नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
सुतिरहेको अवस्थामा एक्कासि ब्युँझिएकी मैले समय हेर्न सिरानीमुनि राखिएको मोबाइल अन गरेँ ।
मेरा आँखा मोबाइलको दाहिनेतर्फको माथिल्लो कुनामा रहेको अङ्ग्रेजी मितिमा प¥यो । ओहो ¤ आज त ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पो रहेछ भनी मनमनै भनेँ । मेरो मन र मस्तिष्कले नेपालमा बढिरहेको बलात्कारपछि हत्याजस्ता अपराधलाई नसम्झी रहन सकिनँ । एकाएक अनेकौँ प्रश्नहरूले मनलाई विचलित बनायो । महिलाको अस्तित्व एवम् अधिकारविरुद्धका यी अमानवीय अपराधले उकालो चढिरहेको बखतमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई व्यावहारिक अर्थमा खुसीसाथ मनाउन सकिन्छ त ? मेरो प्यारो नेपाल र नेपाल आमाका चेलीबेटीहरूले कहिले यस्ता जघन्य अपराधबाट उन्मुक्ति पाउने हुन् ? मेरो मनबाट पुनः आवाज आयो, “बलात्कार र सो पछि हत्याजस्तो अमानवीय अपराधीलाई मृत्युदण्डको सजायको कानुन बनाउनुपर्छ ।” आखिर सजाय प्रणालीको उद्देश्य भनेको अपराधीलाई अपराध दोहो¥याउनबाट रोक्ने र अपराध गर्ने खराब मनसाय बोकेका व्यक्तिलाई निरुत्साहन गर्नु हो । यस सन्दर्भमा बलात्कारपछि हत्याजस्तो नारी अस्तित्वविपरीतका जघन्य अपराध गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिएमा समाजमा यस्ता अपराध गर्ने मनसाय राखेका व्यक्तिमा डर–त्रास उत्पन्न हुन्छ । एकातर्फ मृत्युदण्डको सजायको कानुनले समाजलाई यस्ता जघन्य अपराध गर्ने अपराधीबाट मुक्त बनाउँछ । अर्काेतर्फ आफ्ना जीवन जोगाउनका निम्ति व्यक्तिहरू यस्ता अपराध गर्नबाट निरुत्साहित हुन्छन् र यस्ता जघन्य अपराध समाजबाट आफै घट्दै जान्छ ।
महिला अधिकारविपरीतको यस्तो जघन्य अपराध गर्ने अपराधीलाई मृत्युदण्ड दिएमा पीडित बन्न पुगेका पक्षले आफ्नो अधिकारका लागि मुद्दा गर्न डराउनुपर्ने थिएन । विश्वका कैयाँै देशको तथ्याङ्क हेर्ने हो भनी अपराधीले सजायअवधि समाप्त भएपछि समाजमा फर्केर पीडित पक्षलाई हानि पु¥याएको दर निकै बढी छ । उदाहरणको रूपमा अष्टे«लियालाई दृष्टिगत गर्ने हो भने विगतका वर्षमा त्यहाँ बलात्कारका अपराधीहरूले समाजमा फर्केर अपराध दोहो¥याएको दर २४ प्रतिशत छ । त्यसैगरी चीनमा भने विगतका वर्षमा यौन दुव्र्यवहार र अल्पसङ्ख्यामा बलात्कारका अपराधीले सजाय अवधि समाप्त भएपछि समाजमा फर्की अपराध दोहो¥याएको दर २.७५ प्रतिशतमात्र छ । यत्तिकैमा मेरो मस्तिष्कको कुनाबाट ‘चीनमा बलात्कार र बलात्कारपछिको हत्याजस्तो जघन्य अपराधका लागि मृत्युदण्डको सजायको कानुन तोकेको छ नि त’ भन्ने आवाज आयो ।
विश्वमै विकसित र सभ्य राष्ट्रहरूका रूपमा चिनिने चीन र संरा अमेरिकामा पनि महिला अधिकारविपरीतका यी जघन्य अपराधलाई मृत्युदण्ड सजायको कानुनी व्यवस्था गरिएको छ । यतिमात्र नभई दक्षिण अफ्रिका एक यस्तो राष्ट्र हो जहाँ चीनको तुलनामा अन्दाजी आधा जनसङ्ख्या छ त्यहाँ प्रत्येक वर्ष चीनमा भन्दा १५ गुणा बढी बलात्कारका घटना भएको अनुसन्धानबाट तथ्याङ्क बाहिर आएको छ । इतिहासको पाना पल्टाउने हो भने नेपालमा पनि २०४७ सालभन्दा अगाडिसम्म मृत्युदण्ड सजायको कानुनी बन्दोबस्त थियो । तर, बलात्कारपछिको हत्याजस्तो जघन्य अपराध गर्ने कोही पनि व्यक्तिलाई मृत्युदण्डको सजाय दिएको तथ्य भेटाउन सकिँदैन । २०७४ सालमा बनेको फौजदारी संहिताले सजाय प्रणालीमा मानवताको सन्दर्भ जोडेको छ । निरोधात्मक र सुधारात्मक सजाय प्रणालीलाई अङ्गालेर कैद सजायको निर्धारण गरेको छ । नेपालमा उकालो चढिरहेको बलात्कारपछिको हत्याजस्तो अपराधको तथ्यले यसको अप्रभावकारितालाई छर्लङ्ग पारेको छ । कैद सजायको सट्टामा मृत्युदण्डको सजाय कानुन बनेको भए के यस्ता जघन्य अपराधले उकालो चढ्ने मौका पाउँथ्यो त ? मेरो मनलाई यस प्रश्नले पुनः विचलित बनायो ।
सामाजिक परम्परालाई कानुनको मुख्य जग मानिन्छ । यसैक्रममा पूर्वेली सभ्यताको विकासक्रममा नारीको अस्मिताउपर हानि पु¥याउने पुरुषले मृत्युदण्डको सजाय पाएका उदाहरणहरू रामायण र महाभारत आफैले छर्लङ्ग पारेका छन् । ‘आहार, निद्रा, भय, मैथुनञ्च सामान्यमेतत् पुशभिनंराणन् । धर्मो हि तेषामधिडो विशेषो हीना ः पशुभिः समान ः ।।’ अर्थात् स्त्रीसँग मर्यादा राखेर धर्मको चेष्टा गरिएन भने त्यो मानिस पशुसमान हुन्छ । यस संस्कृत श्लोकले यही प्रस्ट पार्छ कि नारीको अधिकार र अस्तित्वउपर हानि पु¥याउने व्यक्ति पशुसमान हुन्छ र निजले मानव हुने अधिकार गुमाउँछ ।
मैले फेरि सम्झेँ “आज त अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अरे ¤” तर मेरो मनमा खुसीको सट्टा पुनः प्रश्नहरू पो उठे । बलात्कार र सोपछिको हत्याजस्तो जघन्य अपराधको चपेटामा पीडित बन्न पुगेका निर्मला र भागीरथीजस्ता हजारौँ नारीले न्याय पाएका छैनन्, यस्तो अवस्थामा महिला दिवस मनाउनुको के अर्थ रह्यो त ? अपराधका तथ्य लुकाउने र अपराधलाई राजनीतिकरण गर्ने अपराधीहरूलाई चीनमा जस्तै कठोर सजाय र जघन्य अपराधका अपराधीलाई मृत्युदण्डको सजायको कानुनको बन्दोबस्त भए नारी दिवसको दिनमा मनमा यस्ता प्रश्न उठी दुःखी बन्नुपर्ने अवस्था आउँथ्यो र ?
महिला अधिकार र अस्तित्वविपरीतको बलात्कार र सोपछि हत्याजस्तो जघन्य अपराधलाई मृत्युदण्ड सजायको कानुन बनाउनुपर्छ भनी बहस गरिरहेको मन मस्तिष्कको ध्यान यी खबरहरूउपर ठोकियो जसमा आर्थिक प्रलोभन देखाई र शक्तिको दुरुपयोग गरी निर्दोष जनतालाई अपराध स्वीकार गर्न लगाएको छ । ‘हजार अपराधी छुटे पनि एक निर्दोषको बलि चढ्नु हुँदैन’ भन्ने अवधारणाबाट म पनि अवगत नै छु । “कठै बरा ¤ मेरो प्यारो देशको अवस्था कस्तो बन्न पुगेछ । मृत्युदण्डको सजायको कानुन बनेपश्चात् निर्दोषलाई यस्ता जघन्य अपराध गरेको भन्न लगाई प्रमाण फेरबदल गरी फसाएमा ती निर्दोषउपर भएको अन्यायको पश्चाताप कसले गर्छ त ? संविधानको धारा १६, यूडीएचआरको धारा ३ र आईसीसीपीआरको धारा ६ ले पनि बाँच्न पाउने अधिकारको व्यवस्था गरी अपराध गर्दैमा अपराधीले मानव भई जन्मेको अस्तित्व गुमाउँदैन भन्ने अवधारणा स्थापित गरेको छ । भूतकालमा नै मृत्युदण्डको सजाय अमानवीय र असभ्य स्वीकार गरी दुई कदम अघि सरेको नेपालले पुनः मृत्युदण्डको सजाय कानुनमा व्यवस्था गरी दुई कदम पछि सर्नु ठीक होला त ? मृत्यु दण्डको सजायको कानुन बनेमा समाजको सकारात्मक परिवर्तन हुन सक्छ भने दुई कदम पछि सर्नका लागि नेपालले कुनै सङ्कोच गर्नु हुँदैन । तर, विश्वमा कैयौँ राष्ट्रले सुधारात्मक सजाय प्रणालीमार्फत महिला अधिकारविपरीतका यस्ता जघन्य अपराध घटेको तथ्य पनि पाइन्छ ।
ट्रिङ्ग ! ट्रिङ्ग ! ट्रिङ्ग ! मेरो सिरानीमा राखिएको मोबाइलमा अलार्म बज्यो । बिहान सबेरै गाउँघरमा कुखुरा बासेको जस्तै सधैँ बिहान बज्ने यस आवाजले मलाई कलेज जाने समय भएको अवगत गरायो । भविष्यमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा मैले जस्तै अन्य नारीले आफैलाई यस्ता प्रश्न गर्नुपर्ने अवस्था नरहोस् र रहनेछैन भन्ने सुनौलो आशाका साथ म कलेज जानका लागि खाटबाट उठेँ ।
Leave a Reply