भर्खरै :

भारतमा यस वर्ष सुरु भएयताकै सबैभन्दा बढी कोरोना सङ्क्रमण

नयाँदिल्ली, ५ चैत (सिन्ह्वा) । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ३६ हजार जना सङ्क्रमित भएका छन्  । गत बुधबार एक दिनमा २८ हजार ९०२ जना सङ्क्रमितको सङ्ख्या बुधबार ३५ हजार ८७१ पुगेको छ  । गत २४ घण्टाको कोरोना सङ्क्रमितको यो सङ्ख्या यस वर्ष सुरु भएयताको नै सब भन्दा बढी हो ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ७४ हजार ६०५ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल सङ्क्रमितमध्ये दुई लाख ५२ हजार ३६४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ६३ हजार २५ जना सङ्क्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १७२ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको सङ्ख्या एक लाख ५९ हजार २१६ पुगेको बिहीबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ७० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *