अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
भक्तपुर, १८ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गर्नुभयो । बुधबार अध्यक्ष बिजुक्छेँसँग उहाँको निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने र जनप्रतिनिधिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनताले सुख पाउने बताउनुभयो ।
प्राचीन र ऐतिहासिक सहर तथा सम्पदा क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने र व्यवस्थितरूपले काम गर्न नगरपालिकामा कार्यरत निरीक्षकहरूलाई इन्जिनियरिङ तालिम दिनुपर्ने अध्यक्ष बिजुक्छेँले बताउनुभयो । उहाँले पुरानो सीप तथा प्रविधिहरूलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै भाषा तथा साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेटमा ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशकै लागि उदाहरणीय कार्य गरिरहेको र ललितपुरले पनि सम्पदा बस्ती संरक्षण गर्ने हेतुले आवश्यक नीति–नियमहरू बनाउँदै अगाडि बढिरहेको बताउनुभयो ।
ललितपुरको सम्पदा संरक्षणमा महानपाले गरिरहेको कार्यहरूबारे अवगत गराउँदै प्रमुख महर्जनले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा ठेकेदारलाई भन्दा स्थानीय उपभोक्ता समितिमार्फत गराउनेतर्फ महानपाले प्राथमिकता दिँदै आएको बताउनुभयो । सो भेटमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको पनि उपस्थिति थियो ।
अध्यक्ष बिजुक्छेँले नेमकिपाका पार्टी प्रकाशनहरू मायाको चिनोस्वरूप प्रमुख महर्जनलाई प्रदान गर्नुभएको थियो भने प्रमुख महर्जनले पनि उहाँलाई उपहारस्वरूप केही प्रकाशनहरू प्रदान गर्नुभएको थियो ।
भेटपश्चात् प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा दुई नगरपालिकाबीच अनुभव आदानप्रदान भयो । ललितपुर महानपाले सञ्चालनमा ल्याएको सङ्ग्रहालय व्यवस्थापन र महानगरले सञ्चालन गरिरहेको विविध विषयमा उहाँहरूबीच छलफल भयो । नगर प्रमुख प्रजापतिले प्रमुख महर्जनलाई भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरू मायाको चिनोको रूपमा प्रदान गर्नुभएको थियो ।
Leave a Reply