के इरानमा ट्रम्पको आक्रमण तेस्रो विश्वयुद्धको सङ्केत हो ?
- जेष्ठ ४, २०८३
‘भारतमा सङ्क्रमण तीव्र, जोखिममा नेपाल’ (नागरिक, ९ चैत २०७७)– आइतबार भारतबाट नेपाल आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको राष्ट्रिय ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको ‘नागरिक’ ले बतायो ।
‘भारतबाट फर्कने नेपालीमा देखिन थाल्यो कोरोना’ शीर्षकको समाचारमा भनिएको छ, ‘पश्चिमी नाका गड्डाचौकी हुँदै भारतबाट आएका एक नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । साथै, स्वास्थ्य मन्त्रालयले ‘सभा, सम्मेलन, जुलुस नगर्न’ अनुरोध गरेको छ । भौतिक दुरी कायम गर्न र अनिवार्यरूपमा मास्कको प्रयोग गर्न पनि आग्रह गरेको छ । (नयाँ पत्रिका, ९ चैत २०७७) ।
देशको खुला सीमाबाट हुने खतराबाट नेपाल र नेपाली जनतालाई जोगाउन छिमेकी चीनले दिएको खोपलाई किन सरकारले ल्याएन वा किन ढिलो ग¥यो भन्ने जिज्ञासा सारा जनतामा हुनु स्वाभाविक छ । यसबारे स्वास्थ्य मन्त्रीले भने, “चीनले सुरुमा ३ लाख, त्यसपछि ५ लाख र पछि गएर ८ लाख डोज खोप दिन्छु भनेको छ । तर, त्यो लिन जानुपर्छ, पेइचिङमै । हाम्रो इच्छा के थियो भने जसरी अरूले अनुदान दिएको खोप एयरपोर्टमा आयो, त्यस्तै होस् । त्यसै हिसाबले हामीलाई मित्रराष्ट्र चीनले पनि दिए ठिक्क हुन्थ्यो भन्ने हाम्रो सोच हो । तर, अझै पनि पेइचिङबाट नै उठाउनुपर्छ भन्ने छ र यसका लागि विशेष चार्टर फ्लाइट पठाउनुपर्ने स्थिति छ ।”
पत्रकारको थप जिज्ञासा थियो–“नेपालले चीनलाई भ्याक्सिन एयरपोर्टसम्म ल्याइदिनुस् भनेर अनुरोध गरेको छैन ?”
स्वास्थ्य मन्त्रीको उत्तर थियो, “होइन, यस्तो कूटनीतिक प्रयास परराष्ट्र मन्त्रालयबाट हुन्छ । हामीले खोप एयरपोर्ट आएपछि बुझिदिने, भण्डारण गरिदिने र खोप वितरणको व्यवस्था गर्ने हो ।’ (नागरिक समाचार, १ चैत २०७७)
प्रसङ्गवस, हरेक नेपालीले सम्झनुपर्ने विषय छ – भूकम्पले सारा नेपालीलाई थिलथिलो पार्दा केही मित्र राष्ट्रहरूले सहयोग गर्न, राहत सामान तथा उपचार सामग्री र स्वास्थकर्मीहरू लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बीचमै भारतका ठूलठूला हवाइजहाजहरू बिसाइएका थिए । अन्य मित्र राष्ट्रहरूमध्ये केही दिल्ली फर्केर स–साना २–३ वटा हवाई जहाजमा सामानसहित चिकित्सक तथा उद्धारकर्मीहरू आउन बाध्य भए र केहीले पोखरा एयरपोर्ट गएर सहयोग र उद्धारका सामान हस्तान्तरण गरे ।
ठीक यसैगरी हाइटीमा भूकम्प हुँदा छिमेकी देश क्युवाका डाक्टर–नर्सहरू हाइटी पुग्नासाथ क्युवाले ‘सेतो कोटको कूटनीति’ गरेको भन्दै अमेरिकी सेना हाइटी पुगे ।
संयुक्त राष्ट्र सङ्घका पूर्वउपमहासचिव तथा हाल भारतीय राष्ट्रिय काङ्ग्रेसका तर्फबाट लोकसभाका एक सांसदले ‘भारतको चतुर खोप कूटनीति’ शीर्षकमा लेखे – ‘चीनले म्यानमारलाई तीन लाख डोज खोप दिने घोषणा गरे पनि हालसम्म खोप म्यानमार पुगेको छैन । तर, उही अवधिमा १७ लाख डोजको भारतीय खोप म्यानमार पुगिसक्यो ।’ अफगानिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, म्यानमार, नेपाल, सिसेल्स, कम्बोडिया, मङ्गोलिया र प्रशान्तीय टापु, क्यारेवियन तथा अफ्रिकी मुलुकले खोप पाएका छन् ।’ (नयाँ पत्रिका–१ चैत २०७७)
यसबाट थाहा हुन्छ भारतको अक्सफोर्ड–एस्ट्रोजेनेका खोपले एसिया–प्रशान्त देशमा आफ्नो हैकम र व्यापार फैलाउन चाहन्छ, त्यसलाई सहयोग गर्ने संरा अमेरिकी साम्राज्यवाद हो । तर, जर्मनी, फ्रान्स, इटाली र स्पेनले त्यस भारतीय खोपलाई रोक लगाए । (नेपाल समाचारपत्र–४ चैत २०७७)
माथिको विवरणबाट थाहा हुन्छ– संरा अमेरिका र भारत एमसीसी अर्थात् हिन्द प्रशान्त सैन्य सम्झौताको गतिविधि कार्यान्वयन गर्दै छन् । आङसाङ सूचीको आन्दोलनको मुख्यालय पहिले संरा अमेरिकाको वासिङ्टन डीसीमा थियो र उपकार्यालय दिल्लीमा थियो । नेपाललाई एमसीसीमा फसाउनमा तत्कालीन राजदूत शङ्कर शर्मा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रधानमन्त्री बाबुराम भट्टराई हुन् । कथंकदाचित नेपाल युद्धको मैदानमा परिणत भयो भने त्यसको निम्ति यी नै व्यक्तिहरू जिम्मेवार हुनेछन् ।
Leave a Reply