धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
ब्राजिललगायत ल्याटिन अमेरिकी र पश्चिम युरोपेली देशहरूमा कोरोना महामारीको दोस्रो र तेस्रो लहर फैलिरहेको अवस्था छ । भारतको राजधानी नयाँदिल्लीलगायत विभिन्न राज्यहरूमा पनि कोरोनाको दोस्रो लहर चलिरहेको खबर आइरहेका छन् । पुनः सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै भारतले महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि नाइट कर्फ्यु जारी गरेको छ । महाराष्ट्र, तमिलनाडु, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्णाटक, हरियाणा, गुजरातलगायतका राज्यमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या एक्कासि बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
हामी नेपाली भने त्यसको खबर हुँदाहुँदै त्यसप्रति सचेत भएका छैनौँ । कोरोना भाइरस हाम्रो देशबाट पनि निर्मूल भइसकेको छैन । यदि कसैले लकडाउनको अन्त्यलाई नै कोरोनाको अन्त्यका रूपमा लिन्छ भने त्यो गम्भीर भूल हो । नेपालमा कोरोना सङ्क्रमणको दर पछिल्लो समय कम देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । जनस्वास्थ्यको मापदण्ड पालना नगर्नेको सङ्ख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैँ नेपालमा पनि सङ्क्रमण दर पुनः उच्च हुनसक्ने जनस्वास्थ्यविद्हरूको चेतावनी छ । शुक्रबारमात्र नेपालमा ११२ जना नयाँ सङ्क्रमित पत्ता लागेका छन् भने चार जनाको कोरोनाको कारण निधन भयो । शनिबार थप ७९ जना सङ्क्रमित थपिए । हाल देशभर ९ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्ख्यात्मक हिसाबले सङ्क्रमण कम देखियो भन्दैमा सावधानी अपनाउन छोडेमा छिमेकी राष्ट्र भारतमा झैँ नेपालमा पनि नयाँ सङ्क्रमित वृद्धि हुनसक्नेछ । मास्क फुकालेर, भौतिक दूरी बेवास्ता गरेर र ठूलो भीडभाड जम्मा गरेर के हामीले कोरोनाको दोस्रो लहरको प्रतिक्षा गरिरहेका हौँ ?
Leave a Reply