सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
बेलायतको उत्तर–पश्चिमी क्षेत्र पहाडी क्षेत्र हो भने दक्षिण–पूर्वी क्षेत्र खेतीयोग्य भूमि हो । बेलायतको उत्तरी भागमा पशुपालन व्यवसाय र दक्षिणपूर्व भागमा खेतीको विकास भएको थियो । उत्पादनको साधनको विकास उत्तरमा भन्दा दक्षिणमा बढी भएकोले उत्तरी भाग पिछडिएको थियो भने दक्षिणी भाग अलि अगाडि बढेको थियो ।
१५ औँ शताब्दीको सुरुसुरुमा बेलायतमा पुँजीवादी उत्पादन सम्बन्धको विकास भयो । किसानहरूका ठूलठूला विद्रोहले भूदास प्रथा पतन भयो । यसको परिणामस्वरूप बेठ बेगारीको ठाउँमा रकमको बन्दोबस्त गरियो । पैसा, पशु वा कृषि उत्पादन नै ज्यालाको रूपमा दिन थालियो । नेपालमा बोका, धान, पराल, तरकारी घ्यु, कमेरो आदि रकमको रूपमा बुझाउने प्रथा थियो । भूमिमा जमिनदार वर्गको स्वामित्वलाई कानुनी बनाइयो । भूदासहरू ज्यामी भए । जग्गा जोत्ने काम पुस्तैनी हुनथाल्यो । यसलाई नेपालमा मोहियानी हक भन्ने चलन छ ।
उत्तरी इलाकामा सामन्ती व्यवस्थाको जग बलियो थियो । दक्षिणको जमिनदार वर्ग बिस्तारै पुँजीपति हुँदै गयो । अन्न, पशु तथा दुधको उत्पादन र ऊनको व्यापारमा ध्यान दिन थालियो । आफ्नै खेती या जग्गा भएका किसानहरूलाई खान–लाउन दुःख थिएन भने आफ्नो खेती नभएका गरिब किसानहरूको अवस्था सा¥है दयनीय थियो । ठूला–बडा जमिनदारहरूले आफ्नो जग्गा बढाउँदै लग्दा स–साना किसानहरू झन्झन् गरिब र नाङ्गो भए, काम पाएनन् र बेरोजगार भए । गरिबहरू एक ठाउँबाट अर्को ठाउँमा धपाइए ।
१६ औँ शताब्दीमा समुद्री व्यापारमा डच (जर्मन) हरूको दबदबा थियो । लन्डनको बन्दरगाहमा दास व्यापारीका जहाजहरूको आवतजावत हुन्थ्यो । ऊन, ऊनी वस्तु, फलामलगायतका वस्तुहरूको व्यापारमा वृद्धि हुनथाल्यो ।
सन् १६०३ मा स्टुआर्ट वंशको शासन सुरु भयो । यस वंशको पहिलो राजा जेम्स प्रथम थिए । उनी ‘दैवी अधिकारको सिद्धान्त’ मान्थे । उनी आफूलाई ईश्वरको प्रतिनिधि सम्झन्थे । आफ्नो इच्छा नै कानुन हो भन्थे । जेम्स प्रथम अत्याचारी शासक थिए । उनी ऊनलगायतबाट मालसामान तयार गर्ने व्यापारी तथा पुँजीपतिहरूसँग थुपै्र घुस र सलामी लिन्थे । अनेक किसिमका करहरू उठाउँथे । पसल राख्ने, रक्सी बनाई बेच्ने, कोइला निकाल्ने र फलाम प्रशोधन गरी बेच्ने कार्यमा राजाको एकाधिकार थियो । पैसा लिएर व्यापार गर्ने अधिकार व्यक्तिलाई दिइन्थ्यो । यसप्रकार ठेक्का दिने वा घुस खाने व्यवस्थाबाट व्यापारी र पुँजीपति वर्ग असन्तुष्ट थिए । तर, राजाको आज्ञा र कानुन नमान्नेहरूलाई अनेक यातना दिइन्थ्यो र झ्यालखानामा राखिन्थ्यो ।
सिकारु कालिगढको ज्यासललाई ठूलो कारखाना बन्नमा बाधा दिइन्थ्यो । सामन्ती मालिकहरूले किसानहरूको अति शोषण गर्थे । किसानहरूको स्वतन्त्र कृषि व्यवस्थालाई लागु हुन दिइन्नथ्यो । उत्तर–पश्चिमी बेलायतका सामन्तहरूले जग्गामा एकहटी कायम गरेर किसानमाथि सा¥है शोषण गर्थे । यसले गर्दा स्वतन्त्र खेतीको विकास हुन सकेन ।
यसप्रकार मालिक ज्यासलको बन्दोवस्त, जग्गा मालिकहरूबाट किसानको शोषण र उत्तर–पश्चिममा खेतीमा सामन्तहरूको स्वामित्वले गर्दा बेलायतमा पुँजीवादको विकास पछि परेको थियो ।
स्वेच्छाचारी सामन्तवाद
सन् १६२५ मा स्टुवार्ड वंशबाटै चाल्र्स गद्दीमा बसे । चाल्र्स प्रथमले बेलायती चर्चलाई बलियो बनाए । बेलायती चर्चका पादरी या मठका अधिकारीहरू सामन्त तथा माथिल्लो वर्गका जमिनदारहरूको पक्षपाती थिए । वास्तवमा तिनीहरू समाजमा परिवर्तन ल्याउन चाहँदैनथे । बेलायती चर्चले थुप्रै जग्गा आफ्नो अधीनमा राखेको थियो । चर्चले किसानसँग कर लिन्थ्यो । चर्चको अत्याचारको विरोध गर्नेलाई कडा सजाय हुन्थ्यो । चर्च र त्यसका गुरु–पुरोहितहरू सामन्त, जमिनदार र शोषकहरूको पिछलग्गु थिए ।
त्यसबेला जोन वाष्टविक नामका एक वैद्यले बेलायती चर्चको खोट देखाए । उनले चर्च र चर्चका धर्मगुरुलाई ‘पशुको पुच्छर’ भनेर पर्चा छपाए । जोन वाष्टविकले चर्च र चर्चका गुरु–पुरोहितहरूको अत्याचारीलाई उदाङ्ग्याए । यसबाट चर्च, गुरु–पुरोहित र राजा उनीसँग सा¥है रिसाए । जोन वाष्टविकलाई ५ हजार स्ट्रलिङ पाउन्ड जरिवानाका साथै आजीवन काराबास सजाय दिइयो । जनताकै अगाडि उनका दुवै कान काटिए । फलामे डन्डी पोलेर उनको मुख डामियो । तर, जेलमै बसेर उनले चर्चको विरोधमा लेखे ।
जोनलिन वर्न
जोनलिन जमिनदारका छोरा थिए । उनी लन्डनको कुनै कपडा पसलमा काम सिक्दै थिए । जोन वाष्टविकलाई उनले जेलमा भेटे । वाष्टविकले आफूले जेलमा लेखेको एउटा पुस्तक छपाउन जोनलिनलाई दिए । जोनलिनले उक्त किताबलाई हल्यान्डमा लगी प्रकाशित गरे । तर, पुस्तक छपाएको अभियोगमा जोनलिन वर्न पक्राउ परे र उनलाई ५०० स्ट्रर्लिङ पाउन्ड जरिवाना गरियो । जेलमा उनलाई गलफन्दी लगाइयो । उनलाई बेलायती संसद्मा हाजिर गराइयो । तर, जेलबाट संसद्मा लगिँदा उनलाई बाटोभरि कोर्राले पिट्न लगाइयो । जतिसुकै सास्ती दिए पनि उनी डगेनन् । नडराउँदै सबै जनताको अगाडि उनले राजा र चर्चको अत्याचारलाई उदाङ्ग्याइदिए । आफ्नो खल्तीबाट केही पर्चा निकालेर जनताको बीचमा छरे । पर्चामा अत्याचारी शासन उल्टाउन जनतालाई आह्वान गरिएको थियो । अनेक सजाय दिँदा पनि उनको भावना र विचार बदलिएन ।
उनले एक किताब लेखे । त्यसमा राजा र त्यसका पिछलग्गुहरूको विरोध गरिएको थियो । पुस्तकमा जनताले मत दिने अधिकार पाउनुपर्छ भनेर लेखिएको थियो । पुस्तक लेखेकै कारण उनी जेलमा कोचिए । त्यतिबेला राजा र चर्चको विरोध गर्नेहरूलाई सजाय गरिन्थ्यो । यसले जनताको असन्तोष बढ्यो । यसैबीच राजाले मनपरीतन्त्र चलाउन संसद् भङ्ग गरे । संसद् भङ्ग गरिएपछि पुँजीपतिवर्ग, राजारजौटा र व्यापारीहरू रिसाए ।
भूदास प्रथाले कृषिको विकासमा बाधा दिएको थियो । भूदास प्रथाले भन्दा स्वतन्त्र किसान व्यवस्थाले उत्पादनमा वृद्धि भयो । बेलायतका उत्तर–पश्चिमतिरको जमिनदार वर्ग सा¥है पुरानो ढङ्गको प्रतिक्रियावादी वर्ग थियो । तिनीहरू भूदास प्रथा कायमै राख्न चाहन्थे । राजा ती प्रतिक्रियावादी भूमिपतिहरूको समर्थन गर्थे । बेलायतको चर्चले प्रगतिका बाटाहरू अवरुद्ध ग¥यो । राजाबाट एकाधिकार पाउने तत्वहरूले मालिक शिल्पकारका ज्यासलहरूको कारखाना बनाउन नदिनाले उद्योगको विकास हुन सकेको थिएन । संसद् अधिकारविहीन थियो । किनभने, त्यहाँ धेरै सामन्त तथा जमिनदार वर्गका मानिसमात्रै थिए । पुँजीपति वर्गको राजनीतिक अधिकार नै थिएन ।
बिनाक्रान्तिले कारखाना वा उद्योगको विकास हुन सक्दैनथ्यो । नयाँ ढङ्गका खेतीविना बढी उत्पादन हुन सक्दैनथ्यो । क्रान्ति गर्नको लागि राजतन्त्र फाल्नपथ्र्याे । उसको निरङ्कुश तथा मनपरीतन्त्रको अन्त्य हुनुपर्दथ्यो । राजाको मुख्य खम्बाको रूपमा रहेको बेलायती चर्च तथा सामन्तवादको अन्त्य हुनुपर्दथ्यो । तिनीहरूलाई सत्ताबाट हटाउनु नै क्रान्ति थियो । क्रान्तिले नै हाते कारखानाको विकास हुन्थ्यो, बढी उत्पादन हुने खेती व्यवस्था लागु गर्न सकिन्थ्यो । सामन्ती सत्ता पल्टाउनासाथै मनपरीतन्त्र, व्यापार र शिल्प उद्योगमाथिको एकाधिकारको अन्त्य भएर सबैले उद्योग तथा व्यापार गर्न पाउँथे । भूदास प्रथाको अन्त्य भएपछि किसानहरूले जग्गा पाए । जग्गामा श्रमको राम्रो उपयोगबाट उत्पादनमा वृद्धि भयो । उत्पादनमा वृद्धि हुँदा मालसामानको व्यापार धेरै बढ्यो । त्यसबाट व्यापारीले बढी नाफा कमाउन पाएर हाते उद्योग बढ्यो । खेतीपातीपछि बचेको समयमा काम गर्न आउने ज्यामीलाई सस्तोमा कलकारखानामा लगाइयो । यसप्रकार व्यापार गर्दा तथा कारखानामा पुँजी लगाउँदा पुँजीपतिहरूलाई बढी नाफा भयो । यसकारण, बेलायतको व्यापारी पुँजीपतिवर्ग सामन्तवादलाई पल्टाउन चाहन्थ्यो ।
बेलायतमा राजा र जनता माझ राजनैतिक सङ्घर्ष
राजा चाल्र्स प्रथमले १६२८ देखि संसद््को बैठक बोलाएका थिएनन् । यस कारण पुँजीपति वर्ग सा¥है असन्तुष्ट थियो । १६४० तिर अर्थात् १२ वर्षपछि राजाले बल्ल संसद्् बोलाए । संसद््मा त्यसबेला राजारजौटा, सामन्त खान्दानी, जमिनदार र गुरु पुरोहितमात्र हुन्थे । संसद्मा पुँँँजीपति वर्गलाई पनि ठाउँ दिइयो । तिनीहरूलाई ‘नयाँ खान्दानी’ भनियो । तिनीहरू साहु महाजन थिए । तिनीहरू ज्यामी लगाएर सामान बनाउने काममा पुँजी लगाउँथे र सहरबजारमा सामान बेच्न पठाउँथे ।
यसरी १२ वर्षपछि बोलाइएको त्यस संसद्लाई ‘लामो संसद्’ भनियो । त्यसमा पुँजीपति वर्गलाई पनि ठाउँ दिइएको थियो । संसद्ले राजाको सबभन्दा नजिकको मन्त्री ट्राफोर्डलाई दोषी सावित गर्न खोज्यो । तर, राजा यस्तो गर्न दिन चाहँदैनथे । यसकारण बेलायतका कालीगढ, ज्यामी तथा कामदार जनताले राजदरबार घेरेर पर्खाल भत्काउने धम्की दिए । लण्डनका ठाउँठाउँमा राजाको सेना र जनताबीच सशस्त्र भिडन्त भयो । आखिर राजा डराए । अन्ततः ट्राफोर्डविरुद्ध संसद्मा मुद्दा चलाउन स्वीकार ग¥यो । संसद्ले उसलाई सजाय ग¥यो ।
जनतामा उत्साह बढ्दै गयो । असन्तोष लण्डनबाट गाउँतिर फैलिँदै गयो । किसानहरूले सामन्त तथा जमिन्दारहरूलाई बेठ–बेगार तिर्न अस्वीकार गरे । झारा जान बन्द गरे । किसानहरूले खान्दानी तथा सामन्तहरूको जङ्गल र जमिन्दारीको रुख काट्न थाले र त्यहाँ शिकार खेल्न थाले । ठाउँठाउँमा किसानहरू हात–हतियारसहित सङ्गठित भए । तिनीहरूले सामन्त र जमिनदारहरूको दरबार र महलहरू भत्काए । यसले ठूलाबडाहरू तर्सिए । प्रतिनिधिसभाले किसान विद्रोह दबाउन आदेश दियो । प्रतिनिधिसभाले राजालाई पनि एक धक्का दियो । तीन वर्षसम्म राजाले संसद् बोलाउन सकेन भने संसद् आफै बस्ने छ भनेर निर्णय गरियो । संसद्ले राजालाई दिएको विशेषाधिकारहरू खारेज ग¥यो ।
त्यस लामो संसद्ले ‘राजा’ समक्ष एउटा ‘मागपत्र’ प्रस्तुत ग¥यो । त्यसमा निम्न लिखित मागहरू थिए –
१) चर्च राजाको भन्दा संसद्को मातहतमा रहनुपर्छ ।
२) मन्त्रीहरू संसद्माथि जिम्मेवार हुनुपर्छ ।
३) संसद्सँग नसोधी राजाले कुनै किसिमको कर उठाउन पाउने छैन ।
४) कसैको इच्छाविरुद्ध कसैलाई कुनै किसिमको ऋण दिन बाध्य गर्न पाइँदैन ।
५) मनासिव कारणविना कसैलाई जेल हाल्न पाइँदैन ।
६) शान्तिको समयमा सैनिक कानुन लागु नगरियोस् ।
७) कानुनअनुसार जनताको धनको रक्षा होस् !
यी मागहरूलाई ‘अधिकार पत्र’ ९एभतष्तष्यल या चष्नजतक० पनि भनिन्छ ।
राजालाई त्यो मागपत्र मन परेन । किनभने, यसबाट संसद्ले राजासँग झुक्नु पर्दथ्यो । यसकारण, राजाले संसद्सँग खस्रो व्यवहार गर्न खोज्यो । राजा आफै सेना लिएर संसद्मा पुगे । राजा नेताहरूलाई समात्न चाहन्थे । तर, नेताहरू संसद् भवनमा थिएनन् । राजाको यस खस्रो व्यवहारको विरोधमा लण्डनको गोदाम, व्यापारिक संस्था, बैङ्कहरूमा हडताल भयो । कालीगढ र जाहाजीहरू संसद् सदस्यहरूको पक्षमा उठे । चारैतिरका गाउँहरूबाट ५ हजार किसान र मध्यम जमिनदारहरू लण्डन सहरमा आइपुगे । तिनीहरूले हातहतियार भिरेको थिए र राजाको विरोध गरे ।
किसानहरूको टोपीमा ‘अधिकारपत्र’ भन्ने कागज टाँसिएको थियो । यसप्रकार सहर र गाउँ राजनैतिक अधिकारको निम्त्ति उठे । अर्काे शब्दमा जनताले क्रान्तिमा भाग लिन थाले । राजाले समात्न खोजेका प्रतिनिधिसभाका ५ जना सदस्यहरू, सशस्त्र रक्षकहरू ठूलो बन्दोवस्तसाथ संसद्मा उपस्थित भए । लण्डनमा नागरिक सेना सङ्गठित भए । साहुमहाजन र कालीगढहरू पनि उपस्थित थिए । त्यो नागरिक सेनाले प्रतिनिधिसभा भवनको पहरा दियो । संसद्ले मन्त्रीहरू नियुक्ति गर्ने, थलसेना र जलसेना नियन्त्रण गर्ने अधिकार माग्यो । सरकारले घरेलु र विदेश नीति सञ्चालन गर्ने अधिकार माग्यो ।
लण्डन त्यसबेला बेलायतको राजधानी थियो । राजधानीमा नागरिक सेनाको कब्जा देखेर राजा चाल्र्स (प्रथम) डराए । बेलायतको उत्तरी भाग पिछडिएको थियो । त्यहाँ सामन्ती खान्दानी वा जमिनदारहरूको प्रभाव बाँकी नै थियो । यसकारण राजा र उसका पिछलग्गुहरू उत्तरतिर भागे । राजाले ती सामन्त, खानदानी र जमिन्दारहरूको मद्दतबाट स–साना सैनिक टुकुडीहरू बटुल्दै गयो । राजनैतिक चेतनाको अभावले गर्दा कतिपय किसानहरू सेनामा भर्ती भए । किनभने, अझै किसानहरूमा खानदानी र गुरु पुरोहितहरूको प्रभाव बाँकी नै थियो ।
राजाको सेना
राजासँग घोडचढी सेना थियो । सेनासँग भरुवा तोप पनि थियो । घोडचढी सेनाले तरबार र पेस्तोल र भाला लिएका हुन्थे । घोडचढीहरू इस्पातको टोपी र कवच लगाउँथे । तर, त्यो टोपी र कवचले गोली रोक्न सक्दैनथ्यो । त्यो एक प्रकारको झिलिमिलि मात्र थियो । राजाका ती समर्थकहरू खास गरेर बेलायतको उत्तर र पश्चिमतिरका सामन्ती जमिनदारहरू थिए । बेलायतको पश्चिमी भाग वेल्स पनि सबभन्दा पिछडिएको भागमध्ये थियो । त्यहाँका सामन्त जमिनदारहरू पनि राजाकै पक्षमा थिए । तिनीहरूलाई ‘घोडचढी’ भनिन्थ्यो । त्यसमा ‘नाइट’ भन्ने पदबी पाएका मुखियाहरू दरबारिया र आठ पहरिया हुन्थे । तिनीहरूले राम्राराम्रा मूल्यवान लुगा लगाएका हुन्थे र कपाल घुम्रेको हुन्थ्यो । तिनीहरू निरङ्कुश खानदानीहरू थिए । राजाको सेना र समर्थकहरूलाई ‘कामालियर’ वा ‘घोडचढी’ भनिन्थ्यो । यसमा खान्दानी मानिसहरू मात्रै अफिसर हुन पाउँथे ।
संसद्को सेना
संसद्का समर्थकको सैनिक जवानले साधारण लुगा लगाएका हुन्थे । तिनीहरू घुम्रिएको कपाल मन पराउँदैनथे । त्यसकारण तिनीहरूलाई ‘सफा कपाल’ ९च्यगलम ज्भबमक० भनिन्थ्यो । सेनामा लण्डन सहर र बेलायतका दक्षिण पूर्वी इलाकाका जनता थिए । ती इलाकामा सहरहरू धेरै थिए । तिनीहरूको विचार राजाको सेनाको भन्दा अलि अगाडि बढेको थियो । संसद्को सेनामा किसान र कालीगढहरू बढी थिए । तिनीहरूले राजा मान्ने आफ्ना अफिसरहरूलाई जहाजबाट निकाली दिएका थिए । त्यस सेनाको नेतृत्वमा कारखानाका मालिक र साहुमहाजन थिए । धर्मको आधारमा पक्ष र विपक्ष छुटिए । राजाका पक्षपातीहरू बेलायती चर्चको पक्षमा गए । बेलायती चर्चलाई राजाले चलाउँथ्यो । बेलायती चर्चका पक्षपातीहरू पुरानै रीतिरिवाजलाई कायम राख्न चाहन्थे ।
अर्काेतिर संसद्का समर्थकहरू चर्चलाई पुरानो फोहरमैलाबाट सफा र पवित्र राख्न चाहन्थे । यसकारण तिनीहरूलाई ‘पवित्रतावादी’ वा उगचष्तबलअभ’ भनिन्थ्यो । पवित्रतावादीहरू चर्चको पुजापाठ र रीतिरिवाज सरल र सजिलो बनाउन चाहन्थे । ल्याटिन शब्द एगचगक माने उगचभ वा स्वच्छ हुन्छ । बेलायती र क्याथोलिक चर्चका समर्थकहरू पवित्रतावादीहरूलाई पटकै मन पराउँदैनथे ।
बेलायतमा सामन्त र जमिनदार वर्ग किसानहरूलाई आफ्नो पल्टनमा भर्ना गर्दै थिए । गाउँ र सहरमा धमाधम सङ्घर्ष सुरु भयो । ती सङ्घर्ष एक प्रकारको स्थानीय सङ्घर्ष जस्तै थियो । राजाका पक्षपातीहरूसँग नियमित सेना अथवा तालिम प्राप्त पल्टन थियो । तर संसद्का पक्षपातीहरूसँग तालिम प्राप्त पल्टन थिएन । यसकारण ठाउँठाउँको सङ्घर्षमा संसद्का पक्षपातीहरू हारे, राजाका पक्षपातीहरू जित्दै गए ।
तर, छिट्टै संसद्का पक्षपाती ‘सफा टाउकेहरू’ फेरि सङ्गठित र बलिया भए । किसान र मजदुरहरू संसद्पट्टि ओइरिन थाले । किसानहरूले राजाको सेना छोड्न थाले । अनि पासा पल्टियो ।
Leave a Reply