भर्खरै :

अमेरिकामा खड्कामाथि हमला साम्प्रदायिक घृणाको सिलसिला

संरा अमेरिकाको सान फ्रान्सिस्कोमा एक जना नेपाली चालकमाथि तीन जना युवतीहरूले गरेको दुव्र्यवहारको श्रव्यदृश्य सामाजिक सञ्जालमा चर्चित (भाइरल) भएको छ । ट्याक्सी चालक शुभाकर खड्काले आफ्नो सवारी साधनमा चढेका युवतीहरूलाई त्यहाँको नियमअनुसार मास्क लगाउन आग्रह गर्दा उनीहरू अटेरी भई मास्कमात्र नलगाएका थिएनन्, उल्टै खड्कामाथि भौतिक हमला गरी उनले लगाएको मास्कसमेत फालिदिएका थिए । उद्दण्ड युवतीहरूले खड्काको मोबाइलसमेत खोस्ने प्रयास गरेका थिए । सवारी साधनबाट बाहिरिने क्रममा ती युवतीहरूले खड्कामाथि पिरो धुलो (पेपर) समेत फालेको बताइएको छ ।
खड्कामाथिको हमला संरा अमेरिकामा विशेषतः कोभिड–१९ को महामारीयता बढ्दो एसियाली मूलका जनतामाथिको हमलाको सिलसिला हो । यसअघि संरा अमेरिकाका विभिन्न राज्यमा एसियाका विभिन्न देशका नागरिकहरू, विशेषतः चिनियाँ र पूर्वी एसियालीहरूमाथि कोभिड–१९ सँग जोडेर घृणामा आधारित हिंसा भएका थिए । संरा अमेरिकाका श्वेत सर्वोच्चतावादी सोचका व्यक्तिहरूबाट यस्ता हमला भएका थिए । तत्कालीन संरा अमेरिकी ट्रम्प सरकारले यस्ता जातीय र साम्प्रदायिक हमलालाई निरूत्साहित गर्नुको सट्टा राष्ट्रपति स्वयम्ले कोभिड–१९ भाइरसलाई ‘चाइना भाइरस’ भनेर प्रोत्साहन गरेका थिए । नेपाली चालक खड्कामाथिको दुव्र्यवहार त्यसैको पछिल्लो परिणाम हो ।

संरा अमेरिकालाई संसारकै सबभन्दा बढी मानव अधिकार र परिपक्व प्रजातन्त्र भएको देश ठान्ने मानिसहरूको नेपालमा पनि कमी छैन । नेपालमा पनि अमेरिकी ढाँचाकै राजनीतिक व्यवस्था स्थापना गर्न जोडबल गर्ने पश्चिमा शैलीको चिन्तन बोकेका नेपाली सुकिलामुकिलाहरूको पनि कुनै कमी छैन । तर, संरा अमेरिकी समाज कति विकृत र डरलाग्दो छ भन्ने कुरा आज नेपालकै एक जना आप्रवासी मजदुरमाथिको दुव्र्यवहारबाट प्रस्ट भएको छ । ती उद्दण्ड युवतीहरूले एसियाली मूलको भएकैले खड्कामाथि हमला गरेको उनको भनाइ छ । खड्काले उनीहरूलाई त्यहाँको नियममात्र सम्झाएका थिए । कोभिड–१९ रोकथामको लागि संरा अमेरिकामा सार्वजनिक स्थान र यातायातका साधनमा मास्क लगाउनु अनिवार्य गरिएको छ ।

त्यसो त संरा अमेरिकाको इतिहास नै घृणा र विभेदको इतिहास हो । संरा अमेरिकाको भौतिक निर्माणमा अतुलनीय योगदान गरेका अफ्रिकीहरू आज पनि विभेद र घृणाको शिकार बनेका छन् । त्यहाँ कालो छालाका मानिसमाथिको हिंसा नयाँ कुरा होइन । जर्ज फ्लोय्डमाथि गत वर्ष भएको अमानवीय र निर्मम हमलाले जातीय र रङ्गभेद त्यहाँ कति संस्थागत र गहिराइमा पुगेको छ भन्ने बुझ्न सजिलो बनाएको छ । वास्तवमा आज अमेरिकामा अफ्रिकी र एसियाली मूलका जनतालाई श्वास फेर्नसमेत दिइएको छैन । उनीहरू ‘हामीलाई श्वास फेर्न देऊ’ भनी आर्तनाद गरिरहेका छन् ।
संरा अमेरिकालाई संसारकै सबभन्दा बढी मानव अधिकार र परिपक्व प्रजातन्त्र भएको देश ठान्ने मानिसहरूको नेपालमा पनि कमी छैन । नेपालमा पनि अमेरिकी ढाँचाकै राजनीतिक व्यवस्था स्थापना गर्न जोडबल गर्ने पश्चिमा शैलीको चिन्तन बोकेका नेपाली सुकिलामुकिलाहरूको पनि कुनै कमी छैन । तर, संरा अमेरिकी समाज कति विकृत र डरलाग्दो छ भन्ने कुरा आज नेपालकै एक जना आप्रवासी मजदुरमाथिको दुव्र्यवहारबाट प्रस्ट भएको छ । ती उद्दण्ड युवतीहरूले एसियाली मूलको भएकैले खड्कामाथि हमला गरेको उनको भनाइ छ । खड्काले उनीहरूलाई त्यहाँको नियममात्र सम्झाएका थिए । कोभिड–१९ रोकथामको लागि संरा अमेरिकामा सार्वजनिक स्थान र यातायातका साधनमा मास्क लगाउनु अनिवार्य गरिएको छ । विशेषतः अघिल्लो सरकारका राष्ट्रपति अनुदार नेता ट्रम्प आफैले सुरूमा मास्क अनिवार्य गर्न मानेका थिएनन् । कोभिड–१९ महामारी हल्लामात्र भएको भनेका उनले गत वर्षको अन्त्यमा भएको निर्वाचनमा त्यही कारणले चुनावमा हार व्यहोर्नुप¥यो ।
टिप्पणीकारहरूले लेखेका थिए, “ट्रम्प त गए, तर ट्रम्प प्रवृत्ति भने अझै लामो समयसम्म रहनेछ ।” खड्कामाथिको हमलाले यही कुरा सङ्केत गरेको छ । राष्ट्रपति पद त्याग्ने अन्तिम घडीसम्म पनि उपद्रव र ध्वंस गर्न नछोडेका ट्रम्प अहिले सत्ताच्युत त भए । तर, उनले बोकेको मनोवृत्तिबाट अमेरिकी समाज अझै पनि पीडित छ । केही मानिसहरू यस्ता घटनालाई एकाध वा सामान्य भनेर अमेरिकी छविलाई जोगाउने प्रयास गर्न सक्छन् । तर, अमेरिकी समाजको जरामा फैलिएको यो रोग दिनानुदिन घातक बन्दै गएको छ । साँच्चै भन्नुपर्दा अमेरिकी शैलीको राजनीतिक व्यवस्थामाथि नै यतिबेला प्रश्न गर्ने समय आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *