भर्खरै :

कीर्तिपुरमा सहिद स्मृति कप व्याडमिन्टन प्री क्वाटर चरणमा

कीर्तिपुर, २० चैत । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा पाँगा कीर्तिपुरमा सञ्चालित १२ औँ सहिद स्मृति कप खुला पुरुष व्याडमिन्टन प्रतियोगिता शुक्रबार पनि जनसेवा कोर्टमा चालू छ । शनिबारबाट प्री क्वाटर फाइनल खेल सुरु हुनेछ ।
शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा राजु र श्यामभक्त महर्जनको (कीर्तिपुर) जोडीले ठाकुर अधिकारी÷रामशरण श्रेष्ठ (चन्द्रागिरी) को जोडीलाई २१–१५ र २१–०८ ले, दयाराम डंगोल र नवीन महर्जनको (कीर्र्तिपुर) जोडीले हरिगोपाल महर्जन र लक्ष्मीप्रसाद महर्जनको (कीर्तिपुर) जोडीलाई २१–१५ र २१–११ ले र सुरेश बज्राचार्य र सुविन श्रेष्ठको (कीर्तिपुर) जोडीले निरव र सुजन बलामीको (दक्षिणकाली)को जोडीलाई २१–११ र २१–१० ले र
प्रमोद र सुमन महर्जनको जोडीले मुकेश र परमेश्वर महर्जनको जोडीलाई २१–१२ र २१–१६ ले पराजित गरी प्री क्वाटर फाइनल चरणमा प्रवेश गरेका छन् ।
त्यसैगरी समूह ‘बी’ कीर्तिपुर नगरस्तरीय बुधबार भएको खेलमा रोहन र निश्चल महर्जन जोडीले ईश्वरलाल र सनिश महर्जनको (ढोकासी) जोडीलाई २१–१९ र २१–१८ ले, प्रशुन थापा र राजु महर्जनको (चोभार) जोडीले राम र लक्ष्मणको (लायकु) जोडीलाई २१–१२ र २१–१९ ले, स्वाधीन बस्नेत र अनन्त महर्जनको (लनगोल) जोडीले हरि महर्जन र महेश राजकर्णिकारको (जलविनायक) जोडीलाई २१–१९ र २१–१३ ले र सन्लेश र दिपु महर्जनकोे (ढोकासी) जोडीले जीत र सुधन महर्जनकोे (नगाउँ) जोडीलाई २१–१४ र २१–१० र सदिप र राजेश महर्जनकोे (जनसेवा) जोडीले प्रेमकृष्ण श्रेष्ठ र नारायण दासकोे (नगाउँ) जोडीलाई २१–१२ र १४–१ ले पराजित गरेका थिए ।
प्रतियोगिता जनसेवा माध्यमिक विद्यालयको कोर्टमा चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *