भर्खरै :

बारबर्दिया नपामा नेमकिपाको उम्मेदवारी दर्ता

बर्दिया, ४ असार । नेपाल मजदुर किसान पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको निम्ति बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ । पार्टीका तर्फबाट नगर प्रमुखमा विनोदबहादुर वलि, उपप्रमुखमा मन्जु चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
त्यस्तै वडा नं १० मा वडा अध्यक्ष पदमा मनबहादुर खत्रीसहित डम्बर खत्री, भरत थारु र जगमती चौधरीले वडा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । वडा नं ११ मा भने महिला सदस्यतर्फ सीताकुमारी थारुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *