शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
सेप्टेम्बर २२, २०१५
(स्न २०१५ सेप्टेम्बर २२ मा संरा अमेरिकाको सियाटलमा आयोजित एक कार्यक्रममा व्यक्त मन्तव्य–सम्पादक)
सन् १९४९ मा चीनमा जनगणतन्त्र स्थापना भयो । खासगरी १९७८ मा सुधार तथा खुलापनको सुरुआत भएपछि चीनले एउटा असाधारण यात्रा पूरा गरेको छ । त्यस काममा मेरो पुस्ताका मानिस व्यक्तिगतरूपले संलग्न भएका छन् । सन् १९६० को उत्तराद्र्धमा म किशोर अवस्थामा थिएँ । मलाई पश्चिम चीनको सान्सि प्रान्तको येनान क्षेत्रअन्तर्गतको लियङ्जिए नामको एउटा सानो गाउँमा पठाइयो । त्यहाँ मैले सात वर्षसम्म खेती किसानी गरेँ । त्यहाँ म स्थानीय गाउँलेले जस्तै लोयस पहाडमा खनेको ओडारमा बस्थेँ । त्यस समयमा पर्याप्त कपडा नभएको हुँदा म भुइँमा सुत्थेँ । त्यहाँका स्थानीय बासिन्दा एकदमै गरिब थिए । उनीहरू महिनौँसम्म पनि मासु खान पाउँदैनथे । तिनीहरूलाई के कुराको सबैभन्दा बढी खाँचो थियो भन्ने कुरा मैले त्यहाँ हुर्किँदै गर्दा देखेको थिएँ ।
गाउँको पार्टी शाखाको सचिव भएपछि मैले स्थानीय अर्थतन्त्रको विकास गर्न आवश्यक महसुस गरी त्यसको सुरुआत गरेँ । म तिनीहरूको खानामा माछामासु भएको देख्न चाहन्थेँ । उनीहरूले माछामासु खान पाऊन् भन्ने मेरो तीव्र चाहना हुन्थ्यो । तर, त्यो उद्देश्य प्राप्त गर्न एकदमै कठिन थियो । यो वर्ष वसन्त चाड मनाउन म फर्केर लियङ्जिए गाउँ गएँ । त्यहाँ अहिले कालोपत्रे गरेका सडकहरू, टायल र इँटाका घरहरू छन् भने इन्टरनेटको पहुँच राम्रो छ । उनीहरु बुढेसकालमा आधारभूत निभृत्तिभरणको उपभोग गर्छन् । गाउँलेहरुले स्वास्थ्य बीमा पाएका छन् भने केटाकेटीले राम्रो शिक्षा पाएका छन् । माछामासु खान पाउनुमात्रै अबको चीनको सपना रहेन । यो कुराले मलाई चिनियाँ सपना भनेको जनताको सपना हो भन्ने कुरा दृढरूपमा महसुस भएको छ । यदि चिनियाँ सपनालाई साकार पार्ने हो भने त्यो शपथ चिनियाँ जनताको सपना हुनुपर्छ । जनताको जीवन अझ राम्रो होस् भन्ने अभिलाषामा आधारित सपना हुनैपर्छ । सानो लियङ्जिए गाउँमा भएको यो परिवर्तनले चिनियाँ समाजमा सन् १९७८ यता भएको प्रगति र विकासको मूर्त रूप भएको खुलासा गर्दछ ।
चालीस वर्षभन्दा कम समयमा हामीले हाम्रो अर्थतन्त्र वृद्धि गर्यौँ । हाम्रो अर्थतन्त्र विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा विकास गर्यौँ । साथसाथै १.३ करोड जनतालाई खाद्यान्न र लत्ताकपडा आपूर्ति गरेर मध्यम खालको उपलब्धि र सफलता हात पारेका छौँ । जनताले नसोचेको हदसम्म अधिकार र प्रतिष्ठाको आनन्द अनुभूति गरेका छन् । यी परिवर्तनले चिनियाँ जनताको जीवन सहजमात्रै बनाएको छैन, मानवसभ्यताको उल्लेखनीय प्रगति र विश्वशान्ति र विकासमा चीनको महत्वपूर्ण योगदान भएको इङ्गित गर्दछ । यति हुँदाहुँदै पनि चीन विश्वको सबैभन्दा ठूलो विकासशील राष्ट्र रहेको बारे हामी पूर्णरूपले सचेत छौँ । चीनको प्रतिव्यक्ति आय विश्वको औसत दुईतिहाइमात्र छ भने संयुक्त राज्य अमेरिकाको सात भागको एक भाग र श्रेणीगत हिसाबले विश्वको ८० औँ पङ्क्तिमा आउँछ । हाम्रो मापदण्डअनुसार अझै चीनमा ७० लाख जनता गरिबीको अवस्थामा जीवन निर्वाह गर्छन् । विश्वबैङ्कको आँकडाअनुसार २ करोड चिनियाँ जनता गरिबीको रेखामुनि छन् । ग्रामीण र शहरी क्षेत्रको गरी ७० लाख जनता भत्ताका भरमा आफ्नो जीवन निर्वाह गर्छन् भने झन्डै ८५ लाख जनता अशक्त छन् ।
विगत दुई वर्षमा मैले चीनमा अति गरिबी भएका क्षेत्रको भ्रमण गरेको छु र आवश्यक घरपरिवारलाई व्यक्तिगतरूपले पनि भेटेको छु । म अहिले पनि तिनीहरूको मुहारमा समृद्ध जीवनको उत्कट चाहना झल्केको देख्दछु । यी सबै कुराले के देखाउँछ भने चीनमा हामीले हाम्रो कठिन कामलाई जारी राख्नु आवश्यक छ । अहिलेको चीनमा विकास उच्च प्राथमिकतामा रहेको छ । चिनियाँ नेतृत्वको प्रमुख जिम्मेवारी भनेको जनताको जीवनस्तरमा सुधार ल्याउनु र समृद्धि हासिल गर्नमा केन्द्रित रहेको छ । पहिलो सय वर्ष पूरा हुनै लाग्दा हामीले दुई शताब्दीको लक्ष्यलाई अगाडि सारेका छौँ । पहिलो लक्ष्य भनेको चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको सय वर्ष पुग्नै लाग्दा २०२० सम्ममा ग्रामीण र शहरी क्षेत्रको बसोबास गर्ने जनताको प्रतिव्यक्ति आय र कुल घरेलु उत्पादनलाई २०१० को तुलनामा दोबर बनाउनुपर्नेछ । साथसाथै २०२० सम्ममा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको सय वर्ष पूरा हुनै लाग्दा चिनियाँ समाजका सबै क्षेत्रमा मध्यम खालको समृद्धि निर्माणको कार्यलाई पूर्णता दिन पर्नेछ । दोस्रो लक्ष्य भनेको यस शताब्दीको मध्यसम्ममा चीनमा जनगणतन्त्र स्थापना भएको सय वर्ष पूरा हुने बेलासम्म चीनलाई समृद्ध र एक आधुनिक समाजवादी देशको रूपमा विकास गर्ने हो । त्यो भनेको हामी यो लक्ष्य र उद्देश्य पूरा गर्न निरन्तर लागिपरेका छाँै । हामीले पहिलो लक्ष्य तोकिएको समयसिमाभित्र लक्ष्य प्राप्त गर्नैपर्नेछ र त्यसो गर्नका लागि सुधारलाई पूरा गर्नुपर्छ । हामीले कानुनको शासनको पूर्णतया पालना गर्नुपर्छ र पार्टीमा कडाइका साथ अनुशासनको पालना गर्नुपर्छ । यसलाई हामीले चारबुँदे रणनीति भनेका छौँ ।
– सि चिङफिङ, चीनको सुशासन, भाग–२, सन् २०१७ बाट अनुदित
अनुवाद : नगेन्द्र कार्की
Leave a Reply