भर्खरै :

चालक बन्नु क्रूर हुनु होइन

तपाईँ कुनै पनि यातायातका साधनको चालक बन्नुस्, त्यसका लागि धेरैथोरै साहस तपाईँमा हुनैपर्छ । चालकहरू साहसी हुन्छन् तर त्यसको अर्थ चालकहरू क्रूर बन्नुपर्छ भन्ने होइन । तर, केही चालकहरूका मानसिकताले पूरै चालक पेशाको बदनामी गरिरहेको आजको यथार्थ हो । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –१ सल्यानटारमा फागुन १७ गते डोजरको ठक्करबाट घाइते भएकी एक महिलालाई डोजर चालकले जिउँदै पुरिदिए । सल्यानटारको खोल्सी जिपजिपेमा घाँस बोकेर घरतिर फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया महिला सरस्वती कुमाल डोजरको ठक्करले डोजरले नै खनेको खाल्डोमा खसेकी थिइन् । तर, दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीले उद्दार गर्नुको साटो खाल्डोमा वरिपरिको माटो ल्याएर पुरिदिएका थिए र महिलाको अनाकहमा ज्यान गएको थियो । कतिपय सडक दुर्घटनाहरूमा बस वा ट्रकटिपरको ठक्करबाट सामान्यमात्र घाइते भएका पैदल यात्रु वा साना सवारीका यात्रुलाई बस, ट्रक टिपरहरू ब्याक गरेर किचेर मारेको आरोप बरोबर सुन्छौँ । त्यस्ता घटनाको कारण के हो भनी सोध्दा चालकहरू स्वयम् भन्छन् – घाइतेमात्र भएमा उपचार खर्च नै दसौँ लाख हुनसक्छ, ब्यहोर्न सकिंदैन, बीमा कम्पनीहरूले पनि सहजै भुक्तानी दिँदैन, मान्छे मरेपछि १०–१५ लाख क्षतिपूर्ति ति¥यो । तन्तै साफ !
यो पुँजीवादी विचार र प्रवृत्तिले उब्जाएको घृणित सोच हो । मानिसको जीवन त्यति सस्तो होइन । मानिसको जीवनलाई केही लाख रूपैयाँसित तौलने धृष्टता हो । दुर्घटना भएपछि नै उपचारमा दसौं लाख खर्च हुन्छ भने पनि होइन । चालकहरूमा त्यस्तो सोच र प्रवृत्ति बढ्यो भने यातायातका साधन मानव जातिकै लागि अभिशाप साबित हुनसक्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *