भर्खरै :

प्रेस स्वतन्त्रता कि स्क्रिप्ट स्वतन्त्रता ?

केही वर्षअघि ‘लुकेको अस्ट्रेलिया’ नामक एउटा वृत्तचित्र प्रदर्शनमा आएको थियो । सो वृत्तचित्रमा केही अस्ट्रेलियाली आदिवासीहरू एक मृतक साथीको कफिन छेउ जम्मा भई खानपिन गरेको दृश्य देखाइएको थियो । तर, सोही वृत्तचित्रको दृश्यलाई नव वर्षमा पुनःसम्पादन गरी भोजको दृश्यको रूपमा देखाइएको थियो । त्यसमा उपशीर्षक पनि राखिएको थियो । प्रस्तोताले ‘रक्सीको लतमा रहेका पीडित आदिवासी भेटेको दृश्य’ भनी उपशीर्षक लेखेका थिए । उनी मेलबोर्न गएर लागूपदार्थको समस्याको निरीक्षण गर्नेछन् भन्ने देखाइएको थियो । उक्त वृत्तचित्रलाई दर्शकले अस्वीकार गरेपछि प्रसारणबाट हटाइएको थियो । सो मिडियाले पनि दर्शकसँग माफी मागेको थियो ।
यस्ता नक्कली गतिविधिहरूबाट सो मिडिया कुन हो भन्ने कुरा तपाईँले थाहा पाइसक्नुभयो होला । सही हो, बीबीसी नै त्यो मिडियाको नाम हो । वास्तवमा नक्कली काम गर्न सिपालु हुनुका साथै प्रेस स्वतन्त्रताको नाममा बीबीसीले लामो समयसम्म धेरै नक्कली समाचार बनाएको छ । सन् २०१२ मा बीबीसीले सिरियामा बालबालिकालाई मारेको अवस्थालाई अतिरञ्जित बनाउन एकजना केटी थुप्रै शवका झोलाहरूबीच खेलिरहेको फोटो राखेको थियो । वास्तवमा उक्त फोटो नौ वर्षअघि एक इटालीका फोटोग्राफरले इराकमा खिचेका थिए । केही दिनअघि बीबीसीको ‘न्यूज आवर’ कार्यक्रमले अमेरिकी प्रजातन्त्र पार्टीका सिनेट कोरी बूकर दाबी गरिएको एक पुरूषसँग अन्तर्वार्ता लिएको थियो । तर, पछि तिनी व्यक्ति कोरी बूकर नभएको पत्ता लाग्यो । यस्ता दृष्टान्तहरू निकै धेरै छन् । बेलायती विद्वान र लेखक डेभिड सेडविकले ‘नक्कली समाचार कारखानाः बीबीसीका कथाहरू’ शीर्षक किताबमा पनि लेख्नुभएको छ । त्यसमा सन् २०२० सम्ममा बीबीसीमा सत्य बताउनेको सङ्ख्या पहिलेभन्दा धेरै कम हुनेमा विश्वस्त गरिएको छ ।
प्रेस स्वतन्त्रताको नाममा बीबीसीले विभिन्न देश र घटनाबारे यस्ता नक्कली समाचार स्क्रिप्ट बनाएको घटना नयाँ होइन । अहिले आएर बीबीसीले चीनको पनि त्यसरी नै नक्कली समाचार बनाउँदै आएको छ । हङकङको सन्दर्भमा बीबीसीले त्यहाँको अवस्था र शान्ति भङ्ग गर्ने हिंसालाई नहेरी व्यवस्थाको संरक्षण गर्ने हङकङ प्रहरीको मात्रै बदनाम गरेको छ । सिन्जियाङको विकासमा बेवास्ता गरी नक्कली प्रमाण बनाएर चीनमा मानव अधिकारको उल्लङ्घन भएको हल्ला फैलाइरहेको छ । आफ्नै देशमा नियन्त्रण बाहिर गएको महामारी अवस्थामा ध्यान नदिएर चीनको बदनामको प्रयास गरी चीन भाइरस उद्गमस्थल भन्ने धारणालगायत नक्कली खबरहरू फैलाइरहेको छ ।
तर विश्वमा सबैभन्दा ठूलो नक्कली खबर बनाउने मिडियालाई व्यवस्थापन गर्ने दाबी गरेको अफकमले फेब्रुअरी ४ मा चाइना ग्लोबल टेलिभिजन नेटवर्क अर्थात् सीजीटीएनलाई बेलायतमा प्रसारण निषेध गरेको छ । बीबीसीबाट सिन्जियाङमा मानव अधिकारको अवस्थाबारे प्रसारण गरेको सामग्रीको जवाफमा सीजीटीएनले सत्य रिपोर्ट प्रसारण गरेपछि सीजीटीएनमाथि राजनीतिक पक्षपात रहेको आरोप लगाइएको छ । त्यसपछि चीन सरकारले बीबीसीसँग कडा प्रतिवाद गरेको छ । साथै इन्टरनेटमा पनि धेरै आलोचना भएका छन् । इन्टरनेट प्रयोगकर्ताले बीबीसीलाई बाएस्ड ब्रोडकास्टिङ कर्पोरेसन (पूर्वाग्रही प्रसारण संस्था) भन्नुपर्ने बताएका छन् । केही इन्टरनेट प्रयोगकर्ताले बीबीसीले कस्तो तरिकाले वृत्तचित्र बनाउँछ शीर्षकमा भिडियो बनाएर बीबीसीको नक्कली समाचार बनाउने तरिकाबारे विश्लेषण गरेका छन् ।
त्यसयता विरोध झनै बढेको छ । मार्च ९ मा अस्ट्रेलियाका प्रसिद्ध युद्ध संवाददाता एवम् चलचित्र निर्देशक जोन पिलगर, तीन पटक ओस्कार पुरस्कार पाएका निर्देशक एवम पटकथाकार ओलिभर स्टोनलगायत विभिन्न बेलायत वा लामो समयसम्म बेलायतमा बसेका चलचित्र, मिडिया, संस्कृति क्षेत्रका व्यक्तिहरूले मिलेर सीजीटीएनमाथि अफकोमको निषेधको विरोध गरी ‘बोल्ने स्वतन्त्रताको संरक्षण’ शीर्षकको सार्वजनिक पत्रमा हस्ताक्षर गरेका छन् । पत्रमा लेखिएको छ, सबैलाई थाहा छ सीजीटीएन सार्वजनिक मान्यता पाएको चिनियाँ राष्ट्रिय मिडिया हो र त्यसको आधारमा दर्शकले सीजीटीएनको सेवा र कार्यक्रमको गुणस्तरमा मूल्याङ्कन गर्नसक्छन् । राष्ट्रिय मिडियाको रूपमा रहेको सीजीटीएनले बीबीसी, फ्रान्स टेलिभिजन र एनएचकेलगायत मिडियाको बराबर स्थान पाउनुपर्छ ।
प्रेस स्वतन्त्र छ, तर केही पश्चिमा प्रेसमा स्वतन्त्रता छैन, प्रेस स्वतन्त्र अनुपस्थित देखिन्छ । ढिलो चाँडो न्याय अवश्य हुन्छ र न्याय सधैँ उपस्थित रहन्छ भन्ने भनाइ छ । बीबीसीलगायत पश्चिमा मिडियाले आफ्ना नक्कली स्क्रिप्ट फिर्ता गरेर प्रेसलाई स्वतन्त्र बनाउनेछ । (सीआरआई)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *