भर्खरै :

कीर्तिपुरमा सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता सुरु

कीर्तिपुर, १७ चैत । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा पाँगा कीर्तिपुरमा १२ औँ सहिद स्मृति कप खुला पुरुष व्याडमिन्टन प्रतियोगिता चैत १७ गते मङ्गलबारबाट जनसेवा मावि कोर्टमा सुरु भयो ।
मङ्गलबार भएको उद्घाटन खेलमा दिप्रिशमुनि बज्राचार्य र अमित महर्जनको जोडीले अजित र गंगारामको जोडीलाई २१÷८ र २१÷७ ले, नरेश महर्जन र कृष्ण बज्राचार्यको जोडीले सुशिल पौडेल र सुन्दर भन्डारीको जोडीलाई २१÷९ र २१÷१८ ले मिमकुमार महर्जनको जोडीले चन्द्र बानियाँको जोडीलाई २१..१४, १८÷२१ र २१÷१७ ले पराजित गरी प्रथम चरण पार गर्नुभएको हो । प्रविण बवलामी र पंकज सिहको जोडीले वाकओभर पाएको थियो ।
खेल सुरु हुनुभन्दा अगाडि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले रेफ्रि ओममुनि बज्राचार्य र रमेश श्रेष्ठलाई ब्याट र कर्क हस्तान्तरण गरी उद्घाटन गर्नुभएकोे थियो । त्यसक्रममा प्रमुख महर्जनले युवा खेलकुद समूहको निरन्तरतालाई प्रशंसा गरी यस वर्षदेखि नपाको सहकार्य सुरु भएको जानकारी दिनुभयो । उहाँले कीर्तिपुर क्षेत्रबाट खेलको विकासको लागि नपाले विभिन्न खेलको प्रशिक्षण दिँदै आइरहेको बताउनुभयो र सहिद स्मृतिकप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
युवा खेलकुद समूह कीर्तिपुर १२ आँै सहिद स्मृति कप खुला पुरुष व्याडमिन्टन प्रतियोगिताका संयोजक नारायण महर्जनले २०४६ को ऐतिहासिक जनआन्दोलनमा सहादतप्राप्त सहिदहरूको सम्झनामा हरेक वर्ष यो प्रतियोगिता भैरहेको जानकारी गर्नुभयो । यस वर्ष काठमाडौँ १० क्षेत्रीय स्तरीय र कीर्तिपुर नगरस्तरीय जुनियर प्रतियोगिता सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहिदप्रति एक मिनेट मौन धारण गरी पुष्पगुच्छा अर्पण गरेको थियो । कार्यक्रममा नगर प्रमुख रमेश महर्जन, कीर्तिपुर व्याडमिन्टन क्लवका अध्यक्ष दयाराम डंगोल, संस्थापक अध्यक्ष ई. दुर्कमान महर्जन, शिक्षाविद् प्रा. डा. रामकृष्ण महर्जन, कीर्तिपुर खेलकुद विकास समाजका अध्यक्ष प्रदीप महर्जन, जनाधार सामुदायिक कलेजका प्राचार्य नन्दकुमारी महर्जन, जनसेवा सञ्चालक समितिका अध्यक्ष माधव महर्जन, खेमराज पोख्रेल, पुष्पगुच्छा अर्पण गर्नुभएको चढाउनुभएको थियो । कार्यक्रममा युवा खेलकुद समूह कीर्तिपुरका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको थियो । प्रतियोगितामा समूह ‘ब’ बाट ३२ र समूह ‘वी’ बाट ३६ जोडीको सहभागिता रहेको छ । खेल चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।
युवा खेलकुद समूह कीर्तिपुरको अक्षयकोष अभियानमा पुष्प खड्काले नगद रु.२५ हजार एक सय सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *