भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
सत्ताको निम्ति राजनीति गर्ने दलका नेताहरूको विचारमा अडान हुँदैन । ती दलका नेताहरू कहिले सत्ताको राजनीति नगरेको बताउँछन् भने कहिले सरकारमा जानको लागि पछि नहट्ने फुक्छन् । माओवादी केन्द्रले वर्तमान ओली सरकारलाई दिइरहेको समर्थन फिर्ता नलिएसम्म नेकाले सरकारको नेतृत्व नगर्ने बताएको थियो । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिए पनि नेकाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग ग¥यो र सरकार गठनको पहल गर्ने तयारी ग¥यो । यो नेकाको द्वैधचरित्र हो ।
अहिले नेकालाई सरकारमा जान किन हतारो भयो र पहिले किन भएन ? केही दिनसम्म नेका प्रतिपक्ष भएरै बस्ने कुरा नेकाका नेताहरूले उठाएका थिए । नेकालाई जनताले प्रतिपक्षमै बसेर मत दिएको विचार व्यक्त गर्ने नेकाका नेताहरू पछिल्लो पटक सरकारमा जान हतारिएको छ । अहिले नेकाका नेताहरूले भन्न थालेका छन्, प्रम केपी ओलीलाई अब सरकारको नेतृत्व गर्ने नैतिक अधिकार छैन । प्रम ओलीले पदबाट राजीनामा गरेर नयाँ सरकार गठन गर्नका लागि बाटो खोज्नुपर्छ । यतिबेला प्रम ओलीले केको मार्ग प्रशस्त गर्नुप¥यो ?
प्रम ओलीले सुरुदेखि भन्दै थिए, म राजीनामा दिन्नँ । सके मलाई अविश्वास प्रस्ताव राखेर हटाऊ, म त्यसको प्रतिवाद गर्छु । प्रम ओलीलाई पदच्युत गराउन चाहने माओवादी केन्द्र र नेकाका नेताहरूले धेरै गृहकार्य गरे, अङ्कगणितको हिसाब गरे । तर, सोको वातावरण तयार भएको छैन । विशेषगरी यसमा जनता समाजवादी पार्टी बाधक बनिरहेको छ । आफ्नो माग पूरा भएपछि मात्र सरकारमा सामेल हुने या नहुनेबारे निर्णय गर्ने जसपाको माग हो । माग पूराना गर्ने दलको समर्थन गर्ने उसको चाहना हो । जसपाका नेताहरूलाई सरकारले पनि आश्वासन या प्रलोभन दिइरहेको छ भने माओवादी केन्द्र र माधव नेपाल पक्षधर एमालेले पनि प्रलोभन दिइरहेका छन् ।
वर्तमान सरकारको नेतृत्व फेर्ने या नफेर्ने कुरा जसपाको हातमा छ । यसबारे जसपाभित्र पनि दुई मत छ । एक पक्ष असंवैधानिक र अप्रजातान्त्रिक कदम उठाउने ओलीको सरकारमा सामेल हुन नहुने र अर्काे पक्षको माग पूरा भए उनकै सरकारको नेतृत्वमा पनि सामेल हुनसक्ने मत छ । माओवादी केन्द्र र नेका वर्तमान सरकार हटाउने निचोडमा पुगे पनि जसपाको धारणा सार्वजनिक भएको छैन । हिउँदे अधिवेशन सकाएर बजेट अधिवेशन सुरु हुन लागेको पूर्वसन्ध्यामा सरकारको नेतृत्व बदल्ने चर्चा राजनीतिक वृत्तमा भइरहेको छ । एउटै नेतृत्वमा सरकार गठन हुँदा सरकारको नेतृत्वलाई निरन्तरता दिन धौ धौ परिरहेको बेला तीन दल सामेल भएर बन्ने सरकारको के हविगत होला ? त्यस्तो सरकारले कसरी दिशा निर्देश गर्नसक्ला ? दिशाविहीन सरकारले देशको नेतृत्व कसरी गर्ला ?
Leave a Reply