भर्खरै :

स्तन र पाठेघर परीक्षण हुनेसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २५ फागुन । भक्तपुर नगरपालिका ७ नं. वडा कार्यालयको आयोजनामा मङ्गलबार पुरुष तथा महिला स्तन र महिलाहरूको पाठेघरसम्बन्धी अभिमुखीकरण कार्यक्रम भयो ।
कार्यक्रममा वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलाई प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभयो । रोग लागेपछि अस्पताल जानुभन्दा रोगै लाग्न नदिनु जाती भन्ने भनाइलाई सार्थक बनाउन स्वास्थ्य शिविर सञ्चालन गरेको उल्लेख गर्दै उहाँले अभिमुखीकरण कार्यले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
डा. श्रेया श्रेष्ठले पाठेघर र स्तनमा लाग्ने रोगबारे जानकारी दिँदै रोग लाग्नुको मुख्य कारण हाम्रो खानपिन, वंशाणु र बानी व्यहोरा भएकोले सचेत हुन अनुरोध गर्नुभयो ।
स्तन र पाठेघरको समयमै उपचार भए रोकथाम गर्न सकिने र पाठेघरको क्यान्सर १० वर्षअगाडि नै लक्षण देखापर्ने भएकोले स्वास्थ्य परीक्षण नियमित गर्नुपर्ने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घकी रञ्जना त्वातीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वमाथि प्रकाश पार्दै फागुन २७ गते बिहीबार बिहान ७ बजेदेखि ७ वडा कार्यालय भवनमा हुने पुरुष तथा महिलाहरूको स्तन र महिलाहरूको पाठेघर परीक्षणमा सहभागिताको लागि अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *