भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुुर, ३ असार । भक्तपुरको लिवालीस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटरमा एस्.ई.ई. र दश जोड दुई परीक्षा दिई बसेका विद्यार्थीहरुलाई १५ दिने फोटोग्राफी तालिमको प्रस्तुति कार्यक्रम शनिबार सम्पन्न भयो ।
विशेषगरी नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुलाई सीपमूलक र दक्ष विद्यार्थी तयार गर्ने हेतुले सो कार्यक्रम आयोजना गरिएको स्कुलका निर्देशक बालकृष्ण बनमालाले बताउनुभयो । निःशुल्क रुपमा दिईएको तालिमबाट प्रशिक्षार्थीहरुले भक्तपुरका विभिन्न किसिमका फोटोग्राफी लिई प्रस्तुति दिएका थिए ।
कार्यक्रममा फोटोग्राफर नारायण महर्जन, चन्द्र चक्रधर, नारायण प्रसाद बोहजू र लक्ष्मण कर्माचार्यले फोटोग्राफीका व्यवहारिक, सैद्धान्तिक र प्राविधिक विषयमा मार्ग निर्देश गर्नुभएको थियो ।
फोटोग्राफर नारायण महर्जनले समाजमा भएका राम्रा र नराम्रा पक्षलाई फोटोमार्फत प्रस्तुत गर्ने कला नै फोटोग्राफी हो भन्नुभयो ।
कार्यक्रम आयोजक समितिका बालकृष्ण बनमालाले फोटोग्राफी सम्बन्धी भएका विभिन्न तालिमहरुले भक्तपुरमा फोटोग्राफरहरुको कमीलाई पूर्ति गर्न थालेको बताउनुभयो । उहाँले हरेक वर्ष भइरहेका यस्ता तालिमले प्रशिक्षार्थीहरुलाई आफ्नो क्षमता अभिवृद्धि गर्न सहयोग पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।
Leave a Reply