नेपालमा संसद् विघटनको सृङ्खला (२०१७–२०८२) दस पटक विघटनको सिफारिस, पाँच कार्यान्वयन र सर्वोच्च अदालतको व्याख्या
- आश्विन १२, २०८३
समस्या र समाधान
जनकमिसार परिषद्को प्रवेश–कार्यालयले केन्द्रीय सोभियत संस्थाका सञ्चालकहरूकोमा कारबाहीको लागि गुनासो र निवेदनहरू पठाउने गथ्र्यो । डिसेम्बर १९२१ मा लेनिनलाई कामदार मानिसहरूको गुनासो र निवेदनहरूको प्रायः कुनै जवाफ नै आउँदैन र तिनको बारेमा केही पनि गरिँदैन भन्ने थाहा भयो । कामप्रतिको गैर–जिम्मेवारी र यस्तो हेलचेक्राईबाट दिक्क भएर लेनिनले सम्बन्धित केन्द्रीय संस्थाहरूका सञ्चालकहरूलाई डिसेम्बर, १९२१ मा लेख्नुभयो, “आदरणीय साथी, हजुरको कार्यालयमा भएका लाल फिताशाही तथा नोकरशाही कुकृत्यलाई सदाका लागि अन्त्य गर्नुपर्छ । जनकमिसार परिषद् र त्यसको अध्यक्षको नाममा लेखिएका बहुसङ्ख्यक गुनासा तथा निवेदनहरूको रूपमा आउने महत्वपूर्ण र तुरुन्त हल गर्नुपर्ने मामिलाको कुनै जवाफ आएको तथा कार्यान्वयन भएको छैन । जुन जनकमिसार परिषद्को प्रवेश–कार्यालयले तपाईँसमक्ष पठाएको थियो ।
“आफूलाई तुरुन्त व्यवस्थित गर्नुहोस् र यसलाई चेतावनी सम्झिनुहोस् । सोभियत प्रशासनको कर्मचारीतन्त्रले अचुक ढङ्कले, इमानदारीपूर्वक, अविलम्ब काम गर्नुपर्छ । अलग–अलग व्यक्तिका हितहरूमा हानिकारक हुनुबाहेक यस्तो लपस्तरोपनले सम्पूर्ण काममा मृगतृष्णाजस्तो एकप्रकारको अयथार्थता उत्पन्न गरिरहेको छ ।”
अबदेखि प्रवेश–कार्यालयबाट आउने सबै पत्रहरू र सोधपुछहरूको तुरुन्त विस्तृत जवाफ दिनुपर्छ भनी लेनिनले माग गर्नुभयो । र, चेतावनी दिनुभयो, “जनकमिसार परिषद्को प्रवेश–कार्यालयलाई दोषी व्यक्तिको पदलाई नहेरीकन तलबमुक्त गरिदिने अधिकार छ ।”
सोभियत संस्थाका प्रशासनका नियमहरूको मस्यौदामा कुनै सोभियत संस्थामा मानिसहरूसँगको भेटघाटलाई कसरी व्यवस्थित गर्नुपर्छ भनी लेनिनले विस्तारमा लेख्नुभयो । कुनै गुनासो अथवा दरखास्त दिनुपर्ने नागरिकलाई सम्बन्धित संस्थामा कुनै कठिनाइबिना स्वतन्त्रताका साथ प्रवेश गर्न दिनुपर्छ भन्ने उहाँको आदेश थियो । हरेक मामिलालाई उचित स्थानमा पठाउने र त्यसमाथि उचित कारबाही हुने ग्यारेन्टी हुनुपर्छ, उहाँले भनिरहनुहुन्थ्यो ।
“प्रत्येक सोभियत संस्थाका लागि” लेनिनले लेख्नुभएको थियो, “भवन भित्रमात्र होइन बाहिर पनि मानिसहरूसँग भेटघाटको दिन र समय लेखिएका सूचनापाटी लगाउन जरुरी छ । ताकि कुनै प्रकारको पासको लागि निवेदन दिनुअगावै मानिसहरूलाई सूचना प्राप्त होस् । मानिसहरू बिनारोकटोक आउन–जान सक्ने ठाउँमा नै भेटघाटको प्रबन्ध हुनुपर्छ ।”
“प्रत्येक सोभियत संस्थाले एउटा भेटघाट–रजिस्टर बनाउनुपर्छ, जसमा यथासम्भव सङ्क्षेपमा भेटघाटकर्ताको नाम, भेटघाटको विषय–विवरण र त्यो मामिला पठाइएको विभागको नाम उल्लेख हुनुपर्छ ।”
“भेटघाटको समय शनिबार र छुट्टीका दिनको लागि पनि निश्चित गर्नुपर्छ ।”
ढिला–सुस्तीको विरुद्धमा लड्ने, भ्रष्टाचारका मामिलालाई भण्डाफोर गर्ने र बेइमान कर्मचारीहरूको पर्दाफास गर्ने ध्याउन्न उहाँमा हरपल हुन्थ्यो । यही उद्देश्य हासिल गर्न लेनिनले सोभियत संस्थाहरूको काममा कडाइका साथ नियम–पालनालाई एकदमै महत्व दिनुहुन्थ्यो ।
लेनिनलाई जनतामाथि दृढ विश्वास थियो । उनीहरूलाई सङ्घर्षको लागि सङ्कठन गर्न जति उहाँले जान्नुभएको थियो त्यति अरू कसैले जान्दैनथे । युद्ध र आर्थिक सङ्कटका वर्षहरूमा कामदार जनताहरूले जुन अभाव र कठिनाइहरू भोग्नु परेको थियो, त्यसबाट लेनिन भली–भाँती परिचित हुनुहुन्थ्यो । उहाँले आम मानिसका समस्याहरूलाई गहिरोगरी महसुस गर्नुहुन्थ्यो ।
उहाँले जनतासँगको निकट सम्बन्धलाई सोभियत सत्ताको सम्पूर्ण उपलब्धि र विजयहरूको ग्यारेन्टी मान्नुहुन्थ्यो । र, परिस्थिति चाहे जतिसुकै कठिन किन नहोस्, त्यसलाई जनतासँग कहिल्यै लुकाउनुहुन्नथ्यो । उहाँले प्रायःजसो सोभियत सत्ताको सम्पूर्ण शक्तिको आधार मजदुरहरूको विश्वास र उनीहरूको चेतना हो भन्ने कुरामा जोड दिनुहुन्थ्यो ।
हस्तक्षेपकारी शक्तिहरूको नयाँ संयुक्त हमलाको सम्भावना देखेर लेनिनले अखिल रुसी केन्द्रीय कार्यकारिणी समिति, मस्को सोभियत, कारखानाका समितिहरू र टे«ड–युनियनहरूको एउटा संयुक्त बैठकमा २२ अक्टोबर १९१८ मा आÇनो रिपोर्टमा भन्नुभयो, “मलाई लाग्छ, जुन खतरा हामीमाथि मडारिइरहेको छ, त्यसको अनुभूति जनतालाई शायदै होला ¤ हामीले तबमात्र काम गर्नसक्छौँ जब हामीलाई जनताको समर्थन प्राप्त हुन्छ । त्यसैले जनतालाई वर्तमान परिस्थितिको सम्पूर्ण सच्चाइसँग परिचित गराउनु सोभियत प्रतिनिधिहरूको मुख्य कार्यभार हो, चाहे परिस्थिति अति प्रतिकूल नै किन नहोस् ।”
एघारौँ पार्टी अधिवेशनमा भाषण गर्दै लेनिनले यस विचारलाई यी शब्दहरूमा अझै जोडदार ढङ्कले व्यक्त गर्नुभयो ः “अन्त्यमा हामी जन–समुदायमा त्यस्तै हाँै, जस्तो समुद्रमा एक थोपा पानी । हामीले उनीहरूको नेतृत्व तबमात्र गर्न सक्छौँ, जब हामीले उनीहरूका आकाङ्क्षाहरूलाई समुचित अभिव्यक्ति प्रदान गर्छौँ । यसको अभावमा कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको नेतृत्व गर्न पाउनेछैन, सर्वहारा वर्गले जनताको नेतृत्व गर्न पाउनेछैन र सारा तन्त्र टुक्रा–टुक्रा भई छितरिनेछ ।”
लेनिनको निर्विवाद प्रतिष्ठा र उहाँप्रति जनताको असीम स्नेहको स्रोत थियो, जन–समुदायमा, मजदुरहरूको वर्गीय सहजबोधमा उहाँको गम्भीर विश्वास । मजदुर, सैनिक र गरिब किसान समुदायहरूमा उहाँको भाषणको निरपवादरूपले उत्साहपूर्ण प्रभाव हुन्थ्यो । लेनिनको आह्वानमा कामदार जनताहरू अक्टोबर क्रान्तिका उपलब्धिहरूको रक्षाको निम्ति कुनैपनि अभाव झेल्न तयार रहन्थे । जस्तोसुकै योगदान दिन बिनाहिच्किचाहट अगाडि आउँथे ।
सोभियत राज्यको प्रमुखको रूपमा लेनिनले सामूहिक नेतृत्वको सिद्धान्तलाई कडाइका साथ पालना गर्नुहुन्थ्यो । उहाँको प्रतिष्ठा अपार थियो, र पनि जनकमिसार परिषद्को अध्यक्षको रूपमा लेनिनले कहिल्यै पनि समस्याहरूको फैसला व्यक्तिगतरूपमा गर्नुहुन्नथ्यो । उहाँले हरेक कार्यकर्तालाई पहलकदमी देखाउन प्रोत्साहित गर्नुहुन्थ्यो । उहाँले मानिसहरूलाई आफूसँग भएको अधिकारले दबाब दिएर होइन्, सम्झाएर–बुझाएर कायल पार्नुहुन्थ्यो । लेनिनको दायाँ–बायाँ चाकडी र चाप्लुसीको कुरा सोच्न पनि सकिन्नथ्यो । जनकमिसार परिषद् वा श्रम तथा प्रतिरक्षा परिषद्का बैठकहरूमा विचाराधीन प्रश्नहरूमाथि सबै वक्ताहरूले स्वतन्त्ररूपमा आ–आÇनो राय प्रकट गर्थे । प्रश्नहरूको हल भोटबाट गरिन्थ्यो । प्रायः तात्तातो बहस पनि हुन्थे । कहिलेकाँही जनकमिसार परिषद्का सदस्यहरूको बहुमतबाट स्वीकृत गरेको निर्णयसँग लेनिनको मतभेद पनि हुन्थ्यो । उहाँले बहुमतको कुरा स्वीकार गर्नुहुन्थ्यो । तर, यदि कुनै नियमको कुरा भएमा उहाँले त्यसलाई बारम्बार उठाइरहनुहुन्थ्यो । र, अखिल रुसी केन्द्रीय कार्यकारिणी समिति, पोलिटब्युरो, केन्द्रीय समितिको पूर्णाधिवेशन, यहाँसम्म कि पार्टी अधिवेशनमा पनि पेश गर्नुहुन्थ्यो ।
उदाहरणको लागि, उद्योगहरूको सञ्चालनमा ऐकिक प्रबन्धको सिद्धान्तको लागि लेनिनले कति अडिग सङ्घर्ष गर्नुभएको थियो भन्ने कुरा सर्वविदितै छ । डेसिस्ट (१) हरूले असीमित सामूहिक प्रशासनको समर्थन गर्थे । उनीहरू ट्रेड–युनियन र प्रशासनिक निकायहरूका जिम्मेवार पदमा थिए । लेनिनले ऐकिक प्रबन्धको समर्थन गर्दै अनेक भाषणहरूमा उनीहरूको विरोध गर्नुभयो । र, यो पद्धतिले अन्य सबै पद्धतिहरूको अपेक्षामा व्यक्तिका योग्यताहरूको पूर्णतम उपयोग तथा गरिने कामको मौखिक मात्र नभई वास्तविक जाँचको ग्यारेन्टी गर्छ भनी साबित गर्नुभयो ।
ऐकिक प्रबन्धसम्बन्धी बहस ट्रेड–युनियन साथै प्रशासनिक कर्मचारीको विस्तृत क्षेत्रहरूमा चलिरहेको थियो । मेरो राय सही छ भन्ने लेनिनलाई दृढ विश्वास थियो । त्यसैले उहाँले अखिल रुसी केन्द्रीय ट्रेड–युनियनका परिषद् (२) का इकाइहरू, राष्ट्रिय आर्थिक परिषद् (३) को तेस्रो अधिवेशन, जल–परिवहन कार्यकर्ताहरूको तेस्रो अधिवेशन आदिमा यस बारेमा तथ्य राख्नुभयो । तर, उहाँलाई पर्याप्त समर्थन प्राप्त भएन । पछि यहि प्रश्नलाई नवौँ पार्टी अधिवेशनमा विचारार्थ पेश गर्नुभयो ।
पार्टी अधिवेशनमा डेसिस्टहरूले आÇनो फैसलालाई मनाउन नयाँ प्रयत्न गरे, तर असफल भए । अधिवेशनले लेनिनद्वारा समर्थित प्रस्ताव स्वीकार ग¥यो ।
प्रस्तुतिः आरम्भ
Leave a Reply