के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
कोभिड– १९ नाम दिइएको कोरोना महामारीबाट जोगिन सर्वसाधारण नागरिकले हात धुन पाऊन् भनेर एक वर्ष पहिले महानगरपालिका, नगरपालिका र प्रहरीको सक्रियतामा काठमाडौँ उपत्यकाका ठाउँ–ठाउँमा पानी ट्याङ्की राखियो । सर्वसाधारणको भीडभाड हुने चोक र अस्पताल अगाडिका ठाउँमा ठूला ट्याङ्की राख्न विभिन्न सामाजिक र व्यापारिक सङ्घ संस्थाले सहयोग र प्रयोेजन पनि गरे । कोरोना महामारीको सन्त्रास बाँकी नै छ । एकवर्ष पुग्दा नपुग्दै सार्वजनिक स्थानमा राखिएका ट्याङ्कीमा पानी छैन । ट्याङ्कीका धारा हराएका छन्, तर पनि ती ट्याङ्की अलपत्र र बेवारिसे ढङ्गले छाडिएका छन् । अलपत्ररूपमा सडकको छेवैमा राखिएका यी ट्याङ्कीका कारण सवारी आवागमनमा बाधा पुगेको छ । धाराको टुटी नभएका यी ट्याङ्कीलाई यस्तै अलपत्र छाड्ने कि व्यवस्थापन गर्ने ? महामारीको सन्त्रास बाँकी रहेकोले हात धुने पूर्वाधार व्यवस्थित राख्न जरूरी छ । सर्वसाधारणको भलाइका लागि राखिएका यस्ता सम्पत्तिको संरक्षण किन नगरिएको हो ? यस्तो स्थिति हामी काठमाडौँ उपत्यकाका सबैजसो नगरपालिकाहरूमा देखिरहेका छौँ ।
Leave a Reply