इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
सधैँझैँ शनिबार ३ बजेतिर ‘मजदुर’ ग्राहकहरूको घरमा पु¥याउने क्रममा ललितपुर मङ्गलबजारको पूर्वको बखुंबहालमा एक साथीसँगै पुगेँ, शताब्दी पुरुष सत्यमोहन जोशीको निवास लोक साहित्य भवनमा । भवन निर्माण गर्ने क्रममा मार्बल राख्ने मजदुरहरूसँग सोधेँ, सत्यमोहन सर कहाँ हुनुहुन्छ ? जवाफमा सँगैको घरमा हुनुहुन्छ भन्ने जानकारी भयो । बाहिर निक्लिनेबित्तिकै भेटेँ, अभिवादन गरेँ, चिनापर्ची भयो । स्वास्थ्यबारे जानकारी लिएँ, सुस्वास्थ्यको कामना गरेँ । उहाँलाई हामीलाई चिन्न गाह्रो भयो । टोखाबाट आएको भनेबित्तिकै सम्झिनुभयो र खुसी हुनुभयो ।
भलाकुसारीको सुरुमै देशका सत्तासीन पार्टीबारे विश्लेषण गर्दैै उहाँले भन्नुभयो, नेमकिपाले मात्र आफ्नो प्रतिष्ठा जोगाउन सफल भएको छ । कम्युनिस्ट सिद्धान्त र विचारमा स्पस्ट धारणा राख्न सक्ने पार्टी बनेको छ । यो राम्रो कुरा हो । अरू पार्टीले देश र जनतालाई चित्त बुझाउन सकेनन् । यो पार्टीलाई पनि कर्णालीका कार्यकर्ताहरूले धोका दिए । नत्र, कर्णाली र भेरी अञ्चल पनि कब्जै हुने थियो । कार्यकर्ताहरू पद र पैसाको लोभमा फसे, पार्टी र देशलाई घात गरे तर पनि पार्टीको नीति र सिद्धान्तलाई जोगाई देश र जनताको सेवा गर्ने पार्टीको रूपमा स्थापित गर्न सकेको ठानेको छु ।
‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिक पत्रिकाबारे उहाँले भन्नुभयो, पत्रिकामा आउने लेख रचना अति महत्वपूर्ण छ । विश्वका महान् नेताहरू कार्ल माक्र्सदेखि माओ त्सेतुङ र फिडेल क्यास्ट्रोबारे आएका लेख र आलेखबारे महत्वपूर्ण सन्देशहरूको जानकारी राम्रो छ । देशको अवस्थाबारे चिन्तित भएको पाएँ । गलत व्यक्तिहरूलाई देशको जिम्मा दिएर जनताको चेतनास्तर उठ्न नसकेको हो । पत्रिकामा चीन, कोरिया, क्युवा र रूससँगै अन्य महादेशहरूको समाचारले पत्रिकाको स्तर उच्च रहेको छ ।
भलाकुसारीको क्रममा उहाँले सन् १९६६ तिर चीन भ्रमणसँगै प्रजग कोरिया जाँदाको अनुभव सुनाउनुभयो । कोरियामा बस्दा दुई देशको मित्रता मजबुत बनाउन अङ्ग्रेजी भाषामा लेखिएको कविताबारे बताउँदै सोध्नुभयो, तपार्इँहरूसँग त्यो बेला निस्केको अङ्ग्रेजी भाषाको ‘प्योङयाङ टाइम्स’ सङ्ग्रहित गर्नुभएको छ कि ? मैले सोधेर खबर गर्छु भनँे । त्यस पत्रिकामा धाराबाहिकरूपमा उहाँले लेख्नुभएको कविता प्रकाशित गरेको स्मरण गराउँदै आफूले त्यो पत्रिका सुरक्षितसाथ राख्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो । हामीले कार्यालयमा सङ्ग्रहित गरेको रहेछ भने लिएर भेट्न आउने कुरा राखी बिदा हुन खोजेँ । अन्तमा, उहाँले ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकबारे सुझाव दिनुभयो ।
१) अक्षर सानो भयो । चस्माले पनि भ्याउन सकेन । वृद्ध वृद्धाहरूको लागि पढ्न सजिलो बनाउन अनुरोध छ । महत्वपूर्ण समाचारलाई प्राथमिकता दिएर अनावश्यक समाचार कम दिएर अक्षर ठूलो बनाउने कि !
२) विशिष्ट व्यक्तिहरूबारे र अन्तर्राष्ट्रिय लेखहरूमा महत्वपूर्ण विचार र भनाइलाई हाइलाइट गरे पाठक आकर्षित हुनुका साथै स्मरण गर्न सजिलो हुनेछ ।
३) पत्रिकाको अवमूल्यन हुन नदिन ग्राहकहरूलाई निःशुल्कमा वितरण नगरी ग्राहक बनाएरै वितरण गरे पत्रिकाको निरन्तर प्रकाशनमा सहयोग हुनेछ ।
Leave a Reply