भर्खरै :

के महँगी घटेकै हो ?

महँगीले आम उपभोक्ताको ढाड सेकिरहेको बेला नेपाल राष्ट्र बैङ्कले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै महँगी घटेको बताएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति विषयको मासिक प्रतिवेदनले देशमा महँगी घटेको देखाएको हो । राष्ट्र बैङ्कको प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले महँगी २.७० प्रतिशतमात्र रहेको छ । यो माघ मसान्तसम्मको अवस्था हो । त्यसको एक महिनाअघि देशमा ३.५६ प्रतिशत महँगी रहेको प्रतिवेदन राष्ट्र बैङ्कले सार्वजनिक गरेको थियो । अघिल्लो महिनाको तुलनामा यस अवधिमा महँगी घटेको देखिन्छ ।
प्रतिवेदनअनुसार माघमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यमा वृद्धि २.७० प्रतिशतमात्र रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ६.८७ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.४४ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा यो माघमा फलफुल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरू उपसमूहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।
के महँगी घटेकै हो ? महँगी छ या छैन र कति छ भनी पत्ता लगाउन उपभोक्ता बनेर देशव्यापी बजार अनुगमन गरिनुपर्छ । राष्ट्र बैङ्कको प्रतिवेदन तयार पार्न बजारको अनुगमन गरिएकै हो र भन्ने प्रश्न उठेको छ । कार्यालयमै बसेर थोक व्यापारीसित मगाएको मूल्यसूचीको आधारमा गरिएको अध्ययनले बजार मूल्यको वास्तविक स्थिति दर्शाउन सक्दैन । सर्वसाधारण जनताको आम्दानी घटेको अवस्थामा थोरैमात्र महँगी बढ्नु सही होइन । तथ्याङ्कमा महँगी घटाउँदैमा वास्तविक तथ्यमा फरक आउने र निमुखा जनतालाई सहज हुने होइन । सरकारले त सके पहिले कायम मूल्त्र्न्दा सस्तो बनाएर जनतालाई राहत दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *