कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
पेइचिङ, २४ मार्च (सीआरआई) । यसै मार्च २ मा जर्मनीका विद्वान एड्रियन जेन्जले ‘जबरजस्ती श्रम र सिन्च्याङभित्रको श्रमिक स्थानान्तरण प्रारूपमा जबरजस्ती स्थानान्तरण’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेका थिए । यो प्रतिवेदन चीनको नान खाई विश्वविद्यालयअन्तर्गत चीनको सम्पत्ति तथा अर्थतन्त्र अध्ययन प्रतिष्ठानले सन् २०१९ को डिसेम्बर महिनामा सार्वजनिक गरेको एक कार्य प्रतिवेदनका कारण सार्वजनिक गरिएको हो । चीनको नान खाई विश्वविद्यालयअन्तर्गत सो अध्ययन प्रतिष्ठानले २२ तारिख वक्तव्य प्रकाशित गर्दै एड्रियन जेन्जलाई उक्त अध्ययन प्रतिष्ठानको अनुसन्धान उपलब्धिबारे गलत रूपमा व्याख्या गरेकोमा खण्डन गरेको थियो ।
सोही दिन चीनले यूरोपेली सङ्घले चीनको सर्वभौमिकता र हितमा गम्भीर क्षति पु¥याएको, झूटो र नक्कली सूचना फैलाउने १० जना व्यक्ति र चार वटा संस्थामाथि नाकाबन्दी गर्ने घोषणा गरेको थियो । नाकाबन्दी गरिएकाको नामावलीमा एड्रियन जेन्ज पनि समावेश छन् । मार्च २३ तारिख चीनको कान नान विश्वविद्यालयअन्तर्गत प्रचार–प्रसार तथा सिमावर्ती प्रशासन अध्ययन प्रतिष्ठानले ‘जबरजस्ती श्रम वा सुखमय जीवन खोजी–भित्री प्रदेशमा सिन्च्याङवासीको कामको अवस्था’ शीर्षकको जाँचबुझ प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले पहिलो–हाते सामग्रीमार्फत् एड्रियन जेन्ज लगायतको झूटको भण्डाफोर गरेको छ ।
सिन्च्याङका कामदारहरू बढी आम्दानीका लागि भित्री प्रदेश जानुको सबैभन्दा मुख्य कारण हो । पाँच वटा उद्योग–व्यवसायमा काम गर्ने ४७४ जना सिन्च्याङका अल्पसङ्ख्यक जातीय मजदुरबारे गरिएको जाँचबुझअनुसार, भित्री प्रदेशमा उनीहरूको वार्षिक आम्दानी ४९ हजार ५ सय चिनियाँ युआनदेखि ७१ हजार ५ सय चिनियाँ युआनसम्म छ । उत्तम वातावरण र बढी आम्दानीले सिन्च्याङवासीलाई रोजगार पाउन बाहिर जान आकर्षित गरेको छ ।
उक्त प्रतिवेदनअनुसार, सिन्च्याङका अल्पसङ्ख्यक जातिका सर्वसाधारणले रोजगारीका लागि बाहिर जानु उनीहरूको स्वेच्छिक छनोट हो ।
Leave a Reply