भर्खरै :

भारतमा अक्टोबर यताकै सबभन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली, १ अप्रिल । भारतमा गत अक्टोबर महिनायताकै सबभन्दा बढी कोभिड–१९ सङ्क्रमित फेला परेको छ । संसारकै तेस्रो सबभन्दा बढी महामारी प्रभावित देश भारतमा बिहीबार ४५९ जना व्यक्तिको कोभिड–१९ सङ्क्रमणको कारण निधन भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कले देखाएको छ । भारतमा कोभिड–१९ सङ्क्रमणको कारण मर्नेको सङ्ख्या जम्मा १ लाख ६२ हजार ९२७ पुगेको छ । भारतमा हालसम्म १ करोड २२ लाख २० हजार मानिस यो भाइरसबाट सङ्क्रमित भइसकेका छन् । सङ्क्रमण दर बढेसँगै भारतले बिहीबारबाट खोप कार्यक्रमलाई व्यापकता दिएको छ । संसारकै दोस्रो ठूलो जनसङ्ख्या भएको देशमा अब ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन थालिएको छ । बिस्तारित अभियानअन्तर्गत ४० करोड मानिसलाई कोभिड–१९ को खोप दिने भारतले लक्ष्य राखेको छ । गत जनवरी महिनाबाट भारत सरकारले खोप अभियान थालेको थियो । अग्रपङ्क्तिका स्वास्थ्यकर्मी र अन्य कर्मीहरू, ज्येष्ठ नागरिक र अन्य विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई खोप दिइएको छ । भारतमा संसारकै सबभन्दा ठूलो कोभिड–१९ को खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डिया छ । त्यहाँबाट अक्सफोर्र्ड–एस्ट्राजेनेका खोप उत्पादन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *