कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
केही दिन अघिबाट धेरैले आँखा पिरो–पिरो भएको अनुभव गरे–अनिँदो आँखाजस्तै । वरपर देखिने पहाडहरू देखिएनन्– जाडो महिनाको बिहानजस्तै । घाम पनि मधुरो मैनबत्तीको शिखाजस्तै मात्र देखियो । कतिलाई श्वास फेर्न पनि गा¥हो गा¥हो अनुभव भयो । पर–परसम्मको वस्तु आँखालाई ठम्याउन गा¥हो भयो– बुढिँदो आँखाजस्तै । सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि । तराईमा मात्र हो, पहाडी र हिमाली क्षेत्रमा पनि अवस्था उस्तै रह्यो ।
वातावरणका जानकारहरूले सहजै थाहा पाए – वायु प्रदूषण निकै बढेछ । लोसे सरकारी निकायले केही दिनपछि मात्र सक्रियता देखायो । वायु प्रदूषण अत्याधिक बढेकाले घरबाट सकेसम्म ननिस्कन, निस्कँदा मास्क अनिवार्य लगाउन सूचना जारी ग¥यो । चार दिनको लागि शैक्षिक निकायहरू बन्द गर्न निर्देशन जारी ग¥यो । सरकारी निकायले दिएको जानकारीअनुसार भारतका विभिन्न प्रान्तका खेतमा नयाँ बाली लगाउनुअघि आगो लगाउँदा र नेपालकै विभिन्न जिल्लाका वन क्षेत्रमा डढेलो लाग्दा यसरी देशैभरि प्रदूषण बढेको हो । प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यु एयरले संसारका ९४ वटा सहरमध्ये काठमाडौं दोस्रो अत्याधिक प्रदुषित सहर बनेको जनाएको छ । यसले नेपाली जनताको स्वास्थ्यमा कस्तो प्रत्युत्पादक असर ग¥यो होला !
यो विषयलाई प्राकृतिक प्रक्रिया अथवा मानिसको नियन्त्रणभन्दा बाहिरको विषयको रूपमा बुझ्नेहरूको कमी छैन । प्राकृतिक कारणले वनमा डढेलो लाग्यो, त्यही कारण हावा प्रदुषित भयो, तब मानिसले गर्न नै के सक्ला र ? वर्षाको प्रतिक्षा गर्नुको अर्को विकल्प नै के छ र मानिससँग ?
तर, विज्ञान र वैज्ञानिकहरू यसमा सहमत छैनन् । उनीहरूले धेरै अघिदेखि नै पृथ्वीमा एकपछि अर्को मौसम, वातावरण र जलवायु परिवर्तनमा सबभन्दा ठुलो भूमिका मानिसकै भएको मत राख्दै आएका छन् । उनीहरूको यो मत अध्ययन–अनुसन्धान र अन्तरक्रियामा आधारित छ । मानिसले पृथ्वीलाई आफ्नो मात्र सम्पत्ति ठान्दा र आफ्नो स्वार्थको लागि मात्र पृथ्वीका सम्पदाको प्रयोग गर्दा प्रकृतिमा असन्तुलन आएको हो । त्यही असन्तुलनकै कारण पृथ्वीमा नयाँ–नयाँ खालका परिवर्तन र समस्या आइपरेको हो । वातावरण संरक्षणको अभियानमा लागेका अभियन्ताहरू यस्तो मत राख्छन् । पृथ्वी भनेको मानिसको मात्र नभई असङ्ख्य प्राणीको साझा बासस्थान हो । त्यसकारण मानिसले मात्र पृथ्वीका स्रोत–साधनको उपयोग गर्नु न्यायपूर्ण छैन भन्ने उनीहरूको मत हो । उनीहरूलाई एक प्रकारले वातावरणीय समानतावादी भन्न सकिन्छ ।
तर, यो मत पूर्ण र वस्तुगत भने छैन । पृथ्वीका स्रोत–साधनको यस्तो अन्यायपूर्ण दोहनको निम्ति के सबै मानिस जिम्मेवार छन् ? हावापानीमा आएको यो परिवर्तनको निम्ति इन्द्रचोकमा नाम्लो लिएर भारी कुरेर बस्ने एक जना मजदुर कति जिम्मेवार छ ? वीरगञ्जमा टाङ्गा चलाउने एक जना मजदुर यस्तो प्रदूषणको निम्ति कति दोषी हुन् अथवा दोषी नै हुन् वा होइनन् ? वायुमण्डलमा हानिकारक ग्यास र धुँवा उत्सर्जन गर्ने, वन–जङ्गल फडानी गर्ने, खानीहरू सञ्चालन गर्ने, सहरीकरणको नाममा पर्या–पर्यावरण बिथोल्नहरू पो दोषी हुन् कि ? प्रतिव्यक्ति आय बढाउने नाममा जथाभावी प्रकृतिको दोहन गर्न दिने सरकार पो दोषी हो कि ? यी प्रश्नहरूमाथि विमर्श गर्दा यतिबेला हामीले भोगिरहेको वातावरणीय समस्या त मानिसले सिर्जना गरेको मात्र नभई मानिसभित्र पनि ‘केही सीमित मानिस’को कारण भएको भनी प्रस्ट हुन्छ । अर्थात् यो प्राकृतिक प्रक्रिया त होइन नै बरु यो आधारभूत रूपमा अर्थ–राजनीतिक समस्या बनेको छ । त्यसकारण अहिलेको पर्यावरणीय क्षयीकरणलाई ‘प्राकृतिक प्रक्रिया’ भनेर सरकार र नागरिक पन्छिन मिल्दैन । यो विषयको गहिराइमा पस्दा यो सामाजिक न्यायसँग पनि जोडिने विषय हो ।
छोटोमा चर्चा गर्दा पृथ्वीका स्रोत–साधनको मनपरी दोहन गर्ने र सामाजिक उत्तरदायित्व वहन नगर्ने ‘केही सीमित मानिस’ पुँजीवादी व्यवस्थाका सञ्चालकहरू हुन् । पुँजीवादी व्यवस्थाको मूल आधार भनेको नाफा हो । नाफा बढी कमाउने प्रतिस्पर्धामै पुँजीवादी व्यवस्था गतिशील हुन्छ । जसले नाफा बढी कमाउन सक्छ, पुँजीवादी व्यवस्थामा उनीहरू नै धनी बन्छन् । पुँजीपति वर्गबीच सधैं प्राकृतिक स्रोत–साधनको पाएसम्म निःशुल्क, नभए सकेसम्म सस्तोमा उपयोगी गरी त्यसलाई मूल्यवान र मानव उपयोगी बनाउने प्रतिस्पर्धा चल्छ । पुँजीपति वर्गले ‘उपयोगिताविहीन’ प्राकृतिक स्रोत साधनलाई मूल्यवान बनाउन नयाँ–नयाँ प्रविधिको आविष्कार गर्छ । नाफाको दर बढाउन पुँजीपति वर्गले आविष्कार गरेका ती प्रविधिकै कारण पुरातन सामन्ती समाजभन्दा पुँजीवादी व्यवस्था अगाडि बढेको हुन्छ । तर, पुँजीपति वर्गले त्यस्ता प्रविधिलाई आफ्नो नाफा बढाउन प्रयोग गर्छन् । नाफाको परिधि फराकिलो बनाउन उनीहरू प्रकृतिको सन्तुलनमाथि हस्तक्षेप गर्छन् । त्यही हस्तक्षेपको कारण निम्तिने असन्तुलनको कारण वातावरणमा नयाँ–नयाँ समस्या आउने गर्छ । त्यस्तो नयाँ परिस्थिति मानिसको स्वास्थ्यले सहन सक्दैन र नयाँ–नयाँ स्वास्थ्य समस्याहरू सामना गर्नुपर्ने बाध्यता आइपर्छ । पुँजीवादी व्यवस्थाको जन्म र विकाससँगै सुरु भएको यो शिलशिला अहिले उत्कर्षमा पुगेको सङ्केत प्रकृति आफैले दिइरहेको छ । जलवायु परिवर्तनका विभिन्न प्रभाव, पृथ्वीको तापमान वृद्धि, महामारीजन्य रोग, मौसम परिवर्तन, नसर्ने रोगहरूको कारण मर्ने मानिसको सङ्ख्या वृद्धि आदि यसका केही कारणहरू हुन् ।
वायुमण्डलमा हानिकारक ग्यास र धुँवा उत्सर्जन गर्ने, वन–जङ्गल फडानी गर्ने, खानीहरू सञ्चालन गर्ने, सहरीकरणको नाममा पर्या–पर्यावरण बिथोल्नहरू पो दोषी हुन् कि ? प्रतिव्यक्ति आय बढाउने नाममा जथाभावी प्रकृतिको दोहन गर्न दिने सरकार पो दोषी हो कि ? यी प्रश्नहरूमाथि विमर्श गर्दा यतिबेला हामीले भोगिरहेको वातावरणीय समस्या त मानिसले सिर्जना गरेको मात्र नभई मानिसभित्र पनि ‘केही सीमित मानिस’को कारण भएको भनी प्रस्ट हुन्छ । अर्थात् यो प्राकृतिक प्रक्रिया त होइन नै बरु यो आधारभूत रूपमा अर्थ–राजनीतिक समस्या बनेको छ । त्यसकारण अहिलेको पर्यावरणीय क्षयीकरणलाई ‘प्राकृतिक प्रक्रिया’ भनेर सरकार र नागरिक पन्छिन मिल्दैन । यो विषयको गहिराइमा पस्दा यो सामाजिक न्यायसँग पनि जोडिने विषय हो ।
सरकार भन्दैछ–डढेलो लागेको हुनाले प्रदूषण बढेको हो । तर, डढेलो किन लाग्दैछ ? वन जङ्गलमा नियन्त्रित डढेलो फलदायी पनि मानिन्छ । तर, यतिबेला देशभरका तीसभन्दा बढी जिल्लामा फैलिएको डढेलो भने नियन्त्रित र मानिसले योजनाबद्ध लगाएको डढेलो होइन । यस्तो आगो भने विध्वंसात्मक हुन्छ । यसले वन जङ्गलका जीवजन्तु र प्राणीहरू मात्र पोलिने होइन, मानिसको स्वास्थ्यमा समेत दीर्घकालीन असर छोड्ने गर्छ । बेला बेलामा पानी नपर्दा सुख्खा बढे पछि डढेलो लाग्ने हो । जङ्गल क्षेत्र कम हुँदै जाँदा पानी पर्न टाढा हुने गर्छ । सहरीकरणको नाममा जथाभावी बस्ती विस्तार र मानवीय हस्तक्षेपकै कारण वन क्षेत्र कम हुँदै गएको छ ।
पुँजीवादी व्यवस्थाले भौतिक पूर्वाधार निर्माण गर्दा बृहत्तर सामाजिक हितलाई कहिल्यै पनि प्राथमिकतामा राख्ने गर्दैन । सरकार आफै पनि पुँजीपति वर्गको हितलाई वैधता दिने संस्था भएकोले त्यसले पनि पुँजीपति वर्गको स्वार्थभन्दा बाहिर गएर काम गर्न सक्दैन । पुँजीवादी सरकारले जलवायु परिवर्तन र वातावरणीय विनाशलाई त्यही सीमासम्म मात्र ध्यान दिन सक्छ, जुन सीमासम्म पुँजीपति वर्गको नाफामा कुनै असर पर्दैन ।
वायु प्रदूषण पनि एकप्रकारको महामारी हो । कोभिड–१९ महामारीले छोटो अन्तरालमा धेरै सङ्ख्यामा मानिसलाई बिरामी वा मृत्युको मुखमा पु¥यायो भने प्रदूषणले लामो अवधिमा अझ धेरै मानिसलाई बिरामी वा मृत्युको मुखमा पु¥याउने गर्छ । प्रदूषणले मानिसको आयु छोट्याउने गर्छ । त्यसकारण प्रदूषणको यो विकराल अवस्थाको समाधान हामीले तत्काललाई प्रदूषण नियन्त्रणका तत्कालीन उपायहरूमा खोजी गर्नुपर्छ भने दीर्घकालीनरूपमा यसको मूल जरा उखेल्ने दिशामा जानुपर्छ । माथिको छोटो चर्चाबाट के कुरा स्पष्ट हुन्छ भने वातावरणमा आएको क्षयीकरणको मूल जरा भनेको नाफामा आधारित पुँजीवादी राज्य व्यवस्था नै हो । पुँजीवादी व्यवस्थाको जरा काटेर सामाजिक उत्तरदायित्व र न्यायसहितको व्यवस्था नै आज हामीले झेलिरहेको समस्याको निराकरण हो ।
तर, यसो भन्दै गर्दा यतिबेला हामीले भोगिरहेको समस्याबाट तत्काललाई पन्छिहाल्नु पनि बुद्धिमानी होइन । दीर्घकालीनरूपमा यसको समाधान अर्थराजनीतिक र सामाजिक बन्दोबस्तमा परिवर्तन गरेर खोजिन आवश्यक छ भने तत्कालीनरूपमा यसको समाधान विज्ञान–प्रविधि र वैज्ञानिक अनुसन्धानका निष्कर्षहरूको इमानदार कार्यान्वयनबाट गर्न जरुरी छ । नेपालले आज भोगिरहेको वातावरणीय अवस्था नेपाली सिमानाभित्रको मात्र समस्या होइन । म्यानमारदेखि अफगानिस्तानसम्मको हिन्दकुश पर्वत माला क्षेत्रमा प्रदूषण अत्याधिक बढेको तथ्याङ्कले देखाएको छ । त्यसकारण यसको निम्ति न नेपाल मात्र जिम्मेवार छ न नेपालले मात्र यसको समाधान गर्न सक्छ । यसको निम्ति अन्तरदेशीय समन्वय र सहकार्य जरुरी छ । विशेषतः दक्षिण एसियाका अधिकांश देश प्रविधि र वैज्ञानिक अनुसन्धानमा समेत पछाडि रहेकाले पनि यस्तो सहकार्यको जरुरी छ । जसरी कोभिड–१९ को महामारी कुनै एउटा देशको मात्र समस्या होइन, यो प्रदूषण पनि कुनै देश वा क्षेत्र विशेषको समस्या होइन । तसर्थ यसको अल्पकालीन समाधानको निम्ति देश–देशबीच सहकार्य आवश्यक छ ।
नेपालभित्रै फैलिरहेको डढेलो नियन्त्रणमा भने सरकार, स्थानीय सरकार र नागरिक तहमा सक्रियता आवश्यक छ । नेपाल संसारमै वन उपभोक्ता कार्यक्रममा सबभन्दा सफल देशमा गनिन्छ । समाजको जरा तहसम्म वन उपभोक्ता समितिहरू सक्रिय छन् जो वन जङ्गलको संरक्षणमा जिम्मेवार र अनुभवीसमेत छन् । तिनलाई समेत परिचालन गरी डढेलो नियन्त्रणमा सरकारी सक्रियता अपरिहार्य छ । ‘हुने हार दैव नतार’ तरिकाको सरकारी शैली शोभनीय होइन ।
वैज्ञानिकहरू पानी परेपछि प्रदूषणको भयावह अवस्थामा सुधार आउने बताउँछन् । त्यसकारण, यतिबेला भने हामी सकेसम्म चाँडो पानी परोस् भनी कामना गरेर बस्नुको विकल्प छैन । त्यस अतिरिक्त बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, धुँवा र धुलो उत्सर्जन गर्ने उद्योग कलकारखाना, सवारी साधन आदिको प्रयोगमा न्यूनीकरणमा जोड दिनु उचित हो । ज्येष्ठ नागरिक र बालबालिका तथा फोक्सोका बिरामीको विशेष स्याहार गर्नु सामाजिक दायित्व हो ।
Leave a Reply