भर्खरै :

सातदेखि ८७ वर्षका खेलाडीबीच कसिमला पाँय् र बाघचाल प्रतियोगिता

भक्तपुर, २० चैत । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न खुला बाघचाल तथा कसिमला पाँय्को समापन कार्यक्रम वाकुपति नारायण स्थानमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगर खेलकुद समितिका पूर्वअध्यक्ष रवीन्द्र खबुर्जाले भक्तपुरमा २०४३ सालबाटै खेलकुद समिति गठन गरी विभिन्न खेलकुद प्रतियोगिता भइरहेको चर्चा गर्नुभयो । कला र संस्कृतिको धनी भक्तपुर नगरलाई अहिलेको स्थितिमा पु¥याउन यहाँको शैक्षिक, खेलकुद तथा सरसफाइमा परिवर्तन ल्याउन नेपाल मजदुर किसान पार्टीको ठूलो योगदान तथा भक्तपुरवासीको सक्रिय सहभागिता भएको उल्लेख गर्नुभयो । खेलले बौद्धिक तथा शारीरिक सुसङ्गठन बनाइरहने भएकाले खेललाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाले नियमित आर्थिक गतिविधि सँगसँगै विभिन्न खालका सामाजिक गतिविधिमा संस्था सक्रिय भई लागिपरेको बताउनुभयो ।
खेलकुद उपसमितिका संयोजक राजेश प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरका ७ वर्षदेखि ८७ वर्षसम्मका खेलाडीले सहभागिता जनाएका थिए
दुई दिनदेखि चलेको प्रतियोगितामा बाघचालतर्फ क्रमशः चन्द्रबहादुर ज्याख्व, असलबहादुर प्रजापति, विष्णु सुवाल, पुरुषोतम प्रजापतिले प्रथम, द्वितीय, तृतीय र सान्त्वना तथा कसिमला पाँय्मा क्रमशः हरिचन्द्र प्रजापति, लक्ष्मीप्रसाद दुवाल, इन्द्रबहादुर द्योपाला र सत्यनारायण दिदियाले प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार हासिल गर्नुभयो । कार्यक्रममा पुरस्कृतहरूलाई नगद पुरस्कार सँगसँगै ट्रफी र खेलकुद सामग्री प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *