भर्खरै :

एमाले र समाजवाद

– निर्जला
२–४ कक्षामा पढ्ने विद्यार्थीले गाई, भैंसी, घोडा, गधाजस्ता केही जनावरको निबन्ध पढेको थियो । शिक्षकले कक्षामा विद्यार्थीहरूलाई मानिसको निबन्ध लेख्न भने । एक विद्यार्थीले लेख्यो –‘मानिस दुई खुट्टे जनावर हो । खुरको ठाउँमा जुत्ता हुन्छ, कपालको ठाउँमा याल हुन्छ । मानिसको सिंग हुँदैन, मानिसले भात खान्छ आदि आदि ।’ जसरी दुई चारवटा जनावरको निबन्ध लेख–पढ् गरेको विद्यार्थीले मानिसको निबन्ध लेख्या हाँसो उठ्छ – त्यस्तै कम्युनिष्टको नाउँको पार्टी सरकारमा एक–दुईपटक मन्त्री बनि टोपलेका एमालेका मन्त्रीहरूले समाजवादका चार खम्बा बताए– निःशुल्क शिक्षा, निःशुुल्क स्वास्थ्य उपचार, ज्येष्ठ नागरिकको बन्दोबस्त र शिशु शाला !
नेपालको संसदमा समाजमा देखिएको विकृति र बिसंगतिबारे तत्काल गर्न सकिने केही सुधारका विषय केही दलले सुझाएको विषयलाई एमाले नेताहरूले समाजवादको खम्बा सम्झे । समाजवाद मजदुर वर्गको शासन हो, जहाँ उत्पादनको मुख्य मुख्य साधनहरू कल–कारखाना र सेवा राष्ट्रियकरण र सामाजिकीकरण गरिएको हुन्छ, व्यक्तित्व विकासमा समान अवसर प्राप्त हुन्छ र योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ । समाजवादमा ज्येष्ठ नागरिकहरूलाई २–४ सय मासिक भत्तामात्र होइन बरु ज्येष्ठ नागरिकहरूबाहेक असक्षम, बिरामी, नाबालक जस्ता असहायहरूलाई जीवनको सुनिश्चितता प्रदान गरिएको हुन्छ । त्यस्तै समाजवादमा निःशुल्क शिक्षा होइन अनिवार्य शिक्षा हुन्छ, जसमा गाउँ र गल्लिका विद्यालय र राजधानी र सहरहरूका महँगा विद्यालयहरूकै जस्ता स्तरीय शिक्षा, शिक्षालाई उत्पादन श्रमसँग मिलाएको शिक्षाको सुनिश्चितता हुन्छ । राणाकाल र अहिले पनि त्रिभुवन विश्वविद्यालयको शिक्षा झण्डै तुलनात्मक रुपले उच्च शिक्षासम्म निःशुल्क छ, तर त्यो अनिवार्य र समाजवादी शिक्षा होइन । निःशुल्क स्वास्थ्यलाभको वकालत गर्ने एमालेका सरकारहरूले के एमाले नेताहरूलाई जस्तै नेपालका साधारण जनतालाई पनि विदेशमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका छन् ? यसकारण एमालेका एक पूवृ अर्थमन्त्रीको समाजवाद मानिसको निबन्ध लेख्ने विद्यार्थीकै समाजवादको जानकारी हो ।
पाँच–६ कक्षामै कालु भन्ने कथाको पात्र र एमालेका नेताहरू उस्तै छन् । सधैं ब्वाँसो आयो ब्वाँसो आयो भनी किसानहरूलाई झूट बोल्ने केटोलाई किसानहरूले पत्याउन छोड्छन् । एकचोटि साँच्चैको ब्वाँसो आउँदा कालूको गुहार कसैले सुन्दैन र उसको पशु ब्वासोले लग्दा रोइरहेको देख्छन् ।
आफूलाई कम्युनिष्ट, माक्र्सवादी, लेनिनवादी र आमूल परिवर्तनवादी र क्रान्तिकारीको झूटो कुरा गर्ने एमाले नेताहरू साँच्चै देशमा क्रान्ति हुँदा कालु जस्तै रोएर भारत भाग्ने स्थिति भोग्नुपर्नेछ । त्यसबारे त एमालेका अध्यक्ष र पहिलो प्रधानमन्त्री मनमोहनजीसँग ‘न्युज वीक’ भन्ने एक अमेरिकी पत्रकारले के तपाईंको पार्टी साँच्चै कम्युनिष्ट पार्टी हो र ? भन्ने प्रश्न गर्दा मनमोहनजीले प्रस्ट पारेका थिए – नेपालका जनता कम्युनिष्टलाई मन पराउँछन्, यसकारण निर्वाचनमा मत लिन एमालेले कम्युनिष्ट भन्नैपर्छ । त्यो नाम त खाली सामानको ‘मार्का’ (ट्रेड मार्क) जस्तो मात्रै हो । त्यसको अर्थ हो एमाले साँचो कम्युनिष्ट होइन । यसरी एमालेले नेपाली जनतालाई ठगेको सुनेर फ्रान्सेली कम्युनिष्टहरू पेट मिचीमिची हाँसेका थिए ।
त्यस्तै २०४८ सालको निर्वाचनको बेला समाजवाद आउन २ सय वर्ष लाग्ने बताए । सत्य त्यही हो भने अहिले एमालेको जरुरी नेपालमा छैन । ‘बहुदलीय जनवाद’ को अर्थ ‘बहुदलीय प्रजातन्त्र’ हो । त्यसबारे नेपालमा वकालत गर्ने पहिलो व्यक्ति बी.पी. हुन् । यसकारण एमाले भाइकांग्रेस भएको सावित हुन्छ । पूँजीवादी प्रजातन्त्र, जनतन्त्र, लोकशाही र जनवादको अंग्रेजीमा ‘डेमोक्रेसी’ नै हो । एमाले नेता मदन भण्डारीले भन्दैमा ‘जनवाद’ को अर्थ समाजवाद हुने गर्दैन । उनी नेपालका वर्नस्टिनमात्र हुन् ।
सरकारमा गएपछि निर्वाचनको घोषणापत्रअनुसार र पार्टी कार्यक्रमअनुसार काम गर्नु हरेक राजनैतिक दलको कर्तव्य हो । एमालेले मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल र के.पी. ओली गरी ४ पटक सरकारको नेतृतव ग¥यो । खोई त समाजवादलाई कार्यान्वयन गरेको ? यसको जवाफ दिनु एमालेको कतृव्य हो । हेरौं एमालेले समाजवादलाई कसरी लिएको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *