भर्खरै :

भक्तपुर–चाँगु सडक कहिले फराकिलो हुने ?

भक्तपुर नगरबाट चाँगुनारायण मन्दिरसम्म पुग्ने भक्तपुर–चाँगु सडक भक्तपुरका पुरानो सडकमध्ये एक हो । यस सडकले भक्तपुरको चाँगु, झौखेल, छालिङ्गका बासिन्दालाई मात्र सदरमुकाम भक्तपुरसित जोडेको छैन बरु काठमाडौँको साँखु र वरपरको स्थानका जनतालाई पनि भक्तपुरसित जोड्ने कार्य गर्दै आएको छ । यो सडकमा बस सेवा चल्न थालेको दशकौँ भइसक्दा पनि आज पनि भरपर्दो र पर्याप्त छैन । अझै सयौँ मानिस पैदलै ओहोरदोहोर गर्ने गर्छन् । आर्थिक स्रोत भएकाहरूले र आजित भएर कतिपयले मोटरबाइक र स्कुटर किनेर चलाउन थालेका छन् । पहिले समस्या खाल्डैखाल्डोले भरिएको खराब सडक थियो, अहिले सडक ठीकै छ तर सडकको चौडाइ पर्याप्त छैन । यही साँघुरो सडकमा १० पाङ्ग्रे र १२ पाङ्ग्रे ट्रकहरूदेखि ट्रिपर र मिनि ट्रकहरू ठूलो सङ्ख्यामा गुड्ने गर्छन् । ती गाडीहरू हुइकिएर आउने बेला साना गाडी, मोटरसाइकल र स्कुटरहरूका लागि साइडमा बस्नै गा¥हो हुन्छ, पैदल यात्रीहरू त सडकको डिलमा एक खुट्टाले उचालेर उभिनुपर्ने स्थिति छ । भक्तपुर नगरपालिका क्षेत्रमा सडकको दुबैतिर घर जोडिन थालेको छ । कतिपय घरवालाहरूले मापदण्ड छोडेको जग्गा घेरेर बार लगाउने र इँटाको चाङ राखिरहेका छन् । साँघुरो सडकका कारण धेरै पटक सडक दुर्घटना भइसकेका छन् । त्यसैले सडक चौडा बनाउन जरूरी भइसकेको छ । सडक विभागको ध्यान यसमा किन जाँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *