भर्खरै :

नेमकिपा छैटौँ काठमाडौँ जिल्ला सम्मेलन (फागुन २३–२४) बाट पारित प्रस्तावहरू

-सार्वजनिक कमलपोखरीमा निर्माण गरिएको थबहीस्थित छायाँ कम्प्लेक्स भवन सार्वजनिकीकरण गर ।
-देशको सन्तुलित विकास गर । बस्ती र खेती विनाश हुने गरी काठमाडौँमा जनसङ्ख्याकेन्द्रित गर्ने तथा सडक चौडा गर्ने काम बन्द गर । काठमाडौँ उपत्यकामा विकास गरिने उपसहरको बजेट खारेज गरी अन्य जिल्लाको विकासमा खर्च गर ।
-काठमाडौँ बारा जोड्ने द्रुतमार्ग र चोभारको सुख्खा बन्दरगाह योजनाको बजेट खारेज गरी देशको अन्य जिल्लाको विकासमा व्यवस्था गर ।
-जिल्ला प्रशासन कार्यालय र महानगरपालिका तथा सबै नगरपालिकाले काठमाडौँ जिल्लाभित्र घर बहालमा बस्नेहरूको अभिलेख राख्ने व्यवस्था गर ।
-पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर । सार्वजनिक यातायातको बन्दोबस्त गर । सडक जाम अन्त्य गर ।
-सरकारी कार्यालयमा भइरहेको भ्रष्टाचार, ढिलासुस्ती र पक्षपात अन्त्य गर ।
-आवास विस्तारको निहुँमा निजी प्लटिङ र पर्ती जगा विनास बन्द गर । काठमाडौँका सांस्कृतिक नगरहरूको सुरक्षा गर ।
-मा.वि. शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर ।
-नेपालीलाई स्वदेशमा रोजगारीको व्यवस्था गर ।
-सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकको घर दैलोमा वितरण गर्ने व्यवस्था गर, भत्ता वितरणमा अनियमिता गरेका सबैलाई कारबाही गर ।
-काठमाडौँ जिल्लामा भएको धुलो, धुँवा, रसायन प्रदूषण अन्त्य गर र काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू सरकारको आ.व. २०७३/०७४ को बजेट वक्तव्यअनुसार उपत्यकाबाहिर अविलम्ब स्थानान्तरण गर ।
२०७७ फागुन २४

Leave a Reply

Your email address will not be published. Required fields are marked *