबिन नामका अर्को व्यक्तिसँग झुकिएर एनकेभीडीका ती अधिकारीहरूले मलाई समातेका रहेछन् ।
सोभियत सत्ता, स्तालिन र समाजवादप्रति कर्तव्यपरायण मानिसहरूलाई पञ्छाउन एगोडाको योजनामा यस्ता घटना अनगिन्ती भएका छन् ।
एउटा अर्को उदाहरण । एकपल्ट मैले नाम चलेका विमान चालक एम.एम. ग्रामोभले उडान प्रतिष्ठानका इन्जिनियर र डिजाइनरहरू कति धेरै सङ्ख्यामा पक्राउ परेको भनी जिज्ञासा राखेको थिएँ । धैर्यपूर्वक उनले भने, “एगोडाको उक्साहट र प्रतिष्ठानका केही विदेशी दलालहरूको कारण नै धेरै इन्जिनियर र डिजाइनरहरूलाई पक्राउ गरिएको थियो । । विमानका डिजाइनरहरू एक अर्काविरुद्ध खुब कुरा काट्ने गर्थे । आफ्नो डिजाइन खुब अब्बल देखाएर अरूको खेदो खन्ने गर्थे । यो विभाजनलाई नै शत्रुले उपयोग गरे । शत्रुले सोभियत सङ्घको हवाई उडान उद्योग डिजाइन र उत्पादनमा पछाडि परोस् भनी यस्तो जालसाझी गरेका थिए । स्तालिन वा भोरोशिलोभबाट कोही डिजाइनर वा इन्जिनियरलाई पक्राउ गर्न वा कारबाही गर्न कुनै निर्देशन आउने गरेको थिएन ।”
स्तालिन र समाजवादका शत्रुहरू जनतालाई दुःख दिन कतिसम्म गर्न सक्दा रहेछन् भन्ने अर्को एउटा उदाहरण यस्तो छ । म बोल्शोई थिएटरमा तीन घण्टाको लागि सुरक्षा गर्ने जिम्मेवारीमा थियो । म स्यान्डिङ गार्डको रूपमा उभिएको थिएँ । त्यहाँ रहेका पार्टी केन्द्रीय सदस्यहरूको सुरक्षाको लागि म आँखा झिमिक्क पनि नगरी काममा खटिएको थिएँ । मेरो जिम्मेवारी सकेपछि मैले मेरा एक सहकर्मीलाई जिम्मेवारी सुम्पेँ । अनि म केही घण्टाको लागि सुत्न गएँ । सुतेर व्युझेपछि बाहिर निस्केँ । तर, त्यहाँ मेरो सहकर्मी सुरक्षाकर्मीलाई देखिनँ । दुर्भाग्यवश, मैले त्यत्तिबेला कुनै नराम्रो कुरा कल्पना गरिनँ ।
एनकेभीडीका नयाँ प्रमुखको काम गर्ने र षड्यन्त्र बुन्ने शैली त्यस्तो थियो । एनकेभीडीमा आउनुअघि उनी केन्द्रीय समितिको सचिवको जिम्मेवारीमा थिए । केन्द्रीय समितिको निर्णयअनुसार उनले पार्टी केन्द्रीय समितिमा असल र समर्पित बोल्शेविकहरूलाई सचिवमा ल्याउनुपर्ने थियो । तर, उनको निर्देशनमा केही समयभित्रै केन्द्रीय समितिमा सबै ‘एगोडाका टट्टुहरू’ले भरिएको थियो ।
त्यस्ता विश्वास गर्न नालायक धोखेबाजलाई के कुराले त्यस्तो उच्च पदमा पु¥यायो ? त्यसको निम्ति मालेन्कोभ, मिकोयान, ख्रुश्चेभ र कागानोविच जिम्मेवार थिए । दुर्भाग्यवश उनीहरूमध्ये कसैले पनि त्यो जँड्याहा, अनुशासनहीन धोखेबाजको चरित्रबारे पार्टी सचिव हुँदा स्तालिनलाई भनेनन् ।
यसको निम्ति येझोभ कतिको जिम्मेवार छन् अथवा त्यो अवस्था ब्लुखेरसँग कति सम्बन्धित छ ? बोल्शोई थिएटरको सुरक्षाबाहेक ब्लुखेरको सुरक्षाको निम्ति म पनि जिम्मेवार थिएँ । उनी सुदुरपूर्व रुसबाट मस्को आएका थिए । ब्लुखेरकी श्रीमती चिस्ट्ख प्रुदख जिल्लामा बस्थिन् । तर, ब्लुखेर त्यहाँ बस्दैनथे । उनलाई मेट्रोपोल होटलमा बस्नु नै सहज थियो । मेट्रोपोल होटलमा उनी जिप्सी साङ्गीतिक टोलीका प्रस्तुतिहरू सुन्न निकै मन पराउँथे । ब्लुखेरको गिरफ्तारीअघि उनलाई येझोभले आफ्नो कार्यालयमा बोलाएका थिए । उनीहरूबीच साढे दुई घण्टा कुराकानी भएको थियो । म बाहिर सत्कार कक्षमा बसेको थिएँ र उनीहरूका बातचित्त सुन्दै थिएँ । ब्लुखर बाहिर निस्के । तर, केही बेरमै आफ्नो टोपी छुटेको भन्दै फर्के । यो एउटा बहाना मात्र पनि हुन सक्थ्यो । मतभेदहरू भएर पनि उनी निकै उच्च सम्मानित, सहृदयी र देशभक्त थिए ।
येझोभको कार्यकालमा एनकेभीडीले केन्द्रीय समितिका सुरक्षाकर्मीहरूबाट आफ्नो सहकर्मीहरूबीच को को सोभियत सङ्घ विरोधी हुन् भनी पत्ता लगाउन र जानकारी दिन माग गरेका थिए । जनरल रुमैनत्सेभले यस्ता तरिकाबारे सजग पार्दै राम्रो नियन्त्रण हुनुपर्ने बताए । उनले कथित ती ‘शत्रुहरू’ माथि छानबिन हुनुपर्ने र गल्ती स्वीकार्न तयार बनाउनुपर्ने बताए । यसो गर्दा उनीहरू असल सोभियत जनता बन्ने उनको तर्क थियो । स्तालिन यो तर्कसँग सहमत हुनुहुन्थेन किनभने उहाँले गैरकानुनीरूपमा गिरफ्तारीबारे हल्ला सुन्न थालिसक्नुभएको थियो । लेनिन र समाजवादका शत्रुहरू जस्तै स्तालिनका शत्रुहरूले पनि आफ्नो वास्तविकता चलाखीपूर्वक लुकाएका थिए । कहिलेकार्ही त झूट र प्रस्ट उत्तेजनाको बाक्लो कुइरोले खास कुरा के हो भन्ने कुरा पहिल्याउन असम्भव हुन्थ्यो । गिरफ्तारीको वास्तविकता लुकाउने ‘ट्रोइका’ भनेर जानिने संरचना कागानोविचको संरक्षणमा चलेको थियो ।
नेपाली अनुवादः बर्बरिक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *