भर्खरै :

कम्युनिस्टको सिद्धान्तले भिजेको सरकार बनेन

आफूलाई कम्युनिस्ट पार्टी भन्छ तर कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रचार गर्दैन, जनताको घर आँगनमा पु¥याउँदैन । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार किन प्रचार गर्दैन ? कम्युनिस्टहरू कम्युनिस्टहरूदेखि नै डराउँछन् किन ? कम्युनिस्ट पनि हुनुपर्ने अनि कम्युनिस्टको सिद्धान्त र विचार पनि नमान्ने ¤ कम्युनिस्टको सिद्धान्त व्यवहारमा लागू गर्न अघि नसर्ने कस्तो कम्युनिस्ट पार्टी ¤ कम्युनिस्ट पार्टीले कम्युनिस्टको सिद्धान्त र विचार लागू गर्ने सन्दर्भमा के बहस गर्नुपर्दैन ?
कम्युनिस्टको सिद्धान्त र विचारलाई थाती राखेर, एक ठाउँमा थन्काएर कम्युनिस्टको परिचयमात्र गरेर कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्छ ? कुनै दल ठूलो हुनु नै सच्चाइ होइन । नेकपा एक समय ठूलै दल बनेको हो । बहुमत प्राप्त गरेर नेकपाले सरकारको पनि नेतृत्व गरेको हो । तर, नेकपाको त्यो नेतृत्वले ५ वर्षसम्म सरकार सञ्चालन गर्नसकेन । नेकपा विभाजनको स्थितिमा पुग्यो । अदालतले नेकपा खारेज गरेपछि एमाले र माओवादी केन्द्र बने । नेकपा विभाजनको स्थितिमा पुग्नु या दुई धारमा देखापर्नुको कारण सिद्धान्त र विचार होइन पद हो, भागबन्डा हो या सत्ता हो ।
देशमा साँच्चै कम्युनिस्टको सरकार देखिएन । कम्युनिस्टको सिद्धान्त र विचारले भिजेको सरकार बनेन । कम्युनिस्टको भजन गाएर, कम्युनिस्टको सिद्धान्त र विचारकै उल्लङ्घन गर्नु या मान्यताविपरीत लाग्नु विश्वासघात हो, बेइमानी हो । साँच्चै कम्युनिस्टहरूको शासन नभएको समयमा अहिले सङ्घर्ष गर्नु आवश्यक छैन, कसैविरुद्ध लड्नुपर्दैन भन्नुको अर्थ के ? के अहिलेको संविधान कम्युनिस्टको सिद्धान्तले भिजेको संविधान हो ?
कम्युनिस्टहरू निजीकरणलाई भन्दा सामूहिकीकरणलाई जोड दिन्छन् । कम्युनिस्टहरू भ्रष्टाचारी, कालाबजारी र कमिसनखोरहरूलाई बढावा होइन कडा कारबाही गर्छन् । शिक्षा र स्वास्थ्यलाई जोड दिएर सबैको पहुँचमा पु¥याउने काम गर्छन् । भ्रष्टाचार, पक्षपात, विभेदको निन्दा गर्छन् र अन्त्य गर्ने अभियान सञ्चालन गर्छन् । तर, नेपालमा भ्रष्टाचारमा संलग्न नेता, मन्त्री र सांसदहरूमाथि कारबाही होइन, उनीहरू नै नायक, असल ठानी प्रसंशा गर्छन् । उनीहरूले गरेको गल्ती ढाकछोप गर्छन्, फूलको माला लगाएर स्वागत गर्छन् । कारबाहीमा पर्नुपर्ने नेता, मन्त्री र सांसदहरूलाई नायक, असल ठानी काखी च्यापेपछि देशमा कसरी भ्रष्टाचार अन्त्य हुन्छ ? अपराधीहरू कसरी कारबाहीमा पर्छन् ? यसकारण देशमा कम्युनिस्ट भन्ने दलकै कारण कम्युनिस्टहरूको बदनाम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *