भर्खरै :

भक्तपुरमा चालू छ खेल उत्सव

भलिबल प्रतियोगितामा पद्म मावि प्रथम
भक्तपुर, १ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा गत फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भइरहेको भलिबल प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो ।
भलिबल प्रतियोगिताको छात्रतर्पm पद्म माविले प्रथम स्थान, वागीश्वरी माविले द्वितीय स्थान तथा ख्वप माविले तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरूलाई प्रमुख प्रजापतिले पदक तथा प्रशंसापत्र वितरण गर्नुभयो ।

त्यसैगरी छात्रातर्पmको भलिबल प्रतियोगितामा उत्कृष्ट हुन सफल पद्म माविले प्रथम स्थान, ख्वप माविले द्वितीय स्थान र वागीश्वरी माविले तृतीय स्थानका खेलाडीहरूलाई उपप्रमुख रजनी जोशीले पदक तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
छात्रतर्पm उत्कृष्ट खेलाडीको उपाधी पद्म माविका प्रदिप तोलाड्ड घोषित भएको थियो भने छात्रातर्पm पद्म माविकै स्मृति खड्काले सो उपाधी पाउनुभएको थियो ।
आइतबार सम्पन्न प्रतियोगिताका सबै उत्कृष्ट विद्यालय र उत्कृष्ट खेलाडीहरूलाई ट्रोफी वितरण चैत ३ गते हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समापन समारोहमा गरिनेछ ।
टेबुलटेनिसमा प्रोक्सिमा सर्वोत्कृष्ट
विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बासु मावि, कालिघाटमा भइरहेको टेबुल टेनिस प्रतियोगिताको समापन कार्यक्रम आइतबार सम्पन्न भयो ।
टेबुलटेनिस प्रतियोगिताको विभिन्न इभेन्टस्मा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख प्रजापतिले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा ब्वाईज टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, द राईजिङ इङ्गलिश स्कूल द्वितीय तथा हिमालयन ग्लोरी इङ्गलिश स्कूल र जेन्यूइन सेकेन्डरी स्कूल तृतीय हुन सफल भएका छन् भने गल्र्स टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, प्रभात इङ्गलिश स्कूल द्वितीय तथा जेन्यूइन सेकेन्डरी स्कूल र माउन्ट भ्याली स्कूल तृतीय हुन सफल भए ।

त्यसै गरी ब्वाईज यु–१६ इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका उज्ज्वल न्हुछे प्रथम, प्रभात ई. स्कूलका प्रज्ज्वल गोथे द्वितीय र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका सफल लामा र हिमालयन ग्लोरी ई. स्कूलका विमित पञ्च तृतीय हुन सफल भए ।
गल्र्स यु–१६ इभेन्टमा भने प्रोक्सिमा इन्टरनेशनल एकेडेमीकी दिया देउला प्रथम, प्रभात ई. स्कूलकी आरती सुवाल द्वितीय र प्रभात ई. स्कूलकै कृतिका तामाङ र प्रदिपा सुवाल तृतीय हुन सफल भए ।
प्रतियोगिताको अर्को इभेन्ट ब्वाईज यु–१२ मा माउण्ट भ्याली ई. स्कूलका सोहन गोर्खाली प्रथम, प्रोक्सिमा ईन्टरनेसनल एकेडेमीका विशाल कवां द्वितीय र प्रभात ई. स्कूलका रोशन त्यात र माउण्ट भ्याली ई. स्कूलका अभिनव अधिकारी तृतीय हुन सफल भए ।
गल्र्स यु–१६ इभेन्टमा भने प्रभात ई. स्कूलकी क्यारिना सुवाल प्रथम, प्रोक्सिमा इन्टरनेशनल एकेडेमीकी नर्मदा खाइतु द्वितीय र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीकै सृष्टिका लिवी र प्रभात ई. स्कूलकी सौरभी कोजू तृतीय हुन सफल भए ।
अन्तर नगरपालिका बुद्धिचाल चालू
भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणका खेलहरू सम्पन्न भयो ।
भक्तपुरको जगातिस्थित महेश्वरी बैङ्क्वेटमा सञ्चालित खेलमा ललितपुर मनपा र हेटौँडा उपमनपा समान ६ अङ्कका साथ संयुक्तरूपमा शीर्ष स्थानमा रहेका छन् । ललितपुरले दोस्रो खेलमा भक्तपुर नपालाई ३.५—०.५ अङ्कले हरायो भने तेस्रोमा भीमेश्वर नपालाई रोचक प्रतिस्पर्धात्मक खेलमा २.५—१.५ अङ्कले माथ ग¥यो ।
हेटौँडाले दोस्रो राउन्डमा काठमाडौँको गोकर्णेश्वर नपालाई २.५–१.५ अङ्कले र तेस्रोमा काठमाडौँ महानगरलाई ३–१ ले पराजित ग¥यो ।

स्वीस लिग ७ राउन्डको खेल हुने प्रतियोगितामा झापाको दमक नपा २ जित र एक बराबरी गरी ५ अङ्कका साथ तेस्रो स्थानमा छन् । दमकले दोस्रो राउन्डमा काठमाडौँको नागार्जुन नपालाई ४–० ले हरायो भने तेस्रोमा काठमाडाँैको गोकर्णेश्वर नपासित बराबरी खेल्यो ।
त्यसैगरी भक्तपुर नपाका दुवै टीम समान ४ अङ्कका साथ संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन् । यस्तै गरी कामनपा, टोखा नपा, मेची नगर नपा, भीमेश्वर नपा र बनेपा नगरपालिकाले पनि समान ४ अङ्क जोडेका छन् ।
चारदिने प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरू सहभागी छन् ।
सोमबार बिहान ८ः०० बजे चौथो र अपराह्न १ः३० बजे पाँचौँ चरणका खेलहरू हुनेछन् ।
फुटसल
सहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय नगरव्यापी फुटसल प्रतियोगिताको उद्घाटन भनपा वडा नं. ४ का वडा अध्यक्ष कुमार चवालले एन्फा रेफ्रिहरू जोन महर्जन र राजेश शाक्यलाई बल हस्तान्तरण गरी आइतबार गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष चवालले खेल हार–जितभन्दा मित्रवत र अनुशासितरूपमा खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले खेलकुदको माध्यमबाट युवा पुस्तालाई विकृति–विसङ्गतिबाट जोगाउने धारणा राख्नुभयो ।
भक्तपुर नगर खेलकुद समितिका संयोजक एवम् भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले युवाहरू भविष्यका कर्णधार भएकाले देशको रक्षा र सार्वभौमसँग जोडिने गरी खेलकुदलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।

भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले अनुशासितरूपमा खेल खेल्न खेलाडीहरूलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला खो खो सङ्घका अध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष गौतम सुजखु, रामकृष्ण प्रजापतिलगायतले बोल्नुभएको थियो ।
आइतबार क्वाटर फाइनलसम्मका खेलहरू सम्पन्न भए भने सोमबार बिहान ९ः०० बजे प्रभात र सनसाइनबीच तथा डेमोस र रोम्बसबीच सेमिफाइनल खेल हुनेछ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल सोमबार दिनको १२ः०० बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *